• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 

64x64
युवराज भट्टराई बिहीबार, भदौ ९, २०७९  १०:०५
1140x725

काठमाडौं– कथ्यका हिसाबले ‘प्रकाश’ वर्ग विभेदलाई केन्द्रमा राखेर सामाजिक, राजनीतिक लगायतका थुप्रै सामाजिक आयामहरु समेटिएको फिल्मको रुपमा रहेको बताउँछन्, लेखक विकास सुवेदी। भदौ १० बाट सिनेमा हलमा लाग्ने फिल्म छायांकन गरिएको भूगोल कर्णालीको छ। फिल्ममा देखाइएको कथा पनि वर्गीय विभेद केन्द्रित भएको फिल्मका लेखक सुवेदी बताउँछन्।

तर, वर्ग विभेदको अवस्था देखाउन कर्णाली नै किन छानियो ? ‘प्रकाश’ को गर्भकथा र पृष्ठभूमि के हो त?

विकाससँग यो प्रश्नको जवाफका लागि लामो अनुभव छ। उनले फिल्म क्षेत्रमा पाइला चाल्दै गर्दादेखि आफू नै फिल्मको कथा लेख्छु भनेर अठोट गरिरहँदाका प्रसंगहरु यो अनुभवभित्र पर्छन्।

फिल्ममा आफूले खोजेको कथा नपाउनु पनि ‘प्रकाश’ जन्मनुको एउटा परिघटना हो। विषयवस्तुको विषयान्तरदेखि केही फरक गर्नुपर्छ भन्ने हुटहुटीकै परिणाम ‘प्रकाश’ भएको बताउँछन् विकास।

जीवनको लामो कालखण्ड विकासले पत्रकारितामा बिताए। टेलिभिजन पत्रकारितामा लामो समय बिताएका विकास म्यूजिक भिडियो निर्देशनमार्फत् ‘भिजुअल’ माध्यमको अर्को पक्षसँग साक्षात्कार गर्न पुगे। विस्तारै म्यूजिक भिडियो निर्देशनबाट उनी सिनेमातर्फ तानिए।

विकासले पत्रकारिता गर्दाबाटै निर्देशक दिनेश राउतलाई चिनेका थिए। उनलाई त्यो बेला नै नेपाली फिल्ममा केही न केही समस्या छ भन्ने लाग्थ्यो। पत्रकारितामा राजनीतिक ‘बिट’ बाट अलग्गिएर केही समय उनी कला पत्रकारितामा पनि सक्रिय भएका थिए। विकास सम्झिन्छन्, ‘मैले त्यो बेला नै नेपाली फिल्ममा केही न केही कमजोरी छ भन्ने महसुस गरेको थिएँ।’

पत्रकारिताकै क्रममा भेट भएका निर्देशक राउतसँग विकासको आत्मियता बढ्दै गयो। विकास र राउतको भेट हुँदा भर्खर  राउत निर्देशित फिल्म ‘नोमेम्भर रेन’ प्रदर्शन भएको थियो।

‘मैले उहाँलाई भेटेपछि उहाँ चाहिँ फिल्म बनाउन सक्ने मान्छे हो भन्ने  लागेको थियो,’ विकास निर्देशक राउतसँगको भेट सम्झिन्छन्। त्यो बेला विकास पत्रकारिता क्षेत्रमै थिए। सामान्यतया पत्रकारले सिनेमा बनाउनेहरुको कमीकमजोरीलाई लिएर ‘गाली गर्ने’ भन्ने चलन थियो। विकास सम्झिन्छन्, ‘मलाई त्यो बेला यो मान्छेलाई चाहिँ गाली गरे पनि केही हुँदैन। काम गर्ने मान्छे हो भन्ने लाग्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

विकास आफू पनि दृश्यभाषामा काम गरिरहेका थिए। विस्तारै म्यूजिक भिडियो हुँदै सिनेमा क्षेत्रमा आइरहेका थिए। त्यो बेला निर्देशक राउत पनि आफ्ना सिनेमाहरु लिएर दर्शकमाझ आफ्नो परिचय स्थापित गर्न खोजिरहेका थिए।

विकासले नेपाली फिल्मको वर्तमान अवस्थादेखि आफ्नो सोचसँग मेल खाने सोच भएको मान्छे भेटेपछि निधो गरे– अब फिल्म बनाउनु पर्छ।

त्यो बेला विकास आफूले नै थुप्रै म्यूजिक भिडियो निर्देशन गरिसकेका थिए। उनलाई धेरैले लगानी गरिदिने भन्दै फिल्म बनाउन पनि अफर गर्थे। तर, विकासलाई फिल्म बनाउनु सबैभन्दा गाह्रो काम लाग्थ्यो। म्यूजिक भिडियोमा केही मिनेटको समय दर्शक वा स्रोताले व्यतित गर्नुपर्थ्यो। तर, फिल्ममा तीन घट्नासम्म हलभित्र मान्छेलाई बाँधेर राख्नुपर्ने भएकाले पनि विकासले यो कामप्रति सहजता महसुस गरिसकेका थिएनन्।

पत्रकारिता गरिरहेका विकासले दिनेशसँगको भेटपछि आफूभित्र रहेको फिल्म प्रतिको भावना र त्यसप्रतिको सोचलाई थप माझ्दै गए। संगत सोही क्षेत्रमा सक्रिय व्यक्तिसंग भएकाले पनि विकासको मनमस्तिस्कमा घुम्ने कुरा पनि फिल्म नै थियो।

त्यसैबीच निर्देशक राउतको फिल्म ‘क्लासिक’ मा विकासलाई असोसियट डिरेक्टरको रुपमा काम दिइयो। विस्तारै उनी फिल्म क्षेत्रसँग प्रत्यक्ष जोडिए। दिनेशसँगै उनले ‘पर्व’ मा पनि काम गरे। 

विस्तारै उनलाई आफूले गरिरहेको फिल्म के हो? कस्तो फिल्म गरिरहेको छौं? भन्ने प्रश्न मनमा उब्जन थाल्यो। विकास भन्छन्, ‘केही फरक फिल्म गर्नुपर्छ भन्ने लाग्यो। त्यो बेला कथा खोज्दा ‘प्रसाद’ को कथा फेला पार्‍यो।’

फिल्म निर्माणमा प्रत्यक्ष संलग्न भइसक्दा विकासले महसुस गरे– फिल्ममा पात्रहरुले बोल्ने भाषा नेपाली थियो, तर कथामा नेपालीपनको अभाव थियो। कथाले समाजका कुन तप्कालाई प्रतिनिधित्व गर्छ भन्ने नै उनले थाहा पाउन सकेका थिएनन्। पर्दामा एक्कासी आउने पात्रहरु एक्कासी नै विलुप्त भएर गइरहँदा उनीहरुले कसको कथा बोके भन्नेमा घोत्लिन्थे विकास। 

‘फिल्ममा भएको पात्रको सामाजिक प्रभाव त थियो नै,’ विकास भन्छन्, ‘ती पात्रहरु समाजको कुन तप्काबाट जन्मिन्छन् र कहाँ पुगेर विलुप्त हुन्छन भन्ने लाग्थ्यो। पर्दामा पात्रहरु मात्रै नभएर हाम्रो जीवन नै होस जस्तो लाग्थ्यो।’

त्यहि चाहनाको डोरीले डोहोर्‍याउँदै विकासलाई धेरै ठाउँ घुमायो। मनमा एउटा वर्ग विभेदसँग सम्बन्धित कथा लिएर हिँडेका थिए विकास।

‘प्रसाद’ मा काम गरेपछि विकास आफ्नो ठाउँको कथा भन्नै पर्छ भन्ने अठोट लिएर हिँडे। पोखरामा जन्मिएका उनले पोखरामा सहजै बिताइएको जीवन देखेका थिए। काठमाडौंमा संघर्ष गर्दा पनि काठमाडौंको फरकपन देखेका थिए।

‘प्रसादकै सेरोफेरोमा मैले नेपाल कस्तो छ भन्ने हेर्न घुम्न थालें,’ विकास सम्झिन्छन्,‘वास्तवमा नेपाल कस्तो रहेछ भन्ने बुझ्नुपर्छ भन्ने चाहनाले मेरो यात्रा सुरु भएको थियो।’

विकास शुरूमा मधेस प्रदेश (तत्कालीन प्रदेश २) का विभिन्न क्षेत्रमा घुमे। नेपाल–भारत सीमा क्षेत्रमा पुगे।त्यो बेला उनले महसुस गरे– नेपाल हेर्न त यहाँ आउनु पर्ने रहेछ।

बसन्तपुरमा रातो झण्डा बोकेर तस्बिर खिच्नेभन्दा फरक राष्ट्रवाद थियो सीमा क्षेत्रका ती स्थानहरुमा। मधेस प्रदेशपछि उनी यात्राकै क्रममा कर्णाली पुगे।

देशमा नयाँ संविधान आएको थियो। विस्तारै राज्यले सबै कुराहरुलाई संस्थागत गर्दै गइरहेको थियो। लामो संघर्षले प्राप्त भएको राजनीतिक उपलब्धिको परिणामका रुपमा व्यवस्था बदलिए पनि व्यवहारमा भने अवस्था नबदलिएको उनले महसुस गरे।

कर्णालीमा पुग्दासम्म उनको मनमा ‘प्रकाश’ को कथा खेस्राको रुपमा थियो। कथाको एउटा सोच त उनको मनमा थियो नै, कर्णाली पुगेपछि उनले त्यो कथामा कल्पना गरेकै जस्तो दुनियाँ देखे। विकासले निधो गरेछन्– 'प्रकाश' फिल्म बन्नेछ र कर्णालीमै बन्नेछ। 

‘राज्यको नजरमा सबै नागरिक समान हुनुपर्छ’, विकास भन्छन्, ‘कर्णालीको आँखाबाट राज्य कस्तो देखिन्छ भन्ने लाग्थ्यो। सिंहदरबार, राज्यका निकाय, संविधान, संसद् कर्णालीका लागि के हो? भन्ने कुरा खोज्दै गएँ। त्यहि क्रममा मैले अनुभव गरेका कुराहरु बृहत् रुपमा भन्नुपर्छ भन्ने लाग्यो। यही कथा, यही परिवेशमा र सिनेमाकै रुपमा भन्नुपर्छ भन्ने लागेपछि ‘प्रकाश’ ले मूर्त रुप लियो।’

‘प्रकाश’ शिक्षक केन्द्रित कथा हो। तर, सँगै अन्य पक्षहरु पनि फिल्ममा समेटिएका छन्। कर्णालीमा करिब ६ महिना बसेका विकासले भाषिकदेखि सामाजिक सबै पक्षलाई नियाले। ती पक्षहरुलाई नै फिल्म भित्र समेटेको उनी बताउँछन्।

‘म त्यहाँ बस्दा यथार्थ र त्यहाँको समाजसम्म कति नजिक पुग्न सकिन्छ भनेर मैले नियाले,’ विकास भन्छन् ,‘हामी सत्यता र पात्रको अनुभवको कति निकट पुग्न सक्छौं भन्ने कुरा महत्त्वपूर्ण हो। विषयवस्तु र पात्रको अनुभवलाई कति देखाउन सक्छौं भन्ने मुख्य कुरा हो।’

‘प्रकाश’ कर्णालीमै बन्नुको पृष्ठभूमि विकासले त्यहाँ नियालेको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाले निर्धारण गरेको थियो।

तर, ‘प्रकाश’ भित्रको कथा, जहाँ एक युवक शिक्षक बन्नका लागि संघर्ष गरिरहेको छ, कसरी आयो त? 

विकास यसलाई विगत र वर्तमानमा नेपाली समाजमा रहेको विभेदसँग जोडेर हेर्छन्। उनलाई नेपाल र नेपाली समाजमा वर्गीय विभेदको अवस्था भएको महसुस हुन्छ। हालसम्म भएका लडाईंहरुको कारण पनि वर्गीय विभेदकै परिणाम हो भन्ने निष्कर्षमा आफू पुगेको बताउँछन् उनी। भन्छन्, ‘कतै कतै नश्लदेखि जातसम्मका कुराहरु पनि थिए। हाम्रो धर्म र जातसँग जोडिएको व्यवस्थाका कारण पनि हामी पीडित भएका हौं। तर, हामी कहिलेसम्म यसमा मात्रै बसिरहने? मलाई लाग्छ, कोही मान्छले राम्रो विद्यालय पढ्न पाउनु वा नपाउनुको आजको कारण जातीय नभएर आर्थिक कारण हो जस्तो लाग्छ।’

अहिलेको समाजमा कुनै व्यक्तिले सम्पन्नताको भोग गर्न पाउनु वा नपाउनु भन्ने कुरा जात वा नश्लको आधारमा नभएर आर्थिक कारणमा निर्भर रहेको लाग्छ उनलाई। ‘प्रकाश’ मा पनि यहि वर्गीय विभेदको कथा चित्रण गरिएको छ। आर्थिक अवस्थाको मापन गरेर व्यक्तिको वर्ग निर्धारण गर्ने समाजको कथा बोकेको छ ‘प्रकाश’ ले।

‘अब हामीले जातीय रुपमा मात्रै हाम्रो समस्या समाधान गर्न खोजेमा हामी निश्चित ठाउँमा पुग्दैनौं,’ विकास भन्छन्, ‘आजको हाम्रो समस्या वर्गीय समस्या हो। कहिँकतै जातीय नश्लको कुरा उठिरहँदा मूलभूत कुरा जुन वर्गीय कुरा हो, त्यो कुरा अलि भित्तातिर पुगेको लाग्छ। त्यो विषयमा मन्थन नै नभएको हो कि जस्तो लाग्छ।’

राज्यले पनि आर्थिक सामाजिक पाटोलाई बेवास्ता गरेको ठान्छन् विकास। राज्यले सबै नागरिकलाई समान व्यवहार गरिनुपर्ने अवस्थामा आर्थिक कारणले नै मानिस मानिसबीच विभेद उस्तै छ।

‘प्रकाश’ भित्र प्रमुख पात्र प्रकाशको भूमिकामा देखिएका प्रदीप खड्कामार्फत् आफूले आर्थिक सामाजिक विभेदलाई प्रस्तुत गर्न खोजेको बताउँछन् विकास। व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएका मानिसहरुको अवस्थाको चित्रण र प्रतिनिधित्व गर्ने कथाको रुपमा प्रकाश बनेको विकासको ठम्याइ छ। फिल्ममा पनि पात्रको जीवनदेखि पात्रको अवस्थामा आउने परिवर्तनको मुख्य कारण पनि वर्गीय विभेद नै रहेको छ। विकास ‘प्रकाश’ ले समाजमा असमानताको प्रमुख जड रहेको वर्गीय विभेदको चित्रण गरेको बताउँछन्।

‘व्यवस्था बदलिँदा पनि अवस्था र जीवन नफेरिएका मानिसहरुलाई हामीले जातीय कारणले मात्रै हेर्‍यौं भने ती मानिसमाथि अन्याय हुन्छ भन्ने निष्कर्ष मैले निकालेको थिएँ,’ विकास भन्छन्, ‘यो निष्कर्षपछि नै मैले ‘प्रकाश’ को कथा लेखेको हुँ।’

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्