• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
फिल्म समीक्षा

दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म

64x64
समर्पण श्री आइतबार, कात्तिक २६, २०८०  १५:५३
1140x725

पुराना दलको कार्यशैली र नेताहरूको प्रवृत्तिबाट जनताहरू कति निराश छन्, यसको झलक गएको स्थानीय तहको निर्वाचनबाट देख्न सकिन्छ।

स्वतन्त्र उम्मेदवारका रुपमा उठेर विजयी भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यसका उदाहरण हुन्। 

प्रतिनिधिसभाको चुनावमा रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको अनपेक्षित मतले पुराना दलप्रति आम जनताको वितृष्णालाई झन् पुष्टि गर्यो। 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’बारे चर्चा गर्दा यो दृष्टान्तलाई सम्झनै पर्छ। 

पछिल्लो समय राजनीतिलाई मुख्य विषय बनाएर नेपाली फिल्महरू क्रमश: बने। हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा–४’, दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ वा कृषा चौलागाईं निर्देशित ‘ऐंचो पैंचो’। यही लहरमा अर्को फिल्म पनि थपियो, निश्चत बस्नेत निर्देशित ‘दिमाग खराब’।

मुद्दाकेन्द्रित फिल्म बनाउँदा नेपाली फिल्ममेकहरू त्यसका सृजन पक्षमा चुकेका उदाहरण थुप्रै छन्। त्यसो हुँदा फिल्म नाराजस्तf र सन्देशमूलकमात्र भइदिने जोखिम निर्देशकहरूले व्यहोरिरहेका छन्। यही समस्याको पुनरावृत्ति हुनबाट ‘दिमाग खराब’ पनि जोगिएको छैन। फिल्मले अभियान नगरपालिकाभित्रका जनताको मनोदशा र त्यसले निम्त्याएको चुनावी परिणामको कथा भन्छ। 

कथा भन्दै गर्दा निश्चल बस्नेत निर्देशक भन्दा बढी अभियन्ता हाबी भए कि भन्ने लाग्छ।

दर्शकको पहिलो सर्तबाट फिल्मलाई हेरौँ। फिल्म हेर्न हलसम्म धाउने दर्शकको पहिलो सर्त, फिल्मले सुरुदेखि अन्त्यसम्म बाँध्नुपर्छ। दर्शकको ‘इन्गेजमेन्ट’लाई अन्तिमसम्म बचाएर राख्नु चुनौतीको कुरा हो। यसअर्थमा ‘दिमाग खराब’ सफल छ। जुन कुरालाई स्थापित गर्न खोजिएको हो, त्यसमा निर्देशक सुरुदेखि अन्त्यसम्म नै प्रस्ट छन्। फिल्ममा बेलाबेलामा आउने ट्विस्ट अनि क्लाइमेस्कले ‘सरप्राइज्ड’ दिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीका लागि हिँडेको गाउँको सोझो युवा इन्द्र शर्मा विमानस्थलबाटै फर्कनुपर्छ। ऊ मेनपावरबाट ठगिएको हुन्छ। ऊ र उसको परिवार कुन मनोदशाबाट गुज्रिएको छ, त्यो मार्मिक तरिकाले उन्दै लगिएको छ।

फिल्मको एउटा दृश्यले इन्द्रको परिवारको अवस्थालाई बिम्बात्मक रुपमा चित्रण गरेको छ। वर्षाको बेला इन्द्रको घरभित्र पानी चुहिने समस्या छ। झम्झम् वर्षा भइरहेको बेला इन्द्र र सूचीको छोरी आँगनमा जमिरहेको पानीमा कागजको डुंगा खेल्छिन्। त्यो डुंगा न पारी तर्न सक्छ, न त्यहीँ सकुशल रहन। जीवनसँग जोड्दा इन्द्र न विदेश जान सक्यो, न गाउँमै आफ्नो समस्या समाधान गर्न।

यसको मूल जड नगरवासीमाथि राज गर्ने मेयर नै हुन्छ। आम मान्छेले राजनीतिक दलले पालेका गुन्डा र नेताहरूको भ्रष्टाचारका कारण जे जे दु:ख पाए, त्यो इन्द्र शर्मा र भोला थिङको परिवारमा प्रस्टै देखिन्छ। फिल्ममा निराशाले जनताहरू कसरी विद्रोही बन्छन् भन्ने कुरा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। निराशा बोकेर बाँचिरहेको नेपाली समाजको फ्रस्टेसन बोल्ने फिल्म हो ‘दिमाग खराब’। र त्यो निराशाबाट जोगाउन फिल्मले नयाँ विकल्पका रुपमा स्वतन्त्र उम्मेदवारलाई अगाडि उभ्याएको छ।

फिल्ममा एउटा गरिब किसान राजनीतिमा आउने घोषणा गर्दासम्म मेकर इमान्दार छन्। त्यसपछि उनले बठ्याइँ गर्छन्। सजिलो बाटो तय गर्छन्। स्वतन्त्र उम्मेदवारले नै जनतालाई पार लगाउँछन् भन्ने गलत भाष्य स्थापित गरिदिन खोज्छन्। सर्वहारा वर्ग सत्तामा पुग्न उसले गरेको संघर्ष बलियो ढंगबाट प्रस्तुत गरिएकै छैन। मेयरलाई थप्पड हान्नु, भ्रष्टाचारको फाइल खोल्छु(अमूर्त कुरा) भनेर प्रतिवद्धता जनाउनु जनताहरू ऊतर्फ आकर्षित हुने बलियो आधार हुन्। ऊ सामाजिक सञ्जालमा भारइल हुन्छ। जनमत सजिलै ऊतर्फ देखिएपछि विपक्षीले दिएको पीडा बाहेक पात्रको खास संघर्ष देखिन्न।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वतन्त्र उम्मेदवार हुँदै गर्दा उसले वैचारिक रुपमा गरेको संघर्ष पनि देखिन्न। कहिलेकाहीँ भइरहेको घटनालाई तत्कालै मूल्याकंन गर्न सकिन्न। त्यसको गुण र दोष पत्ता लगाउन अझै समय पर्खनपर्छ। यस हिसाबले हेर्न हो भने फिल्ममा त मध्यान्तर मात्र भएको छ। स्वतन्त्रहरू कति सक्षम भए त भनेर मूल्यांकन गर्न अर्को समय पर्खनुपर्छ। 

अर्कोचाहिँ सांगठनिक स्वरुपलाई निर्देशकले बेवास्ता गरेका छन्। हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उठ्थ्यो। उनी अहिले जे माहोल बनिरहेको छ, त्यसैमा रुमल्लिरहेका छन्। पटकथाकार र मेकर यसअर्थमा दुरदर्शी देखिन्नन्। यदि एउटा सिनेमाले समाजलाई लिड गर्छ भने, ‘दिमाग खराब’ले गलत गाइड गर्न पनि सक्छ। 

कथामा मूलधारका मिडियाको बलियो उपस्थिति छैन। बरु युट्युब र अभियन्ताहरूको उपस्थितिलाई बलियो मानिएको छ।

फिल्मलाई पात्रका अभिनयले भने सुन्दर बनाएका छन्। इन्द्र शर्माको भूमिकामा खगेन्द्रले फेरि आफूलाई प्रमाणित गरेका छन्। इन्द्रको स्वभावमा परिस्थितिले निम्त्याउने परिवर्तनलाई उनले कायम राखेका छन्। विमानस्थलमा भेटिँदाको इन्द्र शर्माप्रति दर्शकको सहानुभुति थियो। तर चुनाव लड्ने अभियानमा हिँडेको इन्द्रसँग दर्शकको आशा छ।

इन्द्रका साथी भोला थिङको भूमिकामा दयाहाङ राईले प्रशंसनीय काम गरेका छन्। स्वस्तिमा खड्काले फेरि अभिनयको फरक स्वाद दर्शकलाई दिएकी छन्। इन्द्र शर्माको पत्नीको भूमिकामा छिन् उनी। उनको तयारी र मेहेनत डाइगल डेलिबरी, हाउभाउमा मीठै झल्कन्छ। 

उमेरमा ३०/३५ वर्षको वरिपरी देखिने यी गाउँले दम्पतीले एकापसमा व्यक्त गर्ने प्रेम स्वभाविक र सुन्दर देखिन्छ। 

बिरामी आमाको भूमिकालाई रमा थपलीया सशक्त ढंगले निर्वाह गरेकी छन्। कम डाइलग तर मर्मस्पर्शी सुनिन्छिन् उनी। अर्पण थापा मेयरको भूमिकामा ‘पर्फेक्ट’ देखिन्छन्। 

यसपालि विजय बरालले दर्शकहरूलाई आश्चर्यमा पारेका छन्। प्राय: फिल्ममा उनको भूमिका स्टेरियोटाइप भएको अनुभूत भइरहँदा यसपटक उनी फरक भूमिकामा छन्। उनी ‘एन्टागोनिस्ट’ भूमिकामा छन्। उनको पात्रको हर्कतले दर्शकमा डर, घृणा, दु:ख, क्रोध उत्पन्न भइरहन्छ। उनले यो भूमिकामा सुहाउँदिलो अभिनय गरेका छन्। 

निर्मलको भूमिकामा देखिएका निश्चलको इन्ट्रीले दर्शकमा नयाँ उत्साह थपिदिन्छ। उनी विशेष र अफ्ठ्यारो परिस्थितिमा देखापर्छन्। तर उनको पात्र उति बलियो छैन। जबर्जस्ती तन्क्याएर बलियो बनाउन खोजिएझै लाग्छ।

युट्युवरको भूमिकामा देखिएका सुमन कार्कीले सम्भवत: डेब्यू फिल्मबाटै आफ्नो सम्भावनालाई बलियो बनाएका छन्। 

फिल्ममा सिनेमाटोग्राफी, पार्श्वध्वनिले पात्रको मुड, अवस्था र सम्भावित घटनालाई कलात्मक तरिकाले व्यक्त गरेका छन्।

फिल्मको सेटिङ गाउँको छ। तर अर्गानिक र ग्रामीण सौन्दर्यलाई पनि दृश्य वा संवादमा जोड्न सकिएको भए फिल्ममा दर्शकले खोज्ने नयाँपन भेट्थे कि! यद्यपि, हलसम्म दर्शक डोहोर्‍याउने सामर्थ्य राख्नु फिल्मको बलियो पाटो हो नै।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्