नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।