• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

उकालो लाग्दो बलात्कारको ग्राफ: ५८ महिनामा १० हजार ३३२ उजुरी, अधिकांश पीडित १६ मुनिका

64x64
नेपाल लाइभ आइतबार, असार २६, २०७९  ११:१९
1140x725

काठमाडौं– पछिल्लो समय बलात्कार घटनाको 'ग्राफ' उकालो लाग्दो अवस्थामा रहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरीको तथ्यांकअनुसार दैनिक कम्तीमा ७ जनासम्म महिला तथा बालिकाहरु बलात्कारपीडित बन्ने गरेका छन्। यो प्रहरीमा आएको मात्रै तथ्यांक हो। कतिपय घटनामा त प्रहरी कहाँ नआई सामसुम हुने गरेकाले यो तथ्यांक अझ बढ्न सक्ने आँकलन गर्न सकिन्छ। 

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्त अर्थात् ५८ महिनाको अवधिमा देशभर १० हजार ३३२ बलात्कारका उजुरी परेका छन्। यो तथ्यांकले पनि देशभर बलात्कार घटानहरु बढिरहेको देखाएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए।

पीडितहरुको भनाइ अनुसार ललाई फकाई, डरधाकधम्की दिई विभिन्न प्रलोभनमा पारेर बलात्कार हुने गरेको पाइएको प्रवक्ता केसीले बताए। 

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा बलात्कारको घटना भएको देखिन्छ। यो आर्थिक वर्षमा २ हजार ५५४ वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५मा १ हजार ४६८, आर्थिक वर्ष २०७५/७६ मा २ हजार २५४, आर्थिक वर्ष २०७६/७७ मा २ हजार १६७ र आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा १ हजार ८८९ वटा बलात्कार उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्।

धेरै पीडित १६ वर्ष मुनिका
नेपाल प्रहरीको तथ्यांक अनुसार बलात्कारबाट सबैभन्दा पीडित उमेर समूह ११ वर्षदेखि १६ वर्षसम्मको छ। आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा मात्रै यो उमेर समूहका ४ हजार ५८ जना बालिका बलात्कृत भएका छन्। 

आर्थिक वर्ष २०७४/७५ मा ५९० जना, आर्थिक वर्ष २०७५/७६ मा ८८९ जना, आर्थिक वर्ष २०७६/७७ मा ८०१ जना, आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी १०१६ जना र आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म ७६२ जना गरी ४ हजार ५८ जना बालिका बलात्कृत भएका छन्।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको तथ्यांक आउन बाँकी नै रहेकाले यो आर्थिक वर्षको तथ्यांक समेत बढ्ने देखिन्छ।

Ncell 2
Ncell 2

आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्म भएका १८८९ बलात्कारका घटना मध्ये ७६२ वटा घटना ११ वर्षदेखि १६ वर्ष उमेर समूहका छन्। जसबाट पनि बलात्कार घटनाको ४० प्रतिशत भन्दा बढी पीडित उमेर समूह ११ वर्षदेखि १६ वर्षसम्मको देखिन्छ। १८ वर्षभन्दा मुनिकाको हिसाब गर्ने हो भने ५० प्रतिशत भन्दा बढी बलात्कार पीडित १८ वर्ष मुनिका किशोरी तथा बालिकाहरु भएको देखिन्छ।

१० वर्ष मुनिका बालकसमेत तानिए बलात्कार घटनामा
नेपाल प्रहरीको तथ्यांकअनुसार १० वर्ष भन्दा मुनिको उमेरका बालकसमेत बलात्कारको कसुरका आरोपी देखिएका छन्। १० वर्ष मुनिका बालकलाई समेत विपक्षी बनाएर प्रहरीमा बलात्कारको जाहेरी दर्ता भएको पाइएको छ। 

पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा २३ वटा बलात्कार घटनामा १० वर्ष भन्दा मुनिका बालक कसुरदार रहेको दाबी गर्दै उजुरी दर्ता भएको पाइको हो।

आर्थिक वर्ष २०७४/७५ मा १० वर्ष भन्दा मुनिका एक बालकलाई विपक्षी बनाउँदै प्रहरीमा बलात्कारको उजुरी दर्ता भएको थियो। बागमती प्रदेशमा १० वर्ष मुनिका एक बालकबाट बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दर्ता भएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ८ जना १० वर्ष मुनिका बालकविरुद्ध बलात्कार आरोपमा उजुरी दर्ता भयो। आर्थिक वर्ष २०७६/७७ मा ५, आर्थिक वर्ष २०७७/७८ मा ४ र आर्थिक वर्ष २०७८/७९ मा ५ जना १० वर्ष मुनिका बालकविरुद्ध बलात्कार आरोपमा उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ।

सामूहिक बलात्कारको अवस्था पनि डरलाग्दो 
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टमा रमाइलो गर्न गएकी युवती बलात्कृत भइन्। उक्त रिसोर्टको टेन्टमा सुतिरहेको बेला उनीमाथि सामूहिक बलातकार भएको थियो। यो घटना असार दोस्रो साताको हो। 

२६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट तीन जना पक्राउ परे। 

पक्राउ परेका कलंकी १४ बस्ने १८ वर्षीय प्रिन्स थपलिया, सोही ठाउँ बस्ने १८ वर्षीय रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई बलात्कारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले बताए। 

यो हालै सार्वजकि भएको सामूहिक बलात्कारको प्रतिनिधि घटना मात्रै हो। संघीय राजधानी काठमाडौंमै केही समय अघि ९ जना युवाहरुले एक युवतीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।

गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रको होटल लगेर एक महिलालाई ९ जनाले बलात्कार गरेका थिए। यो घटना गत पुस १२ र १३ गतेको हो। त्यतिबेला बलात्कार आरोपमा पक्राउ गरेकाहरु अधिकांश मुगुका थिए। ९ जनाको समूहले एक महिलालाई दुई दिनस्म्म होटलमा राखेर बलात्कार गरेका थिए। पक्राउ परेका ९ जनालाई नै पछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। यो समूहले सुर्खेतबाट काम खोज्न भनेर काठमाडौं आएकी महिलालाई काम लगाइदिने भन्दै फकाएर गेष्टहाउस लगेर बलात्कार गरेको थियो। 

प्रहरी अधिकारहरु पनि पहिलाको तुलनामा अहिले सामूहिक बलात्कारको घटनाहरुको बढ्न थालेको बताउँछन्। यस्ता घटनाहरु प्राय: नसा (मदिरा/लागु औषध सेवन) को बेलामा हुने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउँछन्।  

गोंगबु घटनामा पनि मदिरा सेवन गरेर सामूहिक बलात्कार भएको पाइएको थियो। सुकेटेमा भएको सामूहिक बलात्कार घटना पनि मदिरापछि परिणामा भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

दरबारमार्गमा मदिरा पिएर रमाइलो गरेपछि घर पुर्‍याइदिने भन्दै बौद्ध पुर्‍याएर एक युवतीलाई गत जेठ २९ गते सामूहिक बलात्कार गरिएको थियो। बलात्कार आरोपमा तीन जना पक्राउ परेका थिए। 

१९–२५ उमेर समूहबाट महिला असुरक्षित
सबैभन्दा बढी बलात्कारका कसुरदार १९ देखि २५ वर्ष उमेर समूहको रहेको पाइएको छ। बलात्कार घटनामा तानिएका युवाहरु यही उमेर समूहका रहेको प्रहरीले तथ्यांकले देखाउँछ। पाँच आर्थिक वर्षको अवधिमा यो उमेर समूहका सबैभन्दा बढी ४ हजार ४९८ जनामाथि बलात्कारको आरोप लागेको छ।

आर्थिक वर्ष २०७४/७५ मा ५८६ जना, आर्थिक वर्ष २०७५/७६ मा ९९६ जना, आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ जना, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९४ जना र आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म ८ सय २१ जना गरी ४ हजार ४९८ जना युवाहरुमाथि बलात्कारको आरोप लागेको थियो।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्