• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ३, २०८३  १५:४६
1140x725

काठमाडौं - एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ।

एनसेलका कुल ३ हजार १२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २ हजार १३७ वटा साइटमा समेत थ्रीजी सेवा बन्द गर्ने एनसेलले जनाएको छ ।

थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने रणनीतिअनुरूप एनसेलले यसलाई चार चरणमा कार्यान्वयन गर्दैछ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द गरिने एनसेलले जनाएको छ ।

त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानका साथै चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रीजी साइट बन्द गरिनेछन्।

२०७४ सालमा सुरु भएको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ। यससँगै ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत अझ स्पष्ट तथा उच्च गुणस्तरको भ्वाइस कल र छिटो कल कनेक्सनको अनुभव गर्न सक्ने एनसेलले जनाएको छ ।

भोल्टे प्रविधिबाट ग्राहकले भ्वाइस कल गर्दै एकै समयमा फोरजी डेटा पनि प्रयोग गर्न सक्नेछन्। भोल्टे सेवा प्रयोग गर्न ग्राहकसँग फोरजी सिमका साथै उक्त सेवा सञ्चालन गर्न मिल्ने मोबाइल फोन हुनुपर्नेछ।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारले पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने तथा पुराना प्रणालीको सञ्चालन र मर्मतसम्भार लागत घटाउने योजनाअनुसार यो निर्णय लिइएको बताइन्।

उनले भनिन्, “थ्रीजी सेवा बन्द गर्ने यो प्रक्रियाले हाम्रा बाँकी ग्राहकलाई फोरजी प्रविधिमा आधारित सेवाहरूमा अपग्रेड हुने अवसर प्रदान गर्दछ। थ्रीजी सेवा बन्द भएपछि हामी भोल्टेसहितको फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधिका लागि तयार हुन सक्षम हुनेछौँ।”

Ncell 2
Ncell 2
nimb
nimb

उनले थपिन्, “थ्रीजी सेवा बन्द गर्ने क्रममा यसबाट कुनै पनि ग्राहक डिजिटल डिभाइडको जोखिममा नपरून् भन्नेमा एनसेल सचेत छ। फोरजीमा अपग्रेड हुन बाँकी रहेका ग्राहकले पनि टुजी नेटवर्कमार्फत आधारभूत अत्यावश्यक दूरसञ्चार सेवाहरू निरन्तर प्रयोग गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नेछौँ।”

यस कदमले एनसेलको सेवा गुणस्तर थप सुधार गर्न, फोरजी नेटवर्कको क्षमता अभिवृद्धि गर्न र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले कम्पनीलाई भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न पनि मद्दत गर्नेछ।

थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सीलाई फोरजी सेवा थप सुदृढ बनाउन, नेटवर्क क्षमता बढाउन र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिने एनसेलले जनाएको छ।

हाल थ्रीजी सेवा प्रयोग गरिरहेका ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहून् भन्ने सुनिश्चित गर्न एनसेलले आफ्नो टुजी नेटवर्क उपलब्ध गराउने स्पष्ट पारेको छ। टुजी नेटवर्कमार्फत ग्राहकले आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एनसेलको फोरजी सेवा यसअघि नै नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा विस्तार भइसकेको छ। यो प्रविधिले ग्राहकलाई आधुनिक मोबाइल कनेक्टिभिटीको पहुँच सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

हाल एनसेलका कुल सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरिरहेका छैनन्। थ्रीजी सेवा बन्द हुने क्रममा ग्राहकलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्न कम्पनीले अझै थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ।

ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा गएर आफ्नो सिमलाई फोरजीमा अपग्रेड गर्न सक्छन्। फोरजी सिम लिँदा ग्राहकले सात दिनको समयसीमा भएको २ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्नेछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ
एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह
दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री
सम्बन्धित सामग्री
एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा गएर आफ्नो सिमलाई फोरजीमा अपग्रेड गर्न सक्छन्। फोरजी सिम लिँदा ग्राहकले सात दिनक... बिहीबार, मंसिर ३, २०८३
‘लुडो’ र ‘कलब्रेक’ गेमको उदाहरण दिँदै प्रधानमन्त्रीले भने- नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा स्थापित गर्ने नीति ल्याउँछौं नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्यमान नीति, नियम र व्यावसायिक व... शनिबार, कात्तिक १४, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ नयाँ मोडलको क्षमता र सुरक्षासम्बन्धी परीक्षण जारी राख्दै चरणबद्ध रूपमा पहुँच विस्तार गरिने गुगलले जनाएको छ । बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ बिहीबार, मंसिर ३, २०८३
एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह बिहीबार, मंसिर ३, २०८३
दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री बिहीबार, मंसिर ३, २०८३
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर ३, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव विरुद्ध पक्राउ पुर्जी जारी, वैदेशिक रोजगारी ठगीमा आरोपित अर्याल फरार बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्