काठमाडौं– आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन्।
बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बागमती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे। काभ्रे आईटीएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेश्रो भए।
दोस्रो भएका अनिलले ५० हजार र तेस्रो भएका सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट ३ खेलाडी छनोट भएर आउनु पर्ने प्रावधान थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।