• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

भारतको राजनीतिमा आपको प्रभाव बढ्दो, नेपालमा किन जम्न सकेनन् वैकल्पिक दल?

64x64
युवराज भट्टराई शुक्रबार, असार १०, २०७९  २०:५७
1140x725

काठमाडौं– भारतमा सन् २०११ सम्म मुख्य राजनीतिक दलको रुपमा दुई पार्टीहरु थिए–  भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)। तर, सन् २०११ पछि भारतको राजनीतिक परिदृश्यमा परिवर्तन सुरु भयो।

भ्रष्टाचारविरुद्धका अभियन्ता अन्ना हजारेले सुरु गरेको अभियानको आडमा भारतमा वैकल्पिक राजनीतिको उदय सुरु भयो। कालान्तरमा उक्त अभियानकै सहारामा आम आदमी पार्टी (आप) को उदय भयो। त्यही पार्टी अहिले भारतका दुई प्रमुख पार्टी भाजपा र कांग्रेसका लागि चुनौती बनेको छ।

आपले सन् २०२३ को दिल्ली विधानसभा निर्वाचनमा कुल ७० सिटमध्ये २८ मा जित निकालेको थियो। त्यसपछि सन् २०१५ को विधानसभा निर्वाचनमा ६७ र २०२० को निर्वाचनमा ६२ सिट जितेको थियो।

पछिल्लो समय आपले दिल्लीबाहिर पनि प्रभाव देखाउन थालेको छ। सन् २०२२ को पञ्जाव विधानसभा निर्वाचनमा आप विजयी भएको छ। त्यहाँ आपका नेता भगवन्त मान मुख्यमन्त्री बनेका छन्। विधानसभाका ११७ मध्ये आपले कुल ९२ सिटमा जित हासिल गरेको छ। पञ्जावमा बलियो मानिएको कांग्रेस जम्मा १८ सिटमा खुम्चिएको छ। 

भारतमा आपको उदय र हाल भइरहेको विस्तारलाई वैकल्पिक राजनीतिको रुपमा हेरिएको छ। एकातिर, परिवारवादको आडमा हुर्किरहेको कांग्रेस हाल भारतको केन्द्र सरकार र प्रदेश सरकार दुवैतर्फ कमजोर भइरहेको अवस्था छ। भाजपाको ‘हिन्दू अतिवादी’ चरित्रका कारण अल्पसंख्यक, बौद्धिक जगत र युवा वर्ग चिन्तित छन्।

धर्मलाई मुख्य मुद्दा बनाएको भाजपा सुशासन तथा आर्थिक मुद्दामा कमजोर भइरहेको छ। बेरोजगारी समस्या समाधानका विषयमा पनि भाजपाले आश्वासन मात्रै दिइरहेको आरोप लाग्ने गरेको छ। त्यति मात्र नभइ, भाजपा र कांग्रेसका कारण भ्रष्टाचार बढेको तथा राजनीतिको अपराधीकरण भएको धेरैको गुनासो छ। यस्तै कारण वैकल्पिक राजनीतिका लागि आपको बाटो सहज भएको विश्वास गरिन्छ।

आपको उदयः वैकिल्पक राजनीतिको सुरुवात
भारतमा भ्रष्टाचारविरुद्धको आन्दोलनको सुरुवातलाई नै आपको उदयको रुपमा हेरिन्छ। ‘इण्डिया अगेन्स्ट करप्सन’ (आईएसी) नामक संस्थामार्फत भारतीय अभियन्ता अन्ना हजारेले आफ्नो अभियान सुरु गरेका थिए। सन् २०११ र २०१२ मा यो संस्थाले गरेको आन्दोलनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ स्थान दिएका थिए। अरविन्द केजरीवाल हजारेका प्रमुख सहयोगी थिए।

आम नागरिक दिल्लीको सडकमा आएर भ्रष्टाचारको विरुद्धमा र पारदर्शिताको पक्षमा आन्दोलन गरेका थिए। हजारे समूहले ‘लोकपाल’ विधेयकलाई प्रमुख मुद्दा बनाएको थियो। आन्दोलनकै प्रभावले सरकार माग सम्बोधन गर्न बाध्य भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१२ को नोमेम्बरमा आइएसीमा फुट आयो। प्रमुख सहयोगी केजरीवाल समूह राजनीतिमा प्रत्यक्ष संलग्न हुने निश्कर्षमा पुग्यो। हजारेलगायत केही अभियन्ता भने राजनीतिमा नजाने अडानमा कायम रहे।

प्रत्यक्ष राजनीतिमा जाने निर्णयसँगै केजरीवालको समूहले स्थापना गरेको पार्टी थियो– आप। २०१२ नोमेम्बर २६ मा पार्टीको स्थापना भएको थियो।

स्थापनाकालदेखि नै आप कुनै निश्चित सिद्धान्तको पछि नभएर विषयकेन्द्रित राजनीति गरिरहेको छ। भ्रष्ट राजनीतिज्ञमाथि प्रश्न गर्ने, भुईं मान्छेको पक्षमा बोल्नेजस्ता विषय आपले उठाउँछ। 

पार्टीको स्थापनादेखि नै चर्चामा रहेका आपका संस्थापक केजरीवाल २०१३ डिसेम्बरमा पहिलोपटक दिल्लीको मुख्यमन्त्री पदमा निर्वाचित भएका थिए। उनी २०१४ फेब्रुअरीसम्म पदमा रहे। आईएसीमा रहँदा आन्दोलनमार्फत उठाएको ‘लोकपाल’ स्थापनाको विषय संसदबाट पास नभएपछि उनले राजीनामा दिएका थिए।

Xtrem

Xtrem

पछि सन् २०१५ को निर्वाचनमार्फत फेरि उनी दिल्लीको मुख्यमन्त्री निर्वाचित भए। उनको दलले दिल्ली विधानसभामा ७० मध्ये ६७ सिट जितेर इतिहास कायम गरेको थियो। सन् २०२० को निर्वाचनमा पनि उनी पुनः मुख्यमन्त्री पदमा निर्वाचित भएका थिए।

आपले दिल्लीलाई भ्रष्टाचारमुक्त बनाउने अभियानदेखि महिला सुरक्षा, स्वराज र मोहल्लासभाजस्ता विषयमा निरन्तर काम गरिरहेको छ। भारतकै राजधानी प्रदेश भएकाले पनि दिल्लीमा केजरीवालले गरेको कामले भारतभरि चर्चा पाउने गरेको छ। उनको सरकारले नागरिकसँग प्रत्यक्ष रुपमा जोडिने किसिमका कार्यक्रम सञ्चालन गरिरहेको छ। हरेक गल्लीमा रहने ‘मोहल्ला क्लिनिक’बाट नागरिकलाई स्वास्थ्य सेवा दिन होस् वा ‘मोहल्लासभा’ गरी प्रत्यक्ष रूपमा नागरिकका समस्या नेतृत्वसम्म पुर्‍याउने काम, केजरीवाल सरकारले गरिरहेकै छ। 

भारतको प्रभावले नेपालमा वैकल्पिक राजनीति!
भारतमा आपको उदय र विभिन्न राज्यमा हासिल गरेको जितको प्रभाव छिमेकी देश नेपालमा पनि परेको छ। नेपालमा पनि वैकल्पिक राजनीतिको नाममा पार्टी खोल्ने चलन पछिल्ला दिनमा ह्वात्तै बढेको छ। 

भारतमा आप स्थापनाको केही समयपछि परम्परागत राजनीतिबाट बाहिर निस्किएर बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ पार्टीमार्फत वैकल्पिक राजनीतिमा लाग्न खोजेका थिए। त्यसपछि रविन्द्र मिश्रलगायतले पनि साझा पार्टीमार्फत वैकल्पिक राजनीतिको बाटो समाएका थिए।

मूलधारे पार्टीविरुद्ध अभियानको थालनी भने उज्ज्वल थापाले गरेका थिए। उनले ‘विवेकशील नेपाली’ अभियान चलाएका थिए। पहिला कुकर चुनाव चिन्ह लिएर संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका उनले पछि विवेकशील पार्टी खोलेका थिए। पछि उनको पार्टी रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता भएको थियो। तर, विवादका कारण जुट्दै–फुट्दै गरेको यो पार्टी अहिले छिन्नभिन्न अवस्थामा छ। रञ्जु दर्शना, पुकार बमलगायत नेताले पार्टीसँगको सम्बन्ध तोडेर अबको संघीय संसद्को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

यता बाबुराम भट्टराई पनि वैकल्पिक धारको राजनीतिबाट मूलधारतिर सरेका छन्। उनी अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन्। नेपालमा वैकल्पिक राजनीतिको बहस नै बाटो बिराएको अवस्थामा पुगेको छ। 

संघीय र प्रदेश निर्वाचनको मिति घोषणा हुने दिन निजिकिँदै जाँदा सार्वजनिक छवि बनाएका केही व्यक्ति वैकल्पिक राजनीतिमा होमिन थालेका छन्। चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामबाट निर्वाचन आयोगमा दल दर्ता गर्ने घोषणा गरेका छन्।

लामिछानेले विश्वमा स्वतन्त्र दलहरु अस्तित्वमा रहेका कारण आफूहरुले त्यही देखेर स्वतन्त्र दल नाम राखेको बताएका छन्। उनले भने, ‘अहिलेका मूलधारका दलहरुसँग जनता वाक्क भएकाले त्यसको विकल्प खोजी भएको अवस्थामा हामी राजनीतिक मैदानमा आएका हौँ।’

स्वतन्त्र सांसदहरुलाई जनताले विश्वास गर्ने र त्यो विश्वासलाई अझै उचाइमा पुर्‍याउनका लागि आफू राजनीतिक मैदानमा आएको उनले बताए । उनले अब जनताले मूलधारका राजनीतिक दलले विकल्प खोजेको दाबी गरे। उनले वैकल्पिक शक्ति बन्ने र नबन्ने भन्दा जनताको चाहना अनुसारको दल बनाउने आफ्नो लक्ष्य रहेको पनि बताए। 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्