काठमाडौं– छायांकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेब्यू गर्ने भएका छन्। सिनेमाको मुख्य भूमिकामासमेत उनको अभिनय रहने भएको छ। यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनिल थापा पनि थपिएका छन्।
ओस्कार कलेजबाट सिनेमा निर्माणमा स्नातक गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रूपमा कार्यरत छन्। ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेब्यू गर्न लागृको अभिनेता राउतले बताए।
आगामी दिनमा अभिनय र निर्देशनलाई समानान्तर रूपमा अगाडि बढाउने सोचमा राउत छन्। हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन।
अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए। सिनेमामा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ।
एक्सन जनरामा निर्माण गरिने सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी–आर डेनिमको लगानी रहनेछ। सिनेमाको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ।
सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य बन्ने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रूपमा रहेका छन्। सिनेमाका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।