• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पर्दापछाडि ‘राधा’ को कथा

64x64
युवराज भट्टराई शनिबार, भदौ ४, २०७९  १०:४२
1140x725

काठमाडौं– ‘अहिले प्रचारमा जुन तरिकाले दौडिरहेका छौं, ‘राधा’ को प्रि पोडक्सनको काममा पनि हामीले यो प्रोजेक्ट बनाउनका लागि स्रोत साधनका लागि यसरी नै दौडिएका थियौं। त्यतिबेला एउटा तयारी गर्ने सोचले दौडिएका थियौं। तर, अहिले फिल्म बनिसकेको छ।

अहिलेको दौडमा हामी दर्शकसम्म कसरी पुग्ने भन्ने सोचसहित दौडिरहेका छौं। यो दौड रोमाञ्चक र कौतुहल भइरहेको छ,’ निर्देशक सुवर्ण थापा आगामी फिल्म ‘राधा’ को प्रचारका लागि गरिरहेको दौडधुपको बारेमा सुनाउँछन्।

फिल्मको ट्रेलर तथा अन्य प्रचारात्मक सामग्रीहरुको सार्वजनिकीसँगै ‘राधा’ दर्शक र फिल्मसँग सरोकार राख्नेहरुको माझ चर्चामा छ। नेपाली सिनेमा क्षेत्रमा अपवादका रुपमा देखिने महिला पात्रको काँधमा सम्पूर्ण कथाको जिम्मेवारी दिइएको फिल्मलाई धेरैले फरक रुपमा लिएका छन्। ‘राधा’ मा अभिनेत्री सृष्टि श्रेष्ठले त्यो जिम्मेवारी बहन गरेकी छिन्। 
थापा आफ्नो काम हेरेर दर्शकले केही शब्द अवश्य बोल्छन् भन्ने सोच लिएर हिँडेका छन् अहिले। आफूले र आफ्नो टिमले गरेको काममा सन्तुष्ट छन् थापा आफू। अब त्यो सन्तुष्टि दर्शकसँग बाँड्ने समयको पखाईमा छन्। भन्छन्, ‘यो फिल्मबाट हामीलाई एक प्रकारले हाम्रो कामको नापतौल होस् भन्ने ठूलो आशा र सपना लिएर हिँडेको छु।’

उत्कृष्ट प्रतिक्रिया

थापाले लामो समयपछि पुनः निर्देशन गरेको चलचित्र हो, ‘राधा’। निर्देशकका रुपमा उनले आफ्नो करिअरको सुरूवातमा बनाएको ‘मलामी’, ‘छोरा’जस्ता सर्ट फिल्म र फिचर फिल्म ‘सुनगाभा’बाट उनले उत्कृष्ट प्रतिक्रिया पाएका थिए। उनको सर्ट फिल्म ‘मलामी’ अहिले पनि चर्चामा हुने गर्छ। हुन त केही साताअघि थापाकै निर्देशनमा बनेको ‘म’ फिल्म पनि आएको थियो। तर, उक्त फिल्मलाई थापा ‘एकेडेमिक’ प्रयोजनका लागि बनाइएको सिनेमाका रुपमा परिभाषित गर्छन्।

उक्त फिल्मलाई कान्तिपुर फिल्म एकेडेमीले आफ्नो विद्यार्थीहरुलाई साथमा लिएर बनाएको थियो।
‘मैले मेरो पछिल्लो फिल्म ‘बाटो मुनिको फूल’पछि निर्देशन गरेको फिल्म हो ‘राधा’, थापा भन्छन्, ‘राधाको क्यानभास निकै फरक छ। यसको काम गर्ने प्रकिया फरक थियो। सौगात मल्ल निर्माताका रुपमा पहिलोपटक जोडिएको फिल्म हो यो। फिल्म सफल हुनेमा म आशावादी छु।’

‘राधा’को विषययवस्तु एक व्यक्तिसँग सम्बन्धित भएपनि त्यसले सम्पूर्णलाई आफूसँग जोड्ने विशेषता राख्ने थापाको जिकिर छ। एकल आमाको भूमिकामा सृष्टिले काम गरेको फिल्ममा उनीसँगै थुप्रै स्थापित कलाकारको अभिनय रहेको छ। भदौ १० गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दिव्यदेव पन्त लगायतका कलाकारहरु छन्।

फिल्मका अभिनेता दिव्यदेव पन्त आफूले राधामा काम गरिरहँदा गरेको अनुभव छोटो, तर मिठो भएको बताउँछन्। फिल्ममा उनको भूमिका धेरै समयको छैन्। तर, फिल्मको कथामा उनले महत्वपूर्ण प्रभाव छाड्ने कलाकारको रुपमा काम गरेका छन्। एक कन्सल्टेन्सीको मालिकको भूमिकामा फिल्ममा काम गरेका पन्त भन्छन्, ‘हामीले दुई लकडाउनको बीचमा फिल्ममा काम गरेका हौं। हामीले सहयोगी पात्रको भूमिकामा काम गरेका छौं। फिल्ममा काम गर्दाको अनुभव मेरो लागि निकै फरक, छोटो तर मीठो अनुभव रह्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

पन्त र थापाले एकअर्कालाई चिनेको धेरै समय भइसक्यो। थापासँग काम गरिरहँदा पन्तले थुप्रै फरक कुराहरु अनुभव गरेको सुनाउँछन्। फिल्मको छायांकनको क्रममा पात्रलाई ‘ब्लिकिङ’ गर्नुपर्ने कुरामा केही न केही कमी भएको उनले अन्य फिल्महरुमा देखेका थिए। तर, थापासँग भने त्यो पक्षमा पनि उनको अब्बलता भएको महसुस गरे। उनी भन्छन्, ‘दाईले त्यो पाटोमा गरेको काम निकै उत्कृष्ट थियोे।’

थापाले राधामा भन्न खोजेको कथा नयाँ नभएको बताउँछन् उनी। उनको अनुभवमा फिल्मको यो कथा अहिलेसम्म नभनिएको कथा होइन्। थापा यो कथामा आफ्नो अनुभव र अनुभूतिको मिश्रण भएको बताउँछन्। 

‘यसमा एउटा कालखण्ड मेरो बाल्यकाल अवस्थाको हो,’ थापा भन्छन्, ‘त्यत्तिखेर आमा र बुबासँग म यात्रा गर्दाखेरि एउटा स्टपमा रोकिएर मेरो बुबा जानुभएको थियो कतै। त्यसपछि कति समयसम्म उहाँ कहाँ जानुभयो, मलाई थाहा थिएन्। तर, उहाँ फर्किएर आउँदा उहाँको दाह्री निकै बढेको थियो। त्यो अवस्था म आफूलाई याद नभएपनि मेरो मामाको छोरीले सुनाएको कथा हो। फिल्ममा जीवनको त्यो अंश देखाइएको छ।’ थापाले राधामा प्रस्तुत जीवनको अंशसँग सबैले साक्षातकार र सम्बन्धित मान्न सक्ने ठान्छन्।

थापा आफूले छानेका फिल्मका पात्रहरु प्रायः महिला नै छन्। सुनगाभामा दुई ‘महिला’बीचको प्रेमलाई देखाएका थिए। अहिले ‘राधा’मा पनि महिलाककै संघर्ष। थापा यसलाई आफ्नो सामाजिक हुकाईसँग सम्बन्धित ठान्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘नेपाली समाजमा बच्चाहरु महिलासँगै हुर्किन्छौं,’ थापा भन्छन्, ‘छोरा मान्छेहरु काम गर्न जान्छन्। हामी आमाहरुसँग हुर्किन्छौ। उनीहरुको समस्या, उनीहरुको जीवन हामीले देख्छौं, हामी नजिक हुन्छौं। म आफैं पनि महिलावादी छु। म आफैं पनि नरम किसिमको छु। त्यसैले, मेरा पात्रहरु पनि क्रान्तिकारी नभएर भावनात्मक र संवेदनशील हुन्छन्। त्यहि भएर पनि मैले महिला पात्रलाई लिएर फिल्म बनाएको हुँ जस्तो लाग्छ।’

महिलाकेन्द्रित कथा

समाजमा पनि महिलाकै संघर्ष र कथा–व्यथा भएको थापा मान्छन्। त्यसैले पनि आफूले फिल्ममा महिलाकेन्द्रित कथालाई नै राखेको बताउँछन्। ‘राधा’मा पनि त्यसैको निरन्तरता छ।

थापाले फिल्ममा सृष्टि श्रेष्ठलाई मुख्य पात्रको रुपमा लिएका छन्। अभिनयको करिअरमा सृष्टिले फरक भूमिकामा काम गरेको फिल्म हो, राधा। यसअघि पनि उनले विभिन्न सिनेमामा काम गरेको भएपनि त्यसमा गरेको भूमिका र निभाएको पात्रभन्दा राधामा उनले निभाएको चरित्र फरक छ। प्रायः दर्शक र प्रसशंक माभ्mमा ‘मिस नेपाल’का रुपमा परिचित सृष्टिसँग थापाले काम गर्दाको अनुभव पनि रोमाञ्चक भएको मान्छन्।

‘मेरो लागि उनीसँग काम गर्न पाउनु अवसर पनि हो,’ थापा भन्छन्, ‘मैले उहाँलाई राधाको रुपमा देखेँ। उहाँको सरलता देखेँ। किनभने मेरी राधा बाठी, चतुरी होइन्। एकदम साधारण हो। मैले देखेको राधा सृष्टिमा पाएपछि नै उहाँसँग काम गर्ने अवसर जुट्यो।’

राधामा आफूले सृष्टिलाई दिएको पात्र र फिल्ममा उनले निभाएको चरित्रका कारण सृष्टिलाई लामो समयसम्म ‘राधा’कै रुपमा चिनिनेमा थापा विश्वस्त छन्। 

अभिनेता दिव्यदेव पन्त पनि थापाकै कुरामा सहमति जनाउँदै भन्छन्, ‘सृष्टिको अभिनयमा भएको हुर्काईदेखि राधा पात्रलाई लिएर देखिएको बुझाई धेरै कम मान्छेमा हुन्छ। सृष्टिले ‘राधा’मै काम गरिरहँदा पनि उसले निकै सुन्दर काम गर्नुभएको छ। फिल्ममा उनको आत्माले नै काम गरेको लाग्छ।’

पन्त फिल्म सृष्टिले गरेको कामले यो फिल्म उनको करिअरकै ‘माइलस्टोन’ हुनेमा विश्वस्त भएको बताउँछन्। 
‘राधा’का निर्देशक थापाले ‘सुनगाभा’पछि बनाएका दुई फिल्ममा उनको निर्देशकीय शैली र पक्ष प्रस्तुत नभएको कुरा आएको थियो। राधाको टिजर र ट्रेलर सार्वजनिक भएसँगै थापा आफ्नो पुरानै शैलीमा फर्किएको टिप्पणी पनि भइरहेका छन्। थापा भने आफूले काम गरेका सबै सिनेमा बराबर भएको मान्छन्। 

तर, उनको चलचित्र यात्रामा उनले काम गरेका दुई छोटा फिल्म ‘छोरा’ र ‘मलामी’ तथा फिचर फिल्म ‘सुनगाभा’लाई दर्शकले थापाको ‘सिग्नेचर स्टायल’ भएको फिल्म मान्छन्। थापा त्यसपछिका ‘फन्को’ र ‘बाटोमुनिको फूल’ नेपाली बजारमा आफूलाई व्यावसायिक सिनेमा बनाउन प्रयोग गरेको कामको रुपमा मान्छन्।

‘मैले आफ्नो कलात्मक पक्ष ती फिल्ममा लगाएको थिएँ, तर त्यसले यी दुई फिल्ममा काम गरेन होला,’ थापा भन्छन्। 
तर, अहिले राधा आइरहँदा थापा स्पष्ट छन्। उनी आफूले हिँड्नुपर्ने बाटो र बनाउनुपर्ने फिल्महरु ‘राधा’हरु नै भएको मान्छन् थापा। उनी भन्छन्, ‘म अहिले आफू जाने बाटोमा स्पष्ट भएको छ। सायद, हुनसक्छ यो मेरो कमब्याक हो।’

हेर्नुहोस् भिडियो


 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्