• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पर्दापछाडि ‘राधा’ को कथा

64x64
युवराज भट्टराई शनिबार, भदौ ४, २०७९  १०:४२
1140x725

काठमाडौं– ‘अहिले प्रचारमा जुन तरिकाले दौडिरहेका छौं, ‘राधा’ को प्रि पोडक्सनको काममा पनि हामीले यो प्रोजेक्ट बनाउनका लागि स्रोत साधनका लागि यसरी नै दौडिएका थियौं। त्यतिबेला एउटा तयारी गर्ने सोचले दौडिएका थियौं। तर, अहिले फिल्म बनिसकेको छ।

अहिलेको दौडमा हामी दर्शकसम्म कसरी पुग्ने भन्ने सोचसहित दौडिरहेका छौं। यो दौड रोमाञ्चक र कौतुहल भइरहेको छ,’ निर्देशक सुवर्ण थापा आगामी फिल्म ‘राधा’ को प्रचारका लागि गरिरहेको दौडधुपको बारेमा सुनाउँछन्।

फिल्मको ट्रेलर तथा अन्य प्रचारात्मक सामग्रीहरुको सार्वजनिकीसँगै ‘राधा’ दर्शक र फिल्मसँग सरोकार राख्नेहरुको माझ चर्चामा छ। नेपाली सिनेमा क्षेत्रमा अपवादका रुपमा देखिने महिला पात्रको काँधमा सम्पूर्ण कथाको जिम्मेवारी दिइएको फिल्मलाई धेरैले फरक रुपमा लिएका छन्। ‘राधा’ मा अभिनेत्री सृष्टि श्रेष्ठले त्यो जिम्मेवारी बहन गरेकी छिन्। 
थापा आफ्नो काम हेरेर दर्शकले केही शब्द अवश्य बोल्छन् भन्ने सोच लिएर हिँडेका छन् अहिले। आफूले र आफ्नो टिमले गरेको काममा सन्तुष्ट छन् थापा आफू। अब त्यो सन्तुष्टि दर्शकसँग बाँड्ने समयको पखाईमा छन्। भन्छन्, ‘यो फिल्मबाट हामीलाई एक प्रकारले हाम्रो कामको नापतौल होस् भन्ने ठूलो आशा र सपना लिएर हिँडेको छु।’

उत्कृष्ट प्रतिक्रिया

थापाले लामो समयपछि पुनः निर्देशन गरेको चलचित्र हो, ‘राधा’। निर्देशकका रुपमा उनले आफ्नो करिअरको सुरूवातमा बनाएको ‘मलामी’, ‘छोरा’जस्ता सर्ट फिल्म र फिचर फिल्म ‘सुनगाभा’बाट उनले उत्कृष्ट प्रतिक्रिया पाएका थिए। उनको सर्ट फिल्म ‘मलामी’ अहिले पनि चर्चामा हुने गर्छ। हुन त केही साताअघि थापाकै निर्देशनमा बनेको ‘म’ फिल्म पनि आएको थियो। तर, उक्त फिल्मलाई थापा ‘एकेडेमिक’ प्रयोजनका लागि बनाइएको सिनेमाका रुपमा परिभाषित गर्छन्।

उक्त फिल्मलाई कान्तिपुर फिल्म एकेडेमीले आफ्नो विद्यार्थीहरुलाई साथमा लिएर बनाएको थियो।
‘मैले मेरो पछिल्लो फिल्म ‘बाटो मुनिको फूल’पछि निर्देशन गरेको फिल्म हो ‘राधा’, थापा भन्छन्, ‘राधाको क्यानभास निकै फरक छ। यसको काम गर्ने प्रकिया फरक थियो। सौगात मल्ल निर्माताका रुपमा पहिलोपटक जोडिएको फिल्म हो यो। फिल्म सफल हुनेमा म आशावादी छु।’

‘राधा’को विषययवस्तु एक व्यक्तिसँग सम्बन्धित भएपनि त्यसले सम्पूर्णलाई आफूसँग जोड्ने विशेषता राख्ने थापाको जिकिर छ। एकल आमाको भूमिकामा सृष्टिले काम गरेको फिल्ममा उनीसँगै थुप्रै स्थापित कलाकारको अभिनय रहेको छ। भदौ १० गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दिव्यदेव पन्त लगायतका कलाकारहरु छन्।

फिल्मका अभिनेता दिव्यदेव पन्त आफूले राधामा काम गरिरहँदा गरेको अनुभव छोटो, तर मिठो भएको बताउँछन्। फिल्ममा उनको भूमिका धेरै समयको छैन्। तर, फिल्मको कथामा उनले महत्वपूर्ण प्रभाव छाड्ने कलाकारको रुपमा काम गरेका छन्। एक कन्सल्टेन्सीको मालिकको भूमिकामा फिल्ममा काम गरेका पन्त भन्छन्, ‘हामीले दुई लकडाउनको बीचमा फिल्ममा काम गरेका हौं। हामीले सहयोगी पात्रको भूमिकामा काम गरेका छौं। फिल्ममा काम गर्दाको अनुभव मेरो लागि निकै फरक, छोटो तर मीठो अनुभव रह्यो।’

Ncell 2
Ncell 2

पन्त र थापाले एकअर्कालाई चिनेको धेरै समय भइसक्यो। थापासँग काम गरिरहँदा पन्तले थुप्रै फरक कुराहरु अनुभव गरेको सुनाउँछन्। फिल्मको छायांकनको क्रममा पात्रलाई ‘ब्लिकिङ’ गर्नुपर्ने कुरामा केही न केही कमी भएको उनले अन्य फिल्महरुमा देखेका थिए। तर, थापासँग भने त्यो पक्षमा पनि उनको अब्बलता भएको महसुस गरे। उनी भन्छन्, ‘दाईले त्यो पाटोमा गरेको काम निकै उत्कृष्ट थियोे।’

थापाले राधामा भन्न खोजेको कथा नयाँ नभएको बताउँछन् उनी। उनको अनुभवमा फिल्मको यो कथा अहिलेसम्म नभनिएको कथा होइन्। थापा यो कथामा आफ्नो अनुभव र अनुभूतिको मिश्रण भएको बताउँछन्। 

‘यसमा एउटा कालखण्ड मेरो बाल्यकाल अवस्थाको हो,’ थापा भन्छन्, ‘त्यत्तिखेर आमा र बुबासँग म यात्रा गर्दाखेरि एउटा स्टपमा रोकिएर मेरो बुबा जानुभएको थियो कतै। त्यसपछि कति समयसम्म उहाँ कहाँ जानुभयो, मलाई थाहा थिएन्। तर, उहाँ फर्किएर आउँदा उहाँको दाह्री निकै बढेको थियो। त्यो अवस्था म आफूलाई याद नभएपनि मेरो मामाको छोरीले सुनाएको कथा हो। फिल्ममा जीवनको त्यो अंश देखाइएको छ।’ थापाले राधामा प्रस्तुत जीवनको अंशसँग सबैले साक्षातकार र सम्बन्धित मान्न सक्ने ठान्छन्।

थापा आफूले छानेका फिल्मका पात्रहरु प्रायः महिला नै छन्। सुनगाभामा दुई ‘महिला’बीचको प्रेमलाई देखाएका थिए। अहिले ‘राधा’मा पनि महिलाककै संघर्ष। थापा यसलाई आफ्नो सामाजिक हुकाईसँग सम्बन्धित ठान्छन्।

‘नेपाली समाजमा बच्चाहरु महिलासँगै हुर्किन्छौं,’ थापा भन्छन्, ‘छोरा मान्छेहरु काम गर्न जान्छन्। हामी आमाहरुसँग हुर्किन्छौ। उनीहरुको समस्या, उनीहरुको जीवन हामीले देख्छौं, हामी नजिक हुन्छौं। म आफैं पनि महिलावादी छु। म आफैं पनि नरम किसिमको छु। त्यसैले, मेरा पात्रहरु पनि क्रान्तिकारी नभएर भावनात्मक र संवेदनशील हुन्छन्। त्यहि भएर पनि मैले महिला पात्रलाई लिएर फिल्म बनाएको हुँ जस्तो लाग्छ।’

महिलाकेन्द्रित कथा

समाजमा पनि महिलाकै संघर्ष र कथा–व्यथा भएको थापा मान्छन्। त्यसैले पनि आफूले फिल्ममा महिलाकेन्द्रित कथालाई नै राखेको बताउँछन्। ‘राधा’मा पनि त्यसैको निरन्तरता छ।

थापाले फिल्ममा सृष्टि श्रेष्ठलाई मुख्य पात्रको रुपमा लिएका छन्। अभिनयको करिअरमा सृष्टिले फरक भूमिकामा काम गरेको फिल्म हो, राधा। यसअघि पनि उनले विभिन्न सिनेमामा काम गरेको भएपनि त्यसमा गरेको भूमिका र निभाएको पात्रभन्दा राधामा उनले निभाएको चरित्र फरक छ। प्रायः दर्शक र प्रसशंक माभ्mमा ‘मिस नेपाल’का रुपमा परिचित सृष्टिसँग थापाले काम गर्दाको अनुभव पनि रोमाञ्चक भएको मान्छन्।

‘मेरो लागि उनीसँग काम गर्न पाउनु अवसर पनि हो,’ थापा भन्छन्, ‘मैले उहाँलाई राधाको रुपमा देखेँ। उहाँको सरलता देखेँ। किनभने मेरी राधा बाठी, चतुरी होइन्। एकदम साधारण हो। मैले देखेको राधा सृष्टिमा पाएपछि नै उहाँसँग काम गर्ने अवसर जुट्यो।’

राधामा आफूले सृष्टिलाई दिएको पात्र र फिल्ममा उनले निभाएको चरित्रका कारण सृष्टिलाई लामो समयसम्म ‘राधा’कै रुपमा चिनिनेमा थापा विश्वस्त छन्। 

अभिनेता दिव्यदेव पन्त पनि थापाकै कुरामा सहमति जनाउँदै भन्छन्, ‘सृष्टिको अभिनयमा भएको हुर्काईदेखि राधा पात्रलाई लिएर देखिएको बुझाई धेरै कम मान्छेमा हुन्छ। सृष्टिले ‘राधा’मै काम गरिरहँदा पनि उसले निकै सुन्दर काम गर्नुभएको छ। फिल्ममा उनको आत्माले नै काम गरेको लाग्छ।’

पन्त फिल्म सृष्टिले गरेको कामले यो फिल्म उनको करिअरकै ‘माइलस्टोन’ हुनेमा विश्वस्त भएको बताउँछन्। 
‘राधा’का निर्देशक थापाले ‘सुनगाभा’पछि बनाएका दुई फिल्ममा उनको निर्देशकीय शैली र पक्ष प्रस्तुत नभएको कुरा आएको थियो। राधाको टिजर र ट्रेलर सार्वजनिक भएसँगै थापा आफ्नो पुरानै शैलीमा फर्किएको टिप्पणी पनि भइरहेका छन्। थापा भने आफूले काम गरेका सबै सिनेमा बराबर भएको मान्छन्। 

तर, उनको चलचित्र यात्रामा उनले काम गरेका दुई छोटा फिल्म ‘छोरा’ र ‘मलामी’ तथा फिचर फिल्म ‘सुनगाभा’लाई दर्शकले थापाको ‘सिग्नेचर स्टायल’ भएको फिल्म मान्छन्। थापा त्यसपछिका ‘फन्को’ र ‘बाटोमुनिको फूल’ नेपाली बजारमा आफूलाई व्यावसायिक सिनेमा बनाउन प्रयोग गरेको कामको रुपमा मान्छन्।

‘मैले आफ्नो कलात्मक पक्ष ती फिल्ममा लगाएको थिएँ, तर त्यसले यी दुई फिल्ममा काम गरेन होला,’ थापा भन्छन्। 
तर, अहिले राधा आइरहँदा थापा स्पष्ट छन्। उनी आफूले हिँड्नुपर्ने बाटो र बनाउनुपर्ने फिल्महरु ‘राधा’हरु नै भएको मान्छन् थापा। उनी भन्छन्, ‘म अहिले आफू जाने बाटोमा स्पष्ट भएको छ। सायद, हुनसक्छ यो मेरो कमब्याक हो।’

हेर्नुहोस् भिडियो


 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग मंगलबार, माघ १३, २०८२
ओखलढुंगामा राई दम्पतीको हत्या मंगलबार, माघ १३, २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्