• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 

64x64
युवराज भट्टराई बिहीबार, भदौ ९, २०७९  १०:०५
1140x725

काठमाडौं– कथ्यका हिसाबले ‘प्रकाश’ वर्ग विभेदलाई केन्द्रमा राखेर सामाजिक, राजनीतिक लगायतका थुप्रै सामाजिक आयामहरु समेटिएको फिल्मको रुपमा रहेको बताउँछन्, लेखक विकास सुवेदी। भदौ १० बाट सिनेमा हलमा लाग्ने फिल्म छायांकन गरिएको भूगोल कर्णालीको छ। फिल्ममा देखाइएको कथा पनि वर्गीय विभेद केन्द्रित भएको फिल्मका लेखक सुवेदी बताउँछन्।

तर, वर्ग विभेदको अवस्था देखाउन कर्णाली नै किन छानियो ? ‘प्रकाश’ को गर्भकथा र पृष्ठभूमि के हो त?

विकाससँग यो प्रश्नको जवाफका लागि लामो अनुभव छ। उनले फिल्म क्षेत्रमा पाइला चाल्दै गर्दादेखि आफू नै फिल्मको कथा लेख्छु भनेर अठोट गरिरहँदाका प्रसंगहरु यो अनुभवभित्र पर्छन्।

फिल्ममा आफूले खोजेको कथा नपाउनु पनि ‘प्रकाश’ जन्मनुको एउटा परिघटना हो। विषयवस्तुको विषयान्तरदेखि केही फरक गर्नुपर्छ भन्ने हुटहुटीकै परिणाम ‘प्रकाश’ भएको बताउँछन् विकास।

जीवनको लामो कालखण्ड विकासले पत्रकारितामा बिताए। टेलिभिजन पत्रकारितामा लामो समय बिताएका विकास म्यूजिक भिडियो निर्देशनमार्फत् ‘भिजुअल’ माध्यमको अर्को पक्षसँग साक्षात्कार गर्न पुगे। विस्तारै म्यूजिक भिडियो निर्देशनबाट उनी सिनेमातर्फ तानिए।

विकासले पत्रकारिता गर्दाबाटै निर्देशक दिनेश राउतलाई चिनेका थिए। उनलाई त्यो बेला नै नेपाली फिल्ममा केही न केही समस्या छ भन्ने लाग्थ्यो। पत्रकारितामा राजनीतिक ‘बिट’ बाट अलग्गिएर केही समय उनी कला पत्रकारितामा पनि सक्रिय भएका थिए। विकास सम्झिन्छन्, ‘मैले त्यो बेला नै नेपाली फिल्ममा केही न केही कमजोरी छ भन्ने महसुस गरेको थिएँ।’

पत्रकारिताकै क्रममा भेट भएका निर्देशक राउतसँग विकासको आत्मियता बढ्दै गयो। विकास र राउतको भेट हुँदा भर्खर  राउत निर्देशित फिल्म ‘नोमेम्भर रेन’ प्रदर्शन भएको थियो।

‘मैले उहाँलाई भेटेपछि उहाँ चाहिँ फिल्म बनाउन सक्ने मान्छे हो भन्ने  लागेको थियो,’ विकास निर्देशक राउतसँगको भेट सम्झिन्छन्। त्यो बेला विकास पत्रकारिता क्षेत्रमै थिए। सामान्यतया पत्रकारले सिनेमा बनाउनेहरुको कमीकमजोरीलाई लिएर ‘गाली गर्ने’ भन्ने चलन थियो। विकास सम्झिन्छन्, ‘मलाई त्यो बेला यो मान्छेलाई चाहिँ गाली गरे पनि केही हुँदैन। काम गर्ने मान्छे हो भन्ने लाग्यो।’

nimb
nimb
Ncell 2
Ncell 2

विकास आफू पनि दृश्यभाषामा काम गरिरहेका थिए। विस्तारै म्यूजिक भिडियो हुँदै सिनेमा क्षेत्रमा आइरहेका थिए। त्यो बेला निर्देशक राउत पनि आफ्ना सिनेमाहरु लिएर दर्शकमाझ आफ्नो परिचय स्थापित गर्न खोजिरहेका थिए।

विकासले नेपाली फिल्मको वर्तमान अवस्थादेखि आफ्नो सोचसँग मेल खाने सोच भएको मान्छे भेटेपछि निधो गरे– अब फिल्म बनाउनु पर्छ।

त्यो बेला विकास आफूले नै थुप्रै म्यूजिक भिडियो निर्देशन गरिसकेका थिए। उनलाई धेरैले लगानी गरिदिने भन्दै फिल्म बनाउन पनि अफर गर्थे। तर, विकासलाई फिल्म बनाउनु सबैभन्दा गाह्रो काम लाग्थ्यो। म्यूजिक भिडियोमा केही मिनेटको समय दर्शक वा स्रोताले व्यतित गर्नुपर्थ्यो। तर, फिल्ममा तीन घट्नासम्म हलभित्र मान्छेलाई बाँधेर राख्नुपर्ने भएकाले पनि विकासले यो कामप्रति सहजता महसुस गरिसकेका थिएनन्।

पत्रकारिता गरिरहेका विकासले दिनेशसँगको भेटपछि आफूभित्र रहेको फिल्म प्रतिको भावना र त्यसप्रतिको सोचलाई थप माझ्दै गए। संगत सोही क्षेत्रमा सक्रिय व्यक्तिसंग भएकाले पनि विकासको मनमस्तिस्कमा घुम्ने कुरा पनि फिल्म नै थियो।

त्यसैबीच निर्देशक राउतको फिल्म ‘क्लासिक’ मा विकासलाई असोसियट डिरेक्टरको रुपमा काम दिइयो। विस्तारै उनी फिल्म क्षेत्रसँग प्रत्यक्ष जोडिए। दिनेशसँगै उनले ‘पर्व’ मा पनि काम गरे। 

विस्तारै उनलाई आफूले गरिरहेको फिल्म के हो? कस्तो फिल्म गरिरहेको छौं? भन्ने प्रश्न मनमा उब्जन थाल्यो। विकास भन्छन्, ‘केही फरक फिल्म गर्नुपर्छ भन्ने लाग्यो। त्यो बेला कथा खोज्दा ‘प्रसाद’ को कथा फेला पार्‍यो।’

फिल्म निर्माणमा प्रत्यक्ष संलग्न भइसक्दा विकासले महसुस गरे– फिल्ममा पात्रहरुले बोल्ने भाषा नेपाली थियो, तर कथामा नेपालीपनको अभाव थियो। कथाले समाजका कुन तप्कालाई प्रतिनिधित्व गर्छ भन्ने नै उनले थाहा पाउन सकेका थिएनन्। पर्दामा एक्कासी आउने पात्रहरु एक्कासी नै विलुप्त भएर गइरहँदा उनीहरुले कसको कथा बोके भन्नेमा घोत्लिन्थे विकास। 

‘फिल्ममा भएको पात्रको सामाजिक प्रभाव त थियो नै,’ विकास भन्छन्, ‘ती पात्रहरु समाजको कुन तप्काबाट जन्मिन्छन् र कहाँ पुगेर विलुप्त हुन्छन भन्ने लाग्थ्यो। पर्दामा पात्रहरु मात्रै नभएर हाम्रो जीवन नै होस जस्तो लाग्थ्यो।’

त्यहि चाहनाको डोरीले डोहोर्‍याउँदै विकासलाई धेरै ठाउँ घुमायो। मनमा एउटा वर्ग विभेदसँग सम्बन्धित कथा लिएर हिँडेका थिए विकास।

‘प्रसाद’ मा काम गरेपछि विकास आफ्नो ठाउँको कथा भन्नै पर्छ भन्ने अठोट लिएर हिँडे। पोखरामा जन्मिएका उनले पोखरामा सहजै बिताइएको जीवन देखेका थिए। काठमाडौंमा संघर्ष गर्दा पनि काठमाडौंको फरकपन देखेका थिए।

‘प्रसादकै सेरोफेरोमा मैले नेपाल कस्तो छ भन्ने हेर्न घुम्न थालें,’ विकास सम्झिन्छन्,‘वास्तवमा नेपाल कस्तो रहेछ भन्ने बुझ्नुपर्छ भन्ने चाहनाले मेरो यात्रा सुरु भएको थियो।’

विकास शुरूमा मधेस प्रदेश (तत्कालीन प्रदेश २) का विभिन्न क्षेत्रमा घुमे। नेपाल–भारत सीमा क्षेत्रमा पुगे।त्यो बेला उनले महसुस गरे– नेपाल हेर्न त यहाँ आउनु पर्ने रहेछ।

बसन्तपुरमा रातो झण्डा बोकेर तस्बिर खिच्नेभन्दा फरक राष्ट्रवाद थियो सीमा क्षेत्रका ती स्थानहरुमा। मधेस प्रदेशपछि उनी यात्राकै क्रममा कर्णाली पुगे।

देशमा नयाँ संविधान आएको थियो। विस्तारै राज्यले सबै कुराहरुलाई संस्थागत गर्दै गइरहेको थियो। लामो संघर्षले प्राप्त भएको राजनीतिक उपलब्धिको परिणामका रुपमा व्यवस्था बदलिए पनि व्यवहारमा भने अवस्था नबदलिएको उनले महसुस गरे।

कर्णालीमा पुग्दासम्म उनको मनमा ‘प्रकाश’ को कथा खेस्राको रुपमा थियो। कथाको एउटा सोच त उनको मनमा थियो नै, कर्णाली पुगेपछि उनले त्यो कथामा कल्पना गरेकै जस्तो दुनियाँ देखे। विकासले निधो गरेछन्– 'प्रकाश' फिल्म बन्नेछ र कर्णालीमै बन्नेछ। 

‘राज्यको नजरमा सबै नागरिक समान हुनुपर्छ’, विकास भन्छन्, ‘कर्णालीको आँखाबाट राज्य कस्तो देखिन्छ भन्ने लाग्थ्यो। सिंहदरबार, राज्यका निकाय, संविधान, संसद् कर्णालीका लागि के हो? भन्ने कुरा खोज्दै गएँ। त्यहि क्रममा मैले अनुभव गरेका कुराहरु बृहत् रुपमा भन्नुपर्छ भन्ने लाग्यो। यही कथा, यही परिवेशमा र सिनेमाकै रुपमा भन्नुपर्छ भन्ने लागेपछि ‘प्रकाश’ ले मूर्त रुप लियो।’

‘प्रकाश’ शिक्षक केन्द्रित कथा हो। तर, सँगै अन्य पक्षहरु पनि फिल्ममा समेटिएका छन्। कर्णालीमा करिब ६ महिना बसेका विकासले भाषिकदेखि सामाजिक सबै पक्षलाई नियाले। ती पक्षहरुलाई नै फिल्म भित्र समेटेको उनी बताउँछन्।

‘म त्यहाँ बस्दा यथार्थ र त्यहाँको समाजसम्म कति नजिक पुग्न सकिन्छ भनेर मैले नियाले,’ विकास भन्छन् ,‘हामी सत्यता र पात्रको अनुभवको कति निकट पुग्न सक्छौं भन्ने कुरा महत्त्वपूर्ण हो। विषयवस्तु र पात्रको अनुभवलाई कति देखाउन सक्छौं भन्ने मुख्य कुरा हो।’

‘प्रकाश’ कर्णालीमै बन्नुको पृष्ठभूमि विकासले त्यहाँ नियालेको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाले निर्धारण गरेको थियो।

तर, ‘प्रकाश’ भित्रको कथा, जहाँ एक युवक शिक्षक बन्नका लागि संघर्ष गरिरहेको छ, कसरी आयो त? 

विकास यसलाई विगत र वर्तमानमा नेपाली समाजमा रहेको विभेदसँग जोडेर हेर्छन्। उनलाई नेपाल र नेपाली समाजमा वर्गीय विभेदको अवस्था भएको महसुस हुन्छ। हालसम्म भएका लडाईंहरुको कारण पनि वर्गीय विभेदकै परिणाम हो भन्ने निष्कर्षमा आफू पुगेको बताउँछन् उनी। भन्छन्, ‘कतै कतै नश्लदेखि जातसम्मका कुराहरु पनि थिए। हाम्रो धर्म र जातसँग जोडिएको व्यवस्थाका कारण पनि हामी पीडित भएका हौं। तर, हामी कहिलेसम्म यसमा मात्रै बसिरहने? मलाई लाग्छ, कोही मान्छले राम्रो विद्यालय पढ्न पाउनु वा नपाउनुको आजको कारण जातीय नभएर आर्थिक कारण हो जस्तो लाग्छ।’

अहिलेको समाजमा कुनै व्यक्तिले सम्पन्नताको भोग गर्न पाउनु वा नपाउनु भन्ने कुरा जात वा नश्लको आधारमा नभएर आर्थिक कारणमा निर्भर रहेको लाग्छ उनलाई। ‘प्रकाश’ मा पनि यहि वर्गीय विभेदको कथा चित्रण गरिएको छ। आर्थिक अवस्थाको मापन गरेर व्यक्तिको वर्ग निर्धारण गर्ने समाजको कथा बोकेको छ ‘प्रकाश’ ले।

‘अब हामीले जातीय रुपमा मात्रै हाम्रो समस्या समाधान गर्न खोजेमा हामी निश्चित ठाउँमा पुग्दैनौं,’ विकास भन्छन्, ‘आजको हाम्रो समस्या वर्गीय समस्या हो। कहिँकतै जातीय नश्लको कुरा उठिरहँदा मूलभूत कुरा जुन वर्गीय कुरा हो, त्यो कुरा अलि भित्तातिर पुगेको लाग्छ। त्यो विषयमा मन्थन नै नभएको हो कि जस्तो लाग्छ।’

राज्यले पनि आर्थिक सामाजिक पाटोलाई बेवास्ता गरेको ठान्छन् विकास। राज्यले सबै नागरिकलाई समान व्यवहार गरिनुपर्ने अवस्थामा आर्थिक कारणले नै मानिस मानिसबीच विभेद उस्तै छ।

‘प्रकाश’ भित्र प्रमुख पात्र प्रकाशको भूमिकामा देखिएका प्रदीप खड्कामार्फत् आफूले आर्थिक सामाजिक विभेदलाई प्रस्तुत गर्न खोजेको बताउँछन् विकास। व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएका मानिसहरुको अवस्थाको चित्रण र प्रतिनिधित्व गर्ने कथाको रुपमा प्रकाश बनेको विकासको ठम्याइ छ। फिल्ममा पनि पात्रको जीवनदेखि पात्रको अवस्थामा आउने परिवर्तनको मुख्य कारण पनि वर्गीय विभेद नै रहेको छ। विकास ‘प्रकाश’ ले समाजमा असमानताको प्रमुख जड रहेको वर्गीय विभेदको चित्रण गरेको बताउँछन्।

‘व्यवस्था बदलिँदा पनि अवस्था र जीवन नफेरिएका मानिसहरुलाई हामीले जातीय कारणले मात्रै हेर्‍यौं भने ती मानिसमाथि अन्याय हुन्छ भन्ने निष्कर्ष मैले निकालेको थिएँ,’ विकास भन्छन्, ‘यो निष्कर्षपछि नै मैले ‘प्रकाश’ को कथा लेखेको हुँ।’

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्