काठमाडौं– आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुन ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको भाउ पनि आइतबार प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।