• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी

64x64
समर्पण श्री बुधबार, जेठ ३, २०८०  १३:१९
1140x725

तपाईंले हलमा गएर ‘हल्कारा’को खाम खोल्नुभयो? ढिला नगर्नुस्। 

समयमा खोलिएन भने खाम ‘आरएलओ’ मा पुग्नसक्ने जोखिम उत्तिकै छ। 

लाग्नसक्छ– त्यो खामभित्र के छ? 

खामभित्र एउटा पत्र छ। पत्रभित्र चल्दै गरेको दृश्य छ। 

दृश्यमा एउटा जीवन छ, जुन नेपाली समाजले चिठीयुगमा लामो कालखण्ड बाँचिसकेको छ। फिल्मको आरम्भ कविताका पंक्तिबाट हुन्छ, ‘यो चिठी हैन कसैको अंश अडेको पाना हो...।’ 

चलिरहेका दृश्यहरूले १ घण्टा ५१ मिनेटमा पुगेर विश्राम लिए। त्यतिन्जेल मैले आफ्नै जीवनका थुप्रै पत्र पल्टाएँ। पल्टाउँदै जाँदा वैरागी काइँलाको कविता ‘मेरो वसियत’मा पुगेर केहीबेर अल्झिएँ। 

‘यो कागत दिदीलाई दिए है...
यो बन्द गरेको निलो खाम दिँदैछु
यहाँ यौटा कागत छ,
कागत के छ?
यस खामभित्र
यौटा चल्दै गरेको मुटु छ
यो कागत दिदीलाई दिए है...।

चाहे श्रीमान् होस् वा प्रेमी। वा कोही आत्मीयजन! उसले कसैको नाममा चिठी लेख्नु भनेको आफूलाई निचोर्नु हो। हृदयलाई पानाभरि फिँजाउनु हो। त्यसकारण ‘अंश अडेको कागजको पाना’ केवल पाना मात्र होइन। 

Ncell 2
Ncell 2

फिल्म हेरिरहँदा यो कविता किन सम्झिएँ त? निकैबेर घोत्लिएँ। मानौं कि, निर्देशक विक्रम सापकोटाले फिल्मका दृश्यहरूमा टाइम मेसिन फिट गराएका छन्। जुन समयलाई मैले बाँचेर आएको थिएँ। म आफ्नो चिठीयुगको समयतर्फ फर्किएँ। 

स्मृतिको पर्दापण पहिलो चरणमा पुगेर भयो।

दश औँला जोडेर प्रणाम गर्दै एउटा बालक खाडी पुगेको उसको भिनाजुलाई चिठी लेख्दैछ। चिठीमा उसले आफूहरू ‘पशुपतिनाथको कृपा’ले सञ्चै भएको पनि बताइरहेछ। त्यो वाक्य उसले सुन्दै आएका चिठीबाट साभार गरेको थियो।  

०६१ सालका अन्तिम महिनातिर दिदीको बिहे भयो। उसका भिनाजु ०६२ सालको वर्षेझरिमा दिदीको आँखा भिजाउँदै खाडी देश उडे। नेपालमा फोन एकाध मान्छेको हातमा आइसकेको थियो। 

तर समाजमा समाजवाद कहाँ आएको थियो र? उसको गाउँ ठाउँमा हुलाकी नै ओहोरदोहोर गर्थ्यो। 

विदेशमा भएका ज्वाइँलाई मनभरिका कुरा लेख्न बा जान्दैन थिए। उनी चिठी लेख्ने उपयुक्त मान्छेको खोजी गर्थे।

माथिल्लो घरमा एकजना मास्टर थिए। उनैकहाँ धाउँथे। बाले भनेको कुरामा थपघट गरेर मास्टरले चिठी लेखिदिन्थे। 

बा घरमा आएर चिठी पढ्थे। चिठी पढ्दासाथ माइत आएकी दिदीको आँखा रसाइहाल्थ्यो। 

त्यसपछि चिठीको जवाफ बाले, दिदीले महिनौंसम्म पर्खेको उसले देखेको छ।

बाले चिठी अरुको हातबाट लेखाएको बालकलाई मन पर्दैन थियो। कक्षा २ मा पढ्दै गर्दा घोत्लिएको थियो, ‘एकदिन म आफैँ लेख्न सक्ने हुनेछु। अनि बा छिमेककहाँ धाउनु पर्दैन।’

उसले कयौँपटक भिनाजुलाई चिठी लेख्ने प्रयत्न गर्‍यो। तर तिनीहरू चिठी बनेनन्। कक्षा ४ मा पुग्दा उसले पहिलोपटक भिनाजुको लागि ४ पेजको चिठी लेख्यो। 

चिठीमा उसले आफ्नो पढाइबारे लेख्यो, हुर्कँदै गरेकी १ वर्षकी भान्जीबारे लेख्यो। भिनाजुको प्रतीक्षा गरिरहेकी आफ्नी दिदीबारे लेख्यो। अनि छिट्टै फर्कने आशा राख्दै पत्र पट्यायो। बासँग ऊ बनेपाको हुलाक कर्यालयमा पुग्यो। चिठी पुर्‍याउने मान्छे लागेर हो कि, उसले हुलाक कार्यालयमा १ जना कर्मचारीलाई भन्यो, ‘छिटो पुर्‍याइदिनुस् है।’

तर, चिठी जहाजमा उडेर भिनाजुकहाँ पुग्नुअगावै घरमा मोबाइल फोन आयो। अब घरबाटै विदेशमा रहेका भिनाजुलाई फोन गर्न सकिने भयो। फोनमा बोल्दा आवाज सुनिन्थ्यो। भिनाजुले पनि उता आफ्नो आवाज सुन्थे। तर, चिठीमा लेखेका शब्दहरू जस्ता भाव फोनमा बोल्दा कहाँ उब्जनू? 

त्यसको केही महिनापछि भिनाजु नेपाल फर्किए। एकदिन ससुराली आउँदा खाटभित्र छोराले लुकाएको कागज आमाले निकालेर ज्वाइँलाई दिनुभएछ, ‘तपाईंको सालोले लेखेको चिठी।’

भिनाजुले बालककै सामुन्ने बसेर चिठी पढे। अनि स्नेहले बालकको कपाल मुसार्दै भने ‘कति मन छुने लेखेछौ।’

मेरो चिठीयुगको पहिलो चरण भेनाजुले पढेको पत्रसँगै अन्त्य भयो।

०००

दोस्रो चरण म टिनएजमा पुगेसँगै सुरु हुन्छ। कक्षा ७ मा पुग्दा मेरो आकर्षण आफूभन्दा १ कक्षा जुनियर पढ्ने केटी साथीसँग बढ्यो। 

त्यो आकर्षण के प्रेम थियो? त्यसबारे छुट्टै मन्थन होला। 

ऊ असाध्यै मन पर्ने मलाई। आफूभित्रको लामो अन्तरसंघर्षपश्चात् उसलाई चिठी लेख्ने प्रयत्न गरेँ। चिठीमा प्रेम भरेँ, आशा भरेँ। बहिनीलाई हुलाकी बनाएर उसम्म पुर्‍याएँ। 

चिठीको जवाफ चिठीमा पर्खिरहेको थिएँ। तर कहिल्यै आएन। चिठीयुगको दोस्रो चरण त्यो अनिश्चित पर्खाइको अवसानसँगै अन्त्य भयो।

०००

तेस्रो चरणचाहिँ प्लस टु पढ्दा कलेजमा भएको प्रेमपत्र प्रतियोगिता। आफूलाई कोही मन पर्नु, मनका कुरा मनबाट भन्न खोज्नू, भन्न नसक्नु, चिठी लेखेर उसम्म पुर्‍याउन आँट नगर्नू! त्यहीबेला कलेजले प्रेम दिवसको अवसर पारेर प्रेमपत्र प्रतियोगिता राख्नू। 

मैले प्रेमपत्र लेखेँ, चल्दै गरेको मुटुलाई कागजमा उनिदिएँ। प्रतियोगितामा वाचन गरेँ। प्रतियोगितामा मैले लेखेको प्रेमपत्रले पुरस्कार जित्यो। सँगै उसको मन पनि।

प्रेमपत्रले जोडिदिएको सम्बन्ध केही वर्ष प्रेमिल बन्यो। 

प्रविधिले फड्को मारिसकेको थियो। अब हातमा मोबाइल मात्र हैन, फेसबुक र म्यासेन्जरले प्रत्येक सेकेण्ड सम्बन्धलाई इन्गेज गराउँथ्यो। 

यद्यपि, टिनएजको अवसानसँगै प्रेमपत्रले जोडेको त्यो सम्बन्धले पनि बिट मार्‍यो। त्यसपछि चिठीयुग मेरो स्मृतिको मध्यभागमा सदाबहादर बसिरह्यो। 

०००

‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएको थियो। 

चिनियाँ निर्देशक हुओ जिनाक्वीले सन् १९९९ मा निर्माण गरेका यो फिल्म हुलाकी बाबुछोराको सम्बन्धमाथि थियो। हिमाली गाउँका ठेगानामा चिठी पुर्‍याउन हिँडेका बा र छोराबीचको प्रेमले निकै गहिरो स्पर्श गरको थियो।

‘हल्कारा’ हेरेर फर्किएको पाँचौं दिन बित्यो। पाँचौं रातमा म ‘हल्कारा’का पत्रहरू उप्काइरहेछु।

भित्री पत्रमा विक्रम सापकोटाले वैदेशिक रोजगारले उजाडिन लागेको रित्तो गाउँको कथा भने। त्यो पनि क्यामेराको लेन्सले बुनेको कवितात्मक विम्बमा। 

हल्कारा बनेर फिल्मको मुख्य पात्र राम पहाडको दुर्गम गाउँ उक्लँदैछ। बर्खामा रुझिरहेको पहाडको दृश्यले गहिरो अर्थ बोलिरहेको छ।  कुनै अविराम दुःखले आफ्नो पोल्टामा भएको गाउँ भिजिरहेको कथा पहाड सुनाइरहेछ। 

ऊ घमाइलो घाम ओडेर उन्मुक्त हुन सकिरहेको छैन। कवि मिनबहादुर विष्टको कविताजस्तै ‘साला पहाड मे क्या है?’ भन्दै युवाहरू गाउँ छाडिरहेका छन्। पहाड उक्लिरहेको हल्कारा पनि ओर्लिएपछि देश छाड्ने मनस्थिति बोकिरहेछ। 

परदेश गएका श्रीमान्‌का पत्र वर्षौंदखि पर्खिरहेका छन्, मियाँकुमारीहरू। उनीहरू पत्र मात्र पर्खेका छैनन्, बुढो घर र वृद्ध सासूहरू रुँघिरहेका छन्।  

तर, पत्र र श्रीमान् दुवै बेखबर छन्। बर्खामा परिरहेको पानी, पहाडका टुप्पा चढेर आकाशमा फैलिरहेका कुहिरो र चियाउँदै गरेको मधुरो घाम मलाई भयानक लागेका विम्ब हुन्। 

पात्रहरूको मनस्थिति र उनीहरूको झिनो आशामा बाँचिरहेको जीवनबारे यी दृश्य बोलिरहन्छन्। पात्रभित्रका मनस्थिति क्यामेराले बाहिरी मौसममार्फत् भन्छ। 

फिल्ममा एउटा चिठी पानीमा भिज्छ। भिजेको चिठी नै कथालाई डोहोर्‍याउने मियो हो। त्यो चिठीको लत्पतिएको अक्षर पढ्न रामले पटक–पटक असफल प्रयत्न गर्छ। फिल्मको अन्तिम क्षणतिर मियाँले हल्का चिहाइरहेको घामको सहारामा चिठी पढ्न खोज्छे। अनिश्चित प्रतीक्षाको एउटा सशक्त बिम्ब लागिदिन्छ त्यो मलाई। 

फिल्ममा दुई पात्रको अव्यक्त प्रेमलाई निर्देशकले सफल अवतरण गरेका छन्। उनीहरूबीचको सम्बन्धले दर्शकमा रोमहर्ष पैदा गर्छ। दुई मुख्य पात्रको पृष्ठभूमि, उनीहरूको मनस्थिति र उद्देश्यमा निर्देशक प्रष्ट छन्। उनीहरूसँग जोडिन आएको परिस्थिति र पात्रहरू अविश्वसनीय लाग्दैनन्। बरु थोरै समय देखापरेका पात्र पनि जीवन्त लाग्छन्। कुनै हतारो नगरी कथावाचक कथा भनिरहेछन्, कथामा प्राण भरिरहेछन्।

रामको मनस्थिति र चरित्रलाई उसका पृष्ठभूमिका कथाले निर्देशित गरेका छन्। मियाँसँगको भेटपछि रामको मनस्थितिमा आएको बदलाबमा अलग्गै मिठास छ। 

फिल्ममा रहस्यका पत्रहरूलाई निर्देशकले अड्कलेर उप्काइरहेका छन्। जब जब नयाँ रहस्योद्घाटन हुन्छ, दर्शकलाई त्यसले जोड्दै जोड्दै लैजान्छ। ब्याकग्राउण्ड म्युजिकले पात्रसँगको इमोसन उसैगरी पकड्छ।

नेपाली फिल्ममा सधैं गुनासो पटकथामाथि हुन्छ। आगामी फिल्महरूमा बलियो पटकथाको उदाहरण दिनसक्छ ‘हल्कारा’ले।

यतिले मात्र पुग्दैन, खास कथामा प्राण भर्ने काम त पात्रहरूले गरेका छन्। मेथड एक्टिङ प्रोसेसको सफल उदाहरण महेश त्रिपाठी (राम) र विनिता थापामगर (मियाँ)को कामलाई लिन सकिन्छ। बाहिरी आवरणमा बढी समय खर्चिने कलाकारका लागि महेश र विनिताको काम ठूलो चुनौती हो। यी पात्रले नबोल्दा पनि धेरै कुरा भनिरहेका हुन्छन्। संवाद विनाको संवाद फिल्मको सुन्दर पक्ष हो। 

डाइलग डेलिभरी उत्तिकै जीवन्त लाग्छ। रामले हरेक परिस्थितिमा गरेको चातुर्‍याइँ ‘पर्फेक्ट’ लाग्छ। 

मियाले ऐना अघिल्तिर उभिएर सिउँदो भर्न खोज्दा सम्झने श्रीमान्‌को दृश्य पावरफूल र इमोसनल लागिदिन्छ। ऊ धर्मराइरहेकी छ, श्रीमान् आउने आशा पनि छ, सन्देह पनि छ। 

फिल्मका केही फिक्का पाटा छन्। फिल्ममा कुन भूगोलको कथा हो, त्यो कुरा अझ स्पष्टसँग भन्न सकिएको छैन। कुन समयको कथा हो। त्यो पनि प्रष्ट भनिएको छैन। पात्र छनोटमा एउटा कमजोरी भने देखिन्छ। मंगोलियन परिवारमा मियाँको सासु चाहिँ मंगोलियन लाग्दिनन्। यद्यपि एउटा सशक्त फिल्मका सामान्य कमजोरी दर्शकका लागि गौण लाग्ने रहेछन्।

०००

हलबाट ‘हल्कारा’को खाम खोल्दा ‘रिल लाइफ’ हुँदै ‘रियल लाइफ’को विचरण गरेर म फर्किएँ। त्यसपछि एउटा पत्र कोर्न बसेँ। यो पत्र मेरा पाठकहरूको लागि हो। जसलाई हलसम्म पुगेर फिल्म हेर्न आग्रहसहितको सन्देश दिन चाहन्छु।

नेपाल फर्किनेहरूको आशा पर्खिर्नेहरूले अझै गरिरहेका छन्। तैपनि कवि मिन बहादुर विष्टको कविताको भाषाजस्तै ‘सालिकझैँ उभिएका रोगी पहाड’हरूलाई लात हान्दै नदीहरू भाग्न छाडेका छैनन्। तर, गएकाहरू फर्कन पनि खोजिरहेछन्।

उनीहरूलाई देशले स्वागत गर्ने वातावरण पनि हुनुपर्छ। 

फिल्मका निर्देशक विक्रम सापकोटा लामो समय अमेरिका बसे। फिल्म बनाउन सिके। त्यो ज्ञानलाई आफ्नै देशको पूँजी बनाउन नेपाल आए।

तर न हलवालाहरूले त्यो पूँजीलाई जगेर्ना गर्न खोजे न फिल्म क्षेत्रका हस्तीहरूले। यदि ‘हल्कारा’ आम मान्छेसम्म पुग्न सकेन भने विक्रमहरू निराश हुनेछन्। अनि ‘साला नेपाली फिल्ममे क्या है’ भन्दै उतै पलायन हुनेछन्। 

यदि यस्तै हो भने नेपाली फिल्म क्षेत्रले आशाका पत्र बाँड्ने ‘हल्कारा’हरू गुमाइहनुपर्ने त हैन?

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला सोमबार, पुस २८, २०८२
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्