• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २५, २०८३ Wed, Nov 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २५, २०८३  १४:१०
1140x725

ताप्लेजुङ - ‘माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो’ (भगवान्को सोच लियौँ भने भगवान् हुइन्छ । राम्रो सोचले राम्रो मान्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छ ।) विचार र दर्शन दिने दार्शनिक, किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्मिएको १४१ वर्ष पूरा भई कात्तिक २५ गतेबाट १४२ वर्षमा प्रवेश गरेका छन्।

यसै सन्दर्भमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, तेह्रथुम जिल्लालगायत लिम्बू समुदायको बसोबास रहेका विभिन्न स्थानमा आज कार्यक्रम गरेर १४२औँ फाल्गुनन्द जयन्ती मनाइँदै छ। लिम्बू समुदायको बहुलता रहेका बेलायत, हङकङलगायत देशहरूमा समेत विभिन्न कार्यक्रमका साथ फाल्गुनन्द जयन्ती मनाइँदै छ।

बुधबार बिहान (आज) फाल्गुनन्दको सालिकमा १४२ वटा दियो र कलशसहित पूजापाठ गरिएको छ। सालिकमा फाल्गुनन्दको योगदानलाई सम्मान व्यक्त गर्दै फूलका गुच्छा चढाइएको छ। विभिन्न बजार क्षेत्रमा शान्ति सद्भाव ¥यालीसमेत निकालिएको छ। शुभकामना आदानप्रदान कार्यक्रमहरू पनि तय गरिएको छ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किराँत धर्मदर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनरुत्थान गर्न तथा कुरीति र कुसंस्कारमा रमाइरहेको किराँत समुदायलाई मार्गदर्शन गर्न फाल्गुनन्द लिङ्देनको किराँत समुदायमा जन्म भएको थियो। सत्आहार, सतविहार र सत्कर्म गर्नुपर्छ भनी उपदेश दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ। उहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारका रूपमा सबैका पूज्य हुनुभएको छ। किराँत धर्मावलम्बीहरूले उहाँलाई मुहिङगुम अङसीमाङका रूपमा आस्था र श्रद्धा पोख्ने गर्दछन्।

समाज सुधारक फाल्गुनन्द

महागुरुले समाज सुधारका लागि १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी तथा बुद्धिजीवीहरूलाई भेला बोलाएर सत्यधर्म मुचुल्का निर्माण गर्नुभएको थियो। समाज सुधार अभियानमा आजीवन लाग्नुभएका महागुरुलाई राज्यले जीवनभरि राजद्रोही, देशद्रोही र पूर्व लिम्बूवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौँ दुःख तथा पीडा दिने काम मात्र गरेको थियो। तर, उहाँको देहावसान भएको ६१ वर्षपछि २०६६ मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिका रूपमा सम्मानित गरेको थियो।

फाल्गुनन्दको बाल्यकाल

फाल्गुनन्दको जीवनीअनुसार इलाम जिल्ला माङसेबुङ गाउँपालिका–२ चुक्चीनाम्बा गाउँमा १९४२ कात्तिक २५ गते आइतबार उहाँको जन्म भएको थियो। सामान्य किसान परिवारमा जन्मिएका महागुरु फाल्गुनन्दको बाल्यकालमै आमाको देहावसान भएपछि बुबाले दोस्रो विवाह गर्नुभयो। त्यसपछि सानीआमाको रेखदेखमा उहाँ हुर्कनुभयो। बाल्यकाल गाईबाख्राको गोठाला गर्दै वनजंगल, खोलानाला र डाँडा चहार्दै बित्यो। बाल्यकालमा उहाँ शान्त, एकान्तप्रेमी र कम बोल्ने स्वभावको हुनुहुन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्ष उहाँ काका–काकीसँग बस्नुभयो। पछि लेछेबुङ बारीमा सानो कटेरो बनाएर अलग्गै बस्न थाल्नुभयो। आर्थिक अवस्था कमजोर भएकाले भ्याकुर र तरुल खनी खाँदै जीविका चलाउन थाल्नुभयो। उहाँ आठ वर्षको हुँदा सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले इशारा दिएर बोलाएकाले महागुरु आकर्षित भएर जुरुक्क उठ्नुभयो र दिव्य पुरुषको पछिपछि लाग्नुभयो। दिव्य पुरुषले उहाँलाई माईखोलामा नुहाउन लगाएका थिए। त्यसपछि केही माथि खत्रक्पाको खोल्सीमा लगेर लाम्पातेको रूखको फेदमा उभ्याए। खुट्टानेर छेउको भुइँमा खोस्रेर सिमीको दाना रोपेजस्तो गरी त्यही बीउ उम्रेर लहरा बन्यो। लहराले महागुरुलाई चलमल गर्न नसक्ने गरी बाँध्यो। दिव्य पुरुषले माईखोलातिर औँल्याउँदै आमासँग माफी माग्न भनेपछि त्यहीँ अलप भए। त्यसपछि महागुरुको शरीर हल्का भएको र बेरिएको लहरा पनि लोप भएको थियो भनी उहाँको जीवनीमा उल्लेख गरिएको छ।

महागुरु फाल्गुनन्द आजीवन ब्रह्मचारी भएर बस्नुभयो। उहाँ महिलाको वेशभूषा र गरगहनामा सजिएर हिँड्नुहुन्थ्यो। कम बोल्ने र मसिनो स्वर भएका उहाँ शाकाहारी भोजन ग्रहण गर्ने, सधैँ हिँडिरहने र ज्ञानगुणका कुरा बाँडिरहने स्वभावको हुनुहुन्थ्यो। फाल्गुनन्दले आजीवन सादा जीवन व्यतीत गर्नुभएको थियो। उहाँले प्रयोग गर्नुभएको खराउको चप्पल, केश, चिम्टा, त्रिशूल र खुर्मीहरू महागुरुकालीन माङहिमहरूमा अहिले पनि सुरक्षित रहेका छन्।

महागुरु फाल्गुनन्दको न्वारानको नाम नरधोज राखिएको थियो। तर नानीहरू जन्मिँदै मरेकाले महागुरुको जन्म भएपछि जीवनरक्षाका लागि फलामको चुरा लगाइदिँदा दीर्घायु हुन्छन् भन्ने जनविश्वासका कारण उहाँलाई फलामको चुरा लगाइदिइयो। यसले गर्दा उहाँको बोलाउने नाम फलामसिं हुन गयो।

महागुरुले लिम्बूवानवासीलाई एकै ठाउँमा भेला गरेर तत्कालीन किराँत समाजमा रहेका विकृति र विसङ्गति हटाउने उद्देश्यले १० लिम्बूवान १७ थुमका किराँत समुदायलाई १९८८ वैशाख २४ गते भेला गराएर सातबुँदे सत्यधर्म मुचुल्का पारित गर्नुभयो। महागुरुलाई ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, फलामसिं र मुहिङगुम अङसीमाङ तथा राष्ट्रिय विभूतिजस्ता उपनामले समेत चिनिन्छ। महागुरु फाल्गुनन्दको महत्त्वपूर्ण र ऐतिहासिक कार्यका रूपमा रहेको सत्यधर्म मुचुल्का नै उहाँलाई समाज सुधारकका रूपमा परिचित गराई राष्ट्रिय विभूति बनाउने सूत्र बन्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फाल्गुनन्दले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित कुम्भकर्ण हिमशृंखलालाई किराँत धर्मावलम्बीको तीर्थभूमि, मुक्तिभूमि र तीर्थस्थलका रूपमा स्थापित गर्नुभएको थियो। सेन्चेइ फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा सर्वप्रथम १९९३ सालमा उहाँले तीर्थयात्रा गरेर ढोका खुला गरिदिनुभएको थियो। पहिलो फक्ताङलुङ यात्रामा महागुरु फक्ताङलुङको फेदीमा पुगेर ठूलो सेवा लगाई फर्किनुभएको उहाँको जीवनीमा उल्लेख छ। विसं १९९५ मा फक्ताङलुङ जाँदा पारुङतेम्बेमा धर्मशालासमेत निर्माण गर्नुभएको थियो। प्रत्येक वर्ष किराँतीहरू फक्ताङलुङमा तीर्थयात्रा गर्दै आएका छन्। फक्ताङलुङ हिमाल समुद्र सतहदेखि सात हजार ७१० मिटर उचाइमा रहेको छ।

महागुरु फाल्गुनन्दले विभिन्न थुम (विभिन्न जिल्ला) मा मामाङहिम (किराँत मन्दिर) निर्माण गर्नुभएको छ। विसं १९८५ मा पाँचथरको चोकमागु–३ लब्रेकुटीमा जिल्ला माङहिम स्थापना गर्नुभयो। किराँत साङसेन वरक चोत्लुङ माङहिम र १९८८ सालमा सत्रथुम गोश्वारी युमा माङहिम लब्रेकुटीमै निर्माण गर्नुभयो। १९८६ सालमा इलामको चुक्चीनाम्बा गैरीगाउँ इभाङमा किराँतेश्वर हाङसाम माङहिम (किराँत हाङसाम फाल्गुनन्द माङहिम) र १९९७ सालमा ताप्लेजुङमा किराँत हाङसाम माङहिम निगुरा दिन स्थापना गर्नुभएको थियो। त्यसैगरी किराँत नाम्भुनयक माङहिम सिलौटी पाँचथर, काबेली माङहिम साब्लाखु ताप्लेजुङ र किराँत हाङसाम नाम्गेनयक माङहिम जीतपुर इलाममा पनि माङहिम निर्माण गर्नुभएको थियो। १९९५ सालमा फक्ताङलुङ पारुङतेम्बेमा धर्मशाला र १९९५ सालमा पाँचथर रानीटारमा सिलौटी कुटी स्थापना गर्नुभयो। त्यसैगरी भुटानमा समेत माङहिम निर्माण गर्नुभएको थियो।

पाँचथरको यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौबीसका सुब्बा प्रेमबहादुर माबोहाङलगायत लिम्बूवानका सबै सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी र ठूलाठालुको उपस्थितिमा मुचुल्का खडा गरिएको थियो। सो भेलाले किराँत मुन्धुम, भाषा, लिपि, संस्कार र संस्कृतिसम्बन्धी सातबुँदे मुचुल्का तयार गरेको थियो। सो मुचुल्कालाई सत्यधर्म मुचुल्का नामकरण गरिएको थियो। सत्यधर्म मुचुल्काले समाजलाई समानता, अहिंसा, शान्ति र प्रकृतिपूजाको दिशामा मार्गनिर्देश गरेको छ।

सत्यधर्म मुचुल्काले छोरीचेलीको सोतरित नखानु, दाइजो नलिनु, माङसेवा गर्दा, पूजापाठ गर्दा, बिहेभोज गर्दा र सुध्याइँ गर्दा जीवको हत्या नगर्नु तथा बलिपूजा नगर्न जोड दिएको छ। मृतकलाई पिण्ड चढाउँदा मदमदिरा र मासुको प्रयोग नगर्नु, मृत्यु सुतक बार्नु, वृद्धि सुतकलाई समेत ध्यान दिनु तथा मदमदिरा र मासु सेवन नगर्नु भनेर शाकाहारी जीवनपद्धतिलाई विशेष जोड दिएको पाइन्छ।

छोरा र छोरीमा विभेदको अन्त्य गर्नु, लैङ्गिक, जातीय र वर्गीय विभेदको अन्त्य गर्नु, मातृभाषाको शिक्षामा जोड दिनु, ठाउँठाउँमा माङहिम र स्कुल निर्माण गर्नु, सादा जीवनशैली अपनाउनु, विचारले उच्च हुनु, उत्पादनशील बन्नु, स्वावलम्बी बन्नु तथा विश्वशान्ति र मानव एकता कायम राख्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण बुँदाहरूलाई मुचुल्काले सशक्त रूपमा उठान गरेको छ। लामो समय मुन्धुम मौखिक परम्परामा रहेकाले हराउँदै गएको र मुन्धुमलाई लिपिबद्ध गर्न पनि मुचुल्काले जोड दिएको छ।

महागुरु फाल्गुनन्दले गलत मार्गमा दौडिरहेको संस्कारलाई दिशाबोध गराएर किराँत धर्मदर्शनका रूपमा सत्मार्ग र सुसभ्य मार्गमा किराँतीहरूलाई डो¥याउनुभएको थियो। साथै साम्जीक मुन्धुमलाई संहिताकरण गरेर किराँत समुदायका निम्ति सुसंस्कृत समाज निर्माण गर्नुभएको थियो। लोपोन्मुख अवस्थामा रहेको किराँत लिपिलाई प्रचारप्रसार गरी ब्युँताउनुभएको थियो।

यसरी नै विश्वशान्ति र मानव एकताको शङ्खघोष गर्दै सत्य, शान्ति र अहिंसाको मार्ग देखाउनुभयो। समाजमा रहेको जातीय, वर्गीय र लैङ्गिक विभेदको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले सादा जीवनशैली अपनाई सधैँ उत्पादनमुखी र सीपमुखी हुनुपर्ने, परिवर्तन र विकासका लागि, पहिचान र सभ्यताका लागि मातृभाषा शिक्षालाई समेत प्राथमिकता दिई अघि बढ्नुपर्ने कुरामा महागुरुले सदा दिशाबोध गराउनुभएको थियो। किराँतीहरूको आफ्नो धर्म, भाषा, लिपि, साहित्य, संस्कार र संस्कृति लोप हुन लागेको अवस्थामा किराँत सभ्यताको ज्योति बनेर जन्म लिनुभएका महागुरु फाल्गुनन्दले कुरीति र कुसंस्कारको दलदलमा रुमालिएको किराँत समाजलाई सभ्य र सुसंस्कृत बनाउन जीवन नै समर्पण गर्नुभएको थियो। सत्य, शान्ति र अहिंसाका सूत्रधारका रूपमा सबैमाझ पूज्य हुनुभएका फाल्गुनन्दले देशविदेशका विभिन्न ठाउँमा पुगेर सभ्य समाज निर्माण गर्न जीवनपर्यन्त लागिपर्नुभयो।

फाल्गुनन्द प्रतिमा स्थापना

फाल्गुनन्दका विभिन्न भूभागमा प्रतिमा निर्माण भएका छन्। ताप्लेजुङ जिल्लामा विभिन्न स्थानमा आठवटा फाल्गुनन्दका प्रतिमा निर्माण गरिएका छन्।

व्यक्तिगत रूपमा विभिन्न ठाउँमा पहिलेदेखि नै स्थापना हुँदै आएको भए पनि संस्थागत रूपमा सबैभन्दा पहिले एकै दिन झापाको दमकमा र इलामको माङसेबुङस्थित भञ्ज्याङमा २०६१ कात्तिक २५ गते महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना भएको थियो। त्यसपछि उहाँकै कर्मभूमि पाँचथरको फिदिम नगरपालिकास्थित चोकमागु लब्रेकुटीमा महागुरुको प्रतिमा निर्माण गरिएको थियो। यसैगरी तेह्रथुमको आठराई संक्रान्ति बजार, झापाको दमक नगरपालिकास्थित बेलडाँगी र बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगरमा समेत महागुरुको प्रतिमा निर्माण गरिएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित रविबजार र तुम्बेवा, पान्थरको फेदेन, झापाको अर्जुनधारा, ताप्लेजुङको धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्र (मुक्कुम्लुङ) र मोरङको मिक्लाजुङ गाउँपालिका टाँडीमा पनि उहाँको प्रतिमा स्थापना गरिएको छ। त्यसैगरी मोरङको केराबारी र लेटाङका साथै सुनसरीको भरौलमा प्रतिमा स्थापना कार्य निरन्तर जारी रहेको छ।

राज्यबाट सम्मान

महागुरु फाल्गुनन्द लिङ्देनलाई राज्यले राष्ट्रिय विभूतिका रूपमा सम्मान गरेको छ। महागुरु फाल्गुनन्दको नाममा १५ रुपैयाँको हुलाक टिकट राज्यले सार्वजनिक गरेको छ। महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनीसमेत प्रकाशन गरिएको छ भने २०६६ मंसिर १६ गते नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। किराँत धार्मिक संस्थाहरूले २०७१ वैशाख २४ गते महागुरुको जन्मजयन्तीलाई किराँत चाडपर्व घोषणा गरेका थिए।

महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको छ। झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी र रवि जोड्ने सडकखण्डलाई फाल्गुनन्द मार्ग घोषणा गरिएको छ। मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दले २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमुनि हाङयकमा देहत्याग गर्नुभयो।

यो सामग्री नेपाल न्यूज बैंकबाट लिइएको हो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ?
भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ?
सम्बन्धित सामग्री
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको... बुधबार, कात्तिक २५, २०८३
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास भोजनलिपि अभियानले सेलरोटीलाई प्रतियोगितामा सीमित नराखी यसको बनाउने विधि, सामग्री, स्वाद र सांस्कृतिक महत्त्वको अध्ययन तथा अभिलेखीकरण... बुधबार, कात्तिक २५, २०८३
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? बुधबार, कात्तिक २५, २०८३
भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ? बुधबार, कात्तिक २५, २०८३
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ? बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ? बुधबार, कात्तिक २५, २०८३
विदेशी मुद्रा कतिमा किनबेच हुन्छ ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्या प्रकरण: अमेरिकी अदालतद्वारा नरेश दाेषी ठहर बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्