काठमाडौं– अमेरिकी अटोमेटिभ तथा क्लिन इनर्जी कम्पनी टेस्लाको सेयर पछिल्लो समय गिर्दो अवस्थामा छ।
अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई यस्तो झट्का कम्पनीका सीईओ एलन मस्कको एउटा बयानका कारण लागेको हो। उक्त बयानमा मस्कले कर्मचारीको संख्या १० प्रतिशतले कटौती गर्ने बताएका थिए। साथै, कर्मचारीको नयाँ भर्ना पनि रोक लगाउने मस्कको घोषणा छ।
शुक्रबार मस्कले कम्पनीलाई पठाएको एउटा ईमेलमा भनेका छन् कि वर्तमान अर्थव्यवस्थाले गर्दा उनलाई नराम्रो महसुस भइरहेको छ। जसकारण उनी कर्मचारीको संख्या १० प्रतिशतले कम गर्न चाहन्छन्।
यसअघि अमेरिकी श्रम विभागले मे महिनामा लगभग ४ लाख नयाँ रोजगारीको आंकडा जारी गरेको थियो। तर, अमेरिकामा महंगी बढ्दै गइरहेको छ। आगामी महिनामा फेडरल रिजर्भ बैंकले ब्याजदर बढाउने अपेक्षा गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार टेस्लाका एक्जक्यूटिभ्सलाई एक सन्देश पठाउँदै भनिएको छ– विश्वभर नै नयाँ कर्मचारीको भर्नामा रोक लगाउनू।
उक्त घोषणापछि शुक्रबार अमेरिकी स्टक एक्सचेन्जमा टेस्लाको सेयर ९ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।