• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

पर्दामा प्रेमको रोमाञ्चक यात्रा

64x64
युवराज भट्टराई शनिबार, भदौ ४, २०७९  १९:०१
1140x725

काठमाडौं– कुनैबेला सिनेमा हेर्न घरको पैसा चोरेर हल पुग्ने प्रेम पुरी अहिले आफैं सिनेमा हलको पर्दामा देखिन्छन्। त्यसैले त उनलाई आफ्नो जीवन सिनेमाको रिलजस्तै लाग्छ। जहाँ अनेक दृश्य अटाएका छन्– जीवन संघर्षका।

जीवनको ‘जञ्जाल’लाई उनी सिनेमाकै रिलजस्तो देख्छन्। रिल यसकारण पनि देख्छन् कि उनले सिनेमाप्रति आकर्षण महसुस गर्दा अहिलेजस्तो आधुनिक उपकरणहरु आइसकेका थिएनन्।

‘आफैंलाई फर्किएर हेर्दा म त आफ्नो जीवन नै फिल्म जस्तो लाग्छ,’ प्रेम आफ्नो जीवनलाई परिभाषित गर्दै भन्छन्।

प्रेम गुल्मीमा जन्मिए। गुल्मीमै हुँदा सिनेमाप्रति उनको मोह जागेको थियो। त्यो बेला हाइ भिजन सिनेमा हलमा फिल्म्हरुको प्रदर्शन हुन्थ्यो। प्रेम गुल्मीको रुरु गाउँपालिकामा हुर्किएका थिए।

सिनेमा क्षेत्रमा लाग्ने धेरैले आफू आकस्मात यो क्षेत्रमा आइपुगेको बताउँछन्, तर प्रेमको जीवनमा त्यो ‘आकस्मिकता’ छैन। प्रेम आफ्नै चाहनामा फिल्ममा अभिनय गर्न आइपुगेको बताउँछन्। उनी भन्छन्, ‘म अभिनय नै गर्ने सोच लिएर हुर्किएको थिएँ।’

प्रेम सम्झिन्छन्, आफूले होस सम्हालेदेखि नै फिल्मप्रति आकर्षित भएको पल। आफूलाई बुझ्न थालेदेखि नै सिनेमाप्रति आकर्षित हुन थालेको बताउँछन् उनी। 

‘गाउँमा टेलिभिजन, सिडी र भिसिडीहरु भर्खर पुगेको बेला थियो त्याे,’  प्रेम भन्छन्, ‘त्यो बेला म भर्खर ५ वा ६ वर्षको थिएँ। त्यो बेला टिभीमा फिल्महरु हेरेपछि नै मलाई सिनेमाप्रति मोह जागेर आएको थियो।’

प्रेमलाई टेलिभिजनमा आउने पात्रहरु ‘ठूला मान्छे’हरु हुन जस्तो लाग्थ्यो। उनी फिल्मभित्र चरित्र निभाइरहेका पात्रहरु टेलिभिजन भित्रै पो छन् कि भन्ने पनि सोच्थे। बाल मस्तिष्क न थियो त्यो, यस्तै यस्तो सोच्थ्यो।

nimb
nimb
Ncell 2
Ncell 2

‘गाउँमा त्यो बेला हाइभिजन हलहरु हुन्थ्यो, त्यसमा ठूला पर्दाहरु हुन्थे,’ प्रेम सम्झिन्छन्, ‘फिल्म हेर्दा पर्दा भित्रबाट मान्छेहरुले अभिनय गरिरहेको छन् कि जस्तो लाग्थ्यो। पर्दामा देखिएमा मान्छेहरु पर्दामै अभिनय पो गरिरहेका हुन् कि भन्ने लाग्थ्यो।’

बाल्यकालमा फिल्मको प्राविधिक पक्ष थाहा हुने कुरै भएन। थाहा नहुँदै पनि फिल्म हेर्नु, आफैंलाई फिल्मभित्र भएको कल्पना गर्नु पनि रोमाञ्चक लाग्थ्यो प्रेमलाई।

यो कुरा ०५५/०५६ सालतिरको हो। प्रेम त्यो बेला विद्यालय जान एक घण्टा हिँड्नुपर्थ्यो। तर, उनी बिहान ८ बजे नै घरबाट निस्किन्थे। गाउँमा निश्चित मान्छेको घरमा टेलिभिजन र भिसिडी प्लेयर हुन्थ्यो। त्यो घरमा गएर एक घण्टा फिल्म हेर्थे। अनि एक घण्टा फिल्म हेरेपछि दगुर्दै स्कूलतर्फ लाग्थे। 

साँझ फेरि स्कूल सकिएपछि बिहान हेरेर बाँकी रहेको फिल्म पुरा गरेपछि मात्रै घर पुग्थे प्रेम। ‘बाल्यकालको त्यो बेलामा खै कसरी त्यो भूत दिमागमा आयो भन्ने लाग्छ अहिले,’ प्रेम सम्झिन्छन्,‘फिल्म कति धेरै हेरियो, हेरियो। त्यो बेला राजेश हमालका फिल्महरु चर्चित थिए। म तीनै फिल्महरु हेर्दे हुर्किए। तर, फिल्म हेर्दा पर्दामा मान्छे कसरी पसे? म हुन पाए के हुन्थ्यो भन्ने लाग्थ्यो।’

पर्दामा देखिएका मान्छेहरुको रहस्य के पो होला? भन्ने लाग्थ्यो प्रेमलाई। उनीहरु कसरी पर्दामा छिरे? कसरी बोलिरहेका छन्? यस्तै प्रश्नहरुले उनलाई सिनेमाप्रति थप मोहित बनाउँदै लग्यो। 

पर्दा वा टेलिभिजनमा हेरेको फिल्ममा हिरोले जे पनि गर्न सक्थ्यो। प्रेम पनि उनीहरुकै नक्कल गर्थे। फिल्ममा हिरो भएजस्तै वास्तविक जीवनमा प्रेमले आफूलाई हिरोको रुपमा कल्पना गरेर सोही भूमिकामा देख्थे। हिरोकै जस्तो बोल्ने नक्कल, हिँड्ने पनि हिरोकै जस्तो नक्कल। 

‘खैरेनी भन्ने ठाउँमा सन्दिप हाइ भिजन हल थियो,’ प्रेम भन्छन्, ‘त्यो हलसँगै टेलिभिजनमा पनि फिल्म हेरेर हुर्किएँ। फिल्म हेर्न र फिल्ममा भएको हिरोकै जस्तो नक्कल गर्न के के गरियो गरियो। अहिले सम्झिँदा पनि त्यो बेला के सोच्थेँ जस्तो लाग्छ।’ 

No description available.

फिल्म हेर्नका लागि प्रेमले आफ्नै घरको पैसा चोर्थे। हलमा फिल्म हेर्न टिकट काट्नु पर्थ्याे  टिकट सित्तैमा पाइदैंनथ्याे। प्रेमसँग कमाई गर्ने बाटो त थिएन्। घरमा सधैं फिल्म हेर्न पैसा माग्ने कुरा पनि भएन् । त्यसैले उनले विकल्पका रुपमा आफ्नै घरमा चोर्ने उपाय अपनाए। 

आज त्यो पल सम्झिदैं प्रेम भन्छन्, ‘त्यो बेला आफ्नो घरको पैसा चोरेर पनि फिल्म हेरें। खै. के थियो त्यो बेला मनमा, तर फिल्मप्रतिको मोहले आफ्नै घरबाट पनि पैसा चोरेर फिल्म हेर्नेसम्म बनायो।’

फिल्म हेर्ने बानी। पर्दामा हिरोले गरेजस्तै देखासिकी गर्न मन लाग्थ्यो। प्रेम ती सबै कदमहरुलाई फिल्मप्रतिको मोहका कारण आएका परिणामको रुपमा परिभाषित गर्छन्।

‘अहिले आएर हेर्दा त्यो कुराहरुले हिरो बनाउने होइन् रहेछ भन्ने लाग्छ,’ प्रेम भन्छन्, ‘तर, त्यो बेला फिल्ममा हेरेकै कुरा जीवनमा लागू गर्न मन लाग्ने। फिल्ममा हिरोले बाइक कुदाएको देखेपछि आफूलाई पनि त्यस्तै गर्न मन लाग्ने। सबै कुरा हिरो बन्न गरेको जस्तो लाग्छ।’ प्रेमले त्यसैका लागि कक्षा ८ मा पढ्दापढ्दै बाइक किने।

त्यो बेलाको मनोविज्ञानले यी कुरा गरेका थिए। बुबाको पैसा चोर्नेदेखि आफैंलाई पासो लगाउनेसम्मका कदमहरु त्यो बेला पर्दामा हिरोले गरेकै कदमको नक्कल थियो प्रेमका लागि। उनी भन्छन्, ‘हिरोहरु भिजलान्ते किसिमका हुन्थे। मैले पनि तिनैको नक्कल गरेको थिएँ। अहिले फर्किएर सोच्दा पो अहो! के गरेको रहेछु जस्तो लाग्छ।’ 

एसएलसी सकेपछि प्रेम बुटवल आए। मनमा अभिनयप्रतिको भोक थियो। ०६४ सालमा एसएलसी दिएर उनी अर्को वर्ष बुटवल आएका थिए। त्यो बेला एसएलसीपछि कम्प्युटर सिक्ने भन्ने चलन थियो। प्रेमले पनि त्यहि गरे। उनकाे एसएलसीको परिक्षाफल पास भएर आयो । उनी बुटवलमै अध्ययन गर्न थाले।

घरको लागि पढाई आवश्यक थियो। तर, प्रेमको मनमा पढाईप्रति खास रुचि थिएन्। उनी अभिनयतर्फ लाग्न चाहन्थे। अध्ययन त गरिरहेका थिए, तर मन भने त्यसमा थिएन्। एकाेहाेराे अभिनयप्रति थियो । त्यसैले उनी अभिनय सिक्ने ठाउँ पनि खोज्न थाले।

बुटवलका गल्लीहरुमा भौतारिए। नृत्य, अभिनय सिकाउने ठाउँ खोज्न थाले। बुटवलमा एउटा ‘डान्स कल्चर’ भन्ने ठाउँमा गएर नृत्य पनि सिके। 

तर, एकदिन उनलाई महसुस भयो आफ्नो दायरा फराकिलो बनाउनुपर्ने। बुटवलमा त लघु फिल्मदेखि म्युजिक भिडियो बनाउनेसम्मलाई उनले चिनेँ। तर, खास अभिनय र फिल्ममा छिर्नका लागि राजधानी काठमाडौं नै जानुपर्छ भनेन् उनलाई महसुस भयो।

‘केही महिनापछि यो भनेको केही होइन् रहेछ भन्ने बुझ्न थालें,’ प्रेम भन्छन्, ‘मैले चाहेको ठाउँ, सिक्न खोजेको कुरा काठमाडौंमा छ भन्ने लाग्यो।’

त्यसदिन यता उनलाई दुई वर्ष कहिले सकिन्छ भन्ने भयो। प्लस टु सकेपछि उनी काठमाडौं हान्निए। कीर्तिपुर बस्न थाले । कीर्तिपुर बसेर औपचारिक अध्ययन पनि अघि बढाए। सँगै उनले बागबजारस्थित एक ‘एक्टिङ स्कूल’मा अभिनय सिक्ने थाले । त्यहाँ उनले करिब चार/पाँच महिना अभिनय सिके।

‘त्योबेला बन्ने फिल्म पनि फरक थियो’, प्रेम भन्छन्, ‘फिल्ममा एउटा निश्चित मापदण्ड जस्तो थियो । अभिनय सिक्ने ठाउँमा पनि त्यहि अनुसारको सिकिन्थ्यो।’

काठमाडौं आएको पाँच महिनाभन्दा केही बढी मात्रै भएको थियो। कतैबाट प्रेमको कानमा ठोक्किन एउटा सुखद खबर आयो एकजना निर्देशकले सहायक भूमिकामा कलाकार खोजिरहेका छन्।

निर्देशक थिए, रिम विश्वकर्मा। फिल्म थियो ‘सम्झिराख है’। हिरोको भूमिकामा थिए, सुमन सिंह। सँगै अन्य चार कलाकारलाई सुमन सिंह अभिनित पात्रको साथीको रुपमा फिल्ममा देखाइएको थियो।

प्रेमले पहिलोपटक ठूलो पर्दामा यहि फिल्मबाट प्रवेश गरेका थिए। फिल्ममा सहायक भूमिकामा उनी देखा परे। उनको लागि यो अनुभव नौलो थियो।

‘पहिलोपटक पर्दामा देखिएपछि धेरै कुरा थाहा भयो,’ प्रेम भन्छन्, ‘त्यसपछि विस्तारै आफूमा ल्याउनुपर्ने सुधार र आफ्ना कमिकमजोरीहरु पनि बुझ्दै गएँ।’

प्रेम केही वर्ष ठूलो पर्दाबाट अनुपश्चित भए। केही म्युजिक भिडियोमा काम गरेपनि ठूलो पर्दामा देखिएका थिएनन्। वि.सं. २०७२ भने उनी ‘लिड’ रोलबाट कमब्याक गरे। २०७० मा प्रेमको भेट निर्माता सन्तोष सेनसँग भएको थियो। उनीहरुले सँगै फिल्म क्षेत्रमा लाग्ने सोच बनाएका थिए। केही असफलता र असहयोगपछि उनीहरुले आफैंले फिल्म बनाउने सोच लिए। ‘आशुसेन प्रोडक्सन’को नामबाट फिल्म निर्माणको घोषणा भयो। त्यो फिल्म थियो, सुदर्शन थापाको निर्देशनमा बनेको ‘चंखे संखे पंखे’मा । सो फिल्ममा प्रेमले लिड भूमिकामा काम गरेका थिए। 

उक्त फिल्ममा गरेको कामपछि थप निखारिँदै गए प्रेम। त्यसपश्चात निरन्तर उनी फिल्मसँगै जोडिरहे। ‘आशुसेन प्रोडक्सन’ले ‘प्रेम गीत’ फिल्म श्रृङ्खला निर्माण गर्यो। व्यावसायिक रुपमा उक्त फिल्मले निकै सफलता प्राप्त गर्यो। प्रेम पनि फिल्मका प्रदर्शन भइसकेका दुई श्रृङ्खलामा पर्दामा नदेखिएपछि पर्दा पछाडिबाट संलग्न थिए।

‘अभिनयमा विभिन्न आयाम रहेछन्,’ प्रेम भन्छन्, ‘यो बुझ्दै जाँदा लामो समय लाग्छ। म विस्तारै बुझ्दै-बुझ्दै गइरहेको छु।’

अहिले प्रेम पुनः पर्दामा देखिदैंछन्। असोज ७ गते उनी अभिनित फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आउँदैछ। नेपालसँगै भारतमा पनि (हिन्दी भाषामा) प्रदर्शन हुन लागेको फिल्मले अहिले निकै ‘हाइप’ बनाएको छ। फिल्मको पोस्टरमा पनि प्रेम हालसम्म उनले गरेकोभन्दा फरक भूमिकामा फिल्ममा रहेको देख्न सकिन्छ।

‘‘प्रेम गीत ३’ सम्म आइपुग्दा मैले अभिनय र सिनेमाको बारेमा धेरै कुरा बुझेको छु,’ प्रेम भन्छन्, ‘अभिनय भनेको मान्छे आफू भएर पनि अरु कसैको जीवन वा चरित्रमा बाँच्नु हो। मैले ‘प्रेम गीत ३’मा एउटा सेनापतिको भूमिका निभाएको छु। तर, वास्तविक जीवनमा त म त्यो होइन। त्यसैले, अभिनय भनेको जीवनभन्दा फराकिलो दायरामा गरिने चरित्र चित्रण हो जस्तो लाग्छ।’

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्