काठमाडौँ– सार्वजनिक यातायातभित्र यात्रुको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले विभिन्न स्थानका चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-७ का २९ वर्षीय जनक तामाङ, सोही स्थानका ३० वर्षीय मनकुमार तामाङ (साइमन), ललितपुरको कोन्ज्योसोम गाउँपालिका-५ का २५ वर्षीय उमेश मुक्तान र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-७ का ३० वर्षीय अर्जुन तामाङ रहेका छन्।
प्रहरीका अनुसार १३ जेठमा कोटेश्वरबाट बल्खु तर्फ जाँदै गरेको बसभित्र एक युवतीले लगाएको सुनको सिक्री चोरी भएको उजुरी परेको थियो। सोही सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनीहरूलाई सिक्रीसहित पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।