• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल

64x64
युवराज भट्टराई शनिबार, भदौ ४, २०७९  १३:४६
1140x725

काठमाडौं– पास्कल आफ्नो स्कुल जानका लागि घरबाट निस्किन्छ। स्कुलसम्म पुग्ने गाडी चढ्नुभन्दा थोरै अघि भर्‍याङबाट ओर्लिरहँदा उसको आँखा किनारतर्फ रहेको ल्याम्प पोस्टमा पर्छ। हातको झोला भुइँमा राखेर पास्कल ल्याम्प पोस्टमा चढ्छ। विस्तारै ‘पेडेस्टल’ शैलीमा क्यामेरा ल्याम्पपोस्टमा चढिरहेको पास्कललाई पछ्याउँछ। ल्याम्प पोस्टको टुप्पोमा एउटा रातो बेलुन झुण्डिरहेको हुन्छ।

पास्कल ल्याम्प पोस्टमा अड्किएको रातो बेलुन निकाल्छ। हातमा बेलुन लिएर स्कुलतर्फ लाग्छ। तर, गाडीमा बेलुन बोक्न पाइँदैन। त्यही बेलुन झिक्न गएकै कारण त्यसदिन स्कुल पुग्न उसलाई अबेर हुन्छ। 

एक्लो पास्कलको जीवनमा त्यो दिनबाट बेलुनले मित्रको रुप लिन्छ। पास्कलसँगै यात्रा गरिरहने बेलुन उसँग संवाद गर्छ। शब्द बिनाका संवादहरुमा पास्कल र बेलुन आफ्नो समय काट्छन्। घरदेखि स्कुलसम्म बेलुन पास्कललाई पछ्याइरहन्छ। लिएर जाने नमिल्ने ठाउँमा बेलुन पास्कललाई कुरिरहन्छ। घरमा पास्कललाई हेर्ने अभिभावक (जो उसको आमा होइनन्)ले झ्यालबाट बेलुनलाई बाहिर राखिदिए पनि बेलुन पास्कललाई कुरिरहन्छ।

एल्बर्ट लेमोरिस्सको ‘मास्टरपिस’ फिल्म ‘द रेड बेलुन’ले पास्कलमार्फत् मानव संवेदनालाई प्रस्तुत गर्छ। व्यक्तिका वरिपरि भएको समाज वा अरु कुनै व्यक्तिले जीवनमा प्राप्त खुसीको विपक्षमा कसरी उत्रिन्छन् भन्ने प्रसंग फिल्मले उल्लेख गर्छ।

दोस्रो विश्वयुद्ध पछिको परिवेशको पेरिस। युद्धबाट ग्रस्त र विक्षिप्त मानिसहरुको अनुहारमा छाएको निराशाको समय। सहरका गल्ली र सडकहरुमा पास्कल बेलुन लिएर हिँडिरहँदा सबैले उसलाई ध्यान दिएर हेरिरहेका हुन्छन्। स्कुलमा पुग्दा बेलुनपछि पास्कलसँगै कक्षाभित्र छिर्छ, जसले कक्षामा असहज अवस्था ल्याइदिन्छ। स्कुलमा पास्कललाई सजायस्वरुप एक्लै कोठामा थुनिन्छ।

No description available.

सहरका अरु बालबालिकाको ध्यान तान्नेदेखि सडकमा एउटा निलो बेलुन लिएर हिँडिरहेकी बालिकालाई पछ्याउनेसम्म गर्छ पास्कलले पाएको रातो बेलुनले। कुनै ध्यानजस्तो हुन्छ बेलुन र पास्कलको यात्रा। उनीहरु एकअर्कामा आफू समावेश भएर साथ दिएर हिँडिरहन्छन्। कतै पास्कल बेलुनलाई झुक्याउन खोज्छ, कतै बेलुन पास्कललाई। तर, त्यो ध्यान मग्न अवस्थालाई बाहिरी पात्र र प्रसंगहरुले भक्झक्याउन खोज्छन्।

लेमोरिस्सको सिर्जना एक बालक र उसको प्रिय चिजबीचको प्रेमकेन्द्रित कथाको प्रस्तुति हो। तर, यर्थाथमा प्रेम छुट्छ। प्रेम गरिएका पात्रहरु र प्रसंगहरु छुट्छन्। फिल्मले पनि त्यहि प्रसंगलाई समेटेको छ। पास्कल आफूले बेलुनलाई औधि प्रेम गर्छ। तर, सहरका अन्य बालकहरुले उसको साथबाट बेलुन खोस्छन्। खोसेको बेलुन फुटाइदिन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

विरहको व्यथा भोगिरहेको पास्कल आफूले प्रेम गरेको बेलुन गुमाउँदा विक्षिप्त भएको हुन्छ। तर, उसको साथका लागि पेरिस सहरभरिका थुप्रै बेलुनहरु आएर उसलाई लिएर जान्छन्। बेलुनहरुको साथमा पास्कल आकाशमा उडेर कुनै यात्रामा निस्किन्छ।

लेमोरिस्सले फिल्ममा आफ्नै छोरालाई प्रमुख पात्रको रुपमा प्रस्तुत गरेका थिए। पास्कल सहरमा भएका अन्य बालकहरुजस्तो नभएर फरक बालकको रुपमा हुर्किरहँदा त्यसले अरुलाई असहजता महसुस गराउँछ। उसको घरमा हेरचाह गरिरहेकी महिलादेखि उसँगै पढ्ने बालकहरु पनि बेलुन र उबीच बढिरहेको आत्मियताबाट खुसी हुँदैनन्। 

अभिभावक, साथीभाइ र विद्यालयका शिक्षकहरुलाई पनि पास्कलको व्यवहारले खुसी नदिएको प्रसंगलाई ‘द रेड बेलुन’मा प्रस्तुत गरिएको छ। आफूभित्र र आफ्नै किसिमले समयमा व्यतित र खुसी भइरहेको पास्कललाई त्यो अवस्थाबाट बाहिर ल्याउनका लागि भएका घट्नाक्रमहरुले नै उ र रातो बेलुनबीचको सम्बन्धलाई अन्त्य गर्ने घट्नाक्रम विकास हुन्छ।

No description available.

                        ०००००

सतहमा पास्कल र रातो बेलुनबीचको सम्बन्धबाट देखाइएको कथा मानविय संवेदना र समाजमा अवस्थित मान्यताको हो। लेमोरिस्सको सिर्जना ‘द रेड बेलुन’ सरलताको उच्च नमुना हो। फिल्ममा प्रयोग भएको ‘मिज–अन–सिन’देखि संगीत र कथावस्तुले सरलताको प्रतिकको रुप लिएका छन्।

सिनेमा बौद्धिक चिन्तनको विषय हो। सिनेमामा देखिने पात्रदेखि निर्देशकले देखाएका दृश्यहरुलाई परिपक्व बनाउन सिर्जित संगीतसम्मको अर्थ हुन्छ। लेमोरिस्सले ‘द रेड बेलुन’मा प्रस्तुत गरेको साधारण कथाको चिन्तन युद्ध, तानाशाह, मानविय संवेदनाजस्ता प्रसंगहरुसँग जोडिन्छ।

करिब–करिब ‘साइलेन्ट’ लाग्ने फिल्ममा केही ठाउँमा पात्रहरुको बोलि त फुट्छ। तर, त्यो बोलीभन्दा महत्वपूर्ण पक्ष फिल्मका दृश्यहरुले निभाउँछन्। दुई घट्नाक्रमलाई एकअर्कासँग जोड्न ‘ट्रान्जिसन’का रुपमा पात्रहरुको बोली देखाइएको छ।

१९३९ देखि १९४५ सम्मको समयावधीमा विश्वले दोस्रो ठूलो युद्ध देख्यो । युद्धमा संलग्न भएकाहरुको मृत्युवरणको संख्या धेरै थियो । त्योभन्दा धेरै संख्यामा युद्धको प्रत्यक्ष असरका कारण मानिसहरु मारमा परेका थिए। द्वन्द्वको परिणामका रुपमा आर्थिक, सामाजिक, औद्योगिक, राजनीतिकदेखि सबै किसिमका प्रभावहरु भोग्नु पर्यो मानिसहरुले।

फ्रान्सले पनि दोस्रो विश्वयुद्धको समयमा प्रमुख ‘एलाई’ समूहकोतर्फबाट युद्ध लडेको थियो। ‘ब्याटल अफ फ्रान्स’ अघि र त्यसैक्रममा पनि फ्रान्सका सैनिक, नेभी र हवाईसेनाले युद्धमा भाग लिएका थिए।

विश्वयुद्ध १९४५ सम्म चल्यो। तर, त्यसको प्रभाव दशकौंसम्म पनि प्रत्यक्ष रुपमा पर्नु स्वभाविक हो।

लेमोरिस्सले सन् १९५६ मा ‘द रेड बेलुन’ निर्माण गरे। सतहमा मानविय संवेदनाको विषयवस्तु र खुसीप्रति समाजमा हुने इष्र्याको व्यवहारको कथा प्रस्तुत सिनेमाले दोस्रो विश्वयुद्धको अँध्यारो प्रभावलाई बोक्यो।

युद्धबाट भर्खरै बाहिर निस्किएको समाजमा अझैं युद्धको धङधङी हुनु स्वभाविक हो। त्यसैले, फिल्ममा लेमोरिस्सले रातो बेलुनलाई खुसीको संकेतको रुपमा प्रयोग गरे। अँध्यारो परिवेशमा रातो बेलुन। आशातित अवस्थाको चित्रणको रुपमा फिल्मको मुल मर्म थियो।

लेमोरिस्सले प्रयोग गरेको ‘मिज–अन–सिन’ले पनि त्यो बेलाको विक्षिप्त अवस्थालाई प्रस्तुत गर्छ। युद्धपछिको दिक्दार लाग्ने अवस्था र समय। यस्तो अवस्थामा कुनै एक वस्तुले एक पात्रको जीवनमा पारेको प्रभावमार्फत् उसलाई आशातर्फको उडानको आह्वान गर्छ। काव्यात्मक लाग्ने दृश्यभाषाले पनि आशाको आह्वान र नयाँ उडानको समयको माग गर्छ।

लेमोरिस्सका दृश्यहरु र युद्धको प्रसंग एकअर्कासँग जोडिन्छ। शक्ति आर्जन गर्न चाहनेहरुका कारण शक्तिहीन र साधारण जीवन चाहनेहरु मारमा पर्छन्। लेमोरिस्स त्यही अवस्थालाई देखाउँछन्।

फिल्मको उत्तरार्धमा पास्कलको बेलुन फुट्छ। सहरका अन्य शक्तिशाली बालकहरुले समूह बनाएर एक्लो पास्कलको हातबाट बेलुन लुटेका हुन्छन्। लुटिएको बेलुनलाई अनेक तिकडममार्फत् उनीहरु फुटाउन सफल हुन्छन्।

फिल्ममा बेलुनको संकेत युद्धमा मानिसहरुको मृत्युसँग जोडिन्छ। आफ्नो एकमात्र साथी रातो बेलुन फुटेपछि पास्कल पनि विक्षिप्त भएको हुन्छ। युद्धमा आफन्त गुमाएकाहरुमा निराशा हुन्छ। युद्ध र मृत्युजस्तै आफूले प्रेम गरेको साथी त्यो रातो बेलुन फुटेपछिको पास्कलमा नकारात्मक प्रभाव पर्छ। शक्तिशालीहरुले युद्धमा निरिहहरुमाथि गर्ने व्यवहार र त्यसले पार्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावजस्तै पास्कलको मनोविज्ञान विक्षिप्त बन्छ।

No description available.

तर, सहरभरिका सबै बेलुनहरु आएर पास्कललाई साथ दिन्छन्। पास्कल हिलियमले भरिएका बेलुनहरुले बाँधिएर माथि–माथि आकाशतर्फ लम्किन्छ। खुल्ला र उज्यालो आकाशतर्फको पास्कलको उडान सुरु हुन्छ। 

युद्धको पीडा र प्रभावबाट भाग्न नसकेपछि त्यसबाट अघि त बढ्नुपर्छ भन्ने लेमोरिस्स कथन देखिन्छ दृश्यमा। तानाशाहहरुले अरुको संवेदनाको ख्यालै नगरी खुसी चोर्न चाहन्छन्। तर, त्यसो भएपछि पनि दुःखकै तलाउमा डुबुल्की मारेर निराशाको अंगालोमा मृत्यु कुरिरहनुको सट्टा नयाँ बाटो पहिल्याएर आशाको किरण खोज्नुपर्छ भन्ने भाषा निर्देशक लेमोरिस्स बोल्छन्।

फिल्मको अन्त्यमा दुई बालकहरु रातो कोट लगाएर हातमा बेलुन लिएर उभिएको देखिन्छन्। यो दृश्यले पनि जस्तो सुकै घट्ना भएपछि जीवन पुनः आफ्नो गतिमै फर्किन्छ र आशा पुनः जन्मिन्छ भन्ने अर्थ दिन्छ।

०००

लेमोरिस्सले फिल्ममा आफ्नै छोरा र छोरीलाई कलाकारको रुपमा अभिनय गराएका थिए। संवाद निकै कम भएको फिल्मले १९५६ को अस्कर अवार्डमा ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’को अवर्डा दिलाएको थियो। लेमोरिस्सको सिर्जना हेरिरहँदा फिल्म लेखनमै परिपक्व भएमा दृश्यभाषामा कति शक्तिशाली चित्रण हुन्छ भन्ने बुझिन्छ। 

इतिहासदेखि वर्तमानसम्म लेमोरिस्सको ‘द रेड बेलुन’ मात्रै यस्तो फिल्म हो, जसको समयावधि फिचर फिल्मको नभए पनि अस्कर अवार्डमा उत्कृष्ट स्क्रिनप्लेको अवार्ड पाएको छ। फिल्मको लम्बाई केवल ३४ मिनेट छ।

पेरिसका भवन र सहरमा खिचिएको फिल्मलाई कतिपयले काव्यात्मक त कतिपयले बालमनोविज्ञानको चित्रणको रुपमा पनि देखाएका छन्। फिल्म सिद्धान्तकार क्रिष्टियन मेट्जले ‘दे रेड बेलुन’बारे भन्छन्, ‘कवितामा कुनै निश्चित धारको कथा हुँदैन, जसकारण पाठक र लेखकबीचमा कुनै बाधा पनि आउँदैन। लेमोरिस्सको फिल्म पनि कविताजस्तै हो, काव्यिक फिल्म।’

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्