• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

उकालो लाग्दो बलात्कारको ग्राफ: ५८ महिनामा १० हजार ३३२ उजुरी, अधिकांश पीडित १६ मुनिका

64x64
नेपाल लाइभ आइतबार, असार २६, २०७९  ११:१९
1140x725

काठमाडौं– पछिल्लो समय बलात्कार घटनाको 'ग्राफ' उकालो लाग्दो अवस्थामा रहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरीको तथ्यांकअनुसार दैनिक कम्तीमा ७ जनासम्म महिला तथा बालिकाहरु बलात्कारपीडित बन्ने गरेका छन्। यो प्रहरीमा आएको मात्रै तथ्यांक हो। कतिपय घटनामा त प्रहरी कहाँ नआई सामसुम हुने गरेकाले यो तथ्यांक अझ बढ्न सक्ने आँकलन गर्न सकिन्छ। 

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्त अर्थात् ५८ महिनाको अवधिमा देशभर १० हजार ३३२ बलात्कारका उजुरी परेका छन्। यो तथ्यांकले पनि देशभर बलात्कार घटानहरु बढिरहेको देखाएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए।

पीडितहरुको भनाइ अनुसार ललाई फकाई, डरधाकधम्की दिई विभिन्न प्रलोभनमा पारेर बलात्कार हुने गरेको पाइएको प्रवक्ता केसीले बताए। 

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा बलात्कारको घटना भएको देखिन्छ। यो आर्थिक वर्षमा २ हजार ५५४ वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५मा १ हजार ४६८, आर्थिक वर्ष २०७५/७६ मा २ हजार २५४, आर्थिक वर्ष २०७६/७७ मा २ हजार १६७ र आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा १ हजार ८८९ वटा बलात्कार उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्।

धेरै पीडित १६ वर्ष मुनिका
नेपाल प्रहरीको तथ्यांक अनुसार बलात्कारबाट सबैभन्दा पीडित उमेर समूह ११ वर्षदेखि १६ वर्षसम्मको छ। आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा मात्रै यो उमेर समूहका ४ हजार ५८ जना बालिका बलात्कृत भएका छन्। 

आर्थिक वर्ष २०७४/७५ मा ५९० जना, आर्थिक वर्ष २०७५/७६ मा ८८९ जना, आर्थिक वर्ष २०७६/७७ मा ८०१ जना, आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी १०१६ जना र आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म ७६२ जना गरी ४ हजार ५८ जना बालिका बलात्कृत भएका छन्।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको तथ्यांक आउन बाँकी नै रहेकाले यो आर्थिक वर्षको तथ्यांक समेत बढ्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्म भएका १८८९ बलात्कारका घटना मध्ये ७६२ वटा घटना ११ वर्षदेखि १६ वर्ष उमेर समूहका छन्। जसबाट पनि बलात्कार घटनाको ४० प्रतिशत भन्दा बढी पीडित उमेर समूह ११ वर्षदेखि १६ वर्षसम्मको देखिन्छ। १८ वर्षभन्दा मुनिकाको हिसाब गर्ने हो भने ५० प्रतिशत भन्दा बढी बलात्कार पीडित १८ वर्ष मुनिका किशोरी तथा बालिकाहरु भएको देखिन्छ।

१० वर्ष मुनिका बालकसमेत तानिए बलात्कार घटनामा
नेपाल प्रहरीको तथ्यांकअनुसार १० वर्ष भन्दा मुनिको उमेरका बालकसमेत बलात्कारको कसुरका आरोपी देखिएका छन्। १० वर्ष मुनिका बालकलाई समेत विपक्षी बनाएर प्रहरीमा बलात्कारको जाहेरी दर्ता भएको पाइएको छ। 

पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा २३ वटा बलात्कार घटनामा १० वर्ष भन्दा मुनिका बालक कसुरदार रहेको दाबी गर्दै उजुरी दर्ता भएको पाइको हो।

आर्थिक वर्ष २०७४/७५ मा १० वर्ष भन्दा मुनिका एक बालकलाई विपक्षी बनाउँदै प्रहरीमा बलात्कारको उजुरी दर्ता भएको थियो। बागमती प्रदेशमा १० वर्ष मुनिका एक बालकबाट बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दर्ता भएको थियो। 

Xtrem

Xtrem

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ८ जना १० वर्ष मुनिका बालकविरुद्ध बलात्कार आरोपमा उजुरी दर्ता भयो। आर्थिक वर्ष २०७६/७७ मा ५, आर्थिक वर्ष २०७७/७८ मा ४ र आर्थिक वर्ष २०७८/७९ मा ५ जना १० वर्ष मुनिका बालकविरुद्ध बलात्कार आरोपमा उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ।

सामूहिक बलात्कारको अवस्था पनि डरलाग्दो 
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टमा रमाइलो गर्न गएकी युवती बलात्कृत भइन्। उक्त रिसोर्टको टेन्टमा सुतिरहेको बेला उनीमाथि सामूहिक बलातकार भएको थियो। यो घटना असार दोस्रो साताको हो। 

२६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट तीन जना पक्राउ परे। 

पक्राउ परेका कलंकी १४ बस्ने १८ वर्षीय प्रिन्स थपलिया, सोही ठाउँ बस्ने १८ वर्षीय रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई बलात्कारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले बताए। 

यो हालै सार्वजकि भएको सामूहिक बलात्कारको प्रतिनिधि घटना मात्रै हो। संघीय राजधानी काठमाडौंमै केही समय अघि ९ जना युवाहरुले एक युवतीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।

गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रको होटल लगेर एक महिलालाई ९ जनाले बलात्कार गरेका थिए। यो घटना गत पुस १२ र १३ गतेको हो। त्यतिबेला बलात्कार आरोपमा पक्राउ गरेकाहरु अधिकांश मुगुका थिए। ९ जनाको समूहले एक महिलालाई दुई दिनस्म्म होटलमा राखेर बलात्कार गरेका थिए। पक्राउ परेका ९ जनालाई नै पछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। यो समूहले सुर्खेतबाट काम खोज्न भनेर काठमाडौं आएकी महिलालाई काम लगाइदिने भन्दै फकाएर गेष्टहाउस लगेर बलात्कार गरेको थियो। 

प्रहरी अधिकारहरु पनि पहिलाको तुलनामा अहिले सामूहिक बलात्कारको घटनाहरुको बढ्न थालेको बताउँछन्। यस्ता घटनाहरु प्राय: नसा (मदिरा/लागु औषध सेवन) को बेलामा हुने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउँछन्।  

गोंगबु घटनामा पनि मदिरा सेवन गरेर सामूहिक बलात्कार भएको पाइएको थियो। सुकेटेमा भएको सामूहिक बलात्कार घटना पनि मदिरापछि परिणामा भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

दरबारमार्गमा मदिरा पिएर रमाइलो गरेपछि घर पुर्‍याइदिने भन्दै बौद्ध पुर्‍याएर एक युवतीलाई गत जेठ २९ गते सामूहिक बलात्कार गरिएको थियो। बलात्कार आरोपमा तीन जना पक्राउ परेका थिए। 

१९–२५ उमेर समूहबाट महिला असुरक्षित
सबैभन्दा बढी बलात्कारका कसुरदार १९ देखि २५ वर्ष उमेर समूहको रहेको पाइएको छ। बलात्कार घटनामा तानिएका युवाहरु यही उमेर समूहका रहेको प्रहरीले तथ्यांकले देखाउँछ। पाँच आर्थिक वर्षको अवधिमा यो उमेर समूहका सबैभन्दा बढी ४ हजार ४९८ जनामाथि बलात्कारको आरोप लागेको छ।

आर्थिक वर्ष २०७४/७५ मा ५८६ जना, आर्थिक वर्ष २०७५/७६ मा ९९६ जना, आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ जना, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९४ जना र आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म ८ सय २१ जना गरी ४ हजार ४९८ जना युवाहरुमाथि बलात्कारको आरोप लागेको थियो।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्