काठमाडौं– हलिउडका चर्चित अभिनेता जोनी डेप र उनी पूर्वपत्नी एम्बर अर्डको विषयमा भइरहेको मानहानीको मुद्दामा अमेरिकाको भर्जिनियाको एक अदालतले बुधबार फैसला सुनाएको छ।
६ हप्तासम्म चलेको यो मुद्दाको सुनुवाइपछि बुधबार अन्तिम फैसला भएको हो। अदालतले डेपलाई निर्दोष देखाएसँगै उनको जित भएको छ। अदालतको फैसलामा जोनीको जित भएसँगै अब उनले १४ मिलियन अमेरिकी डलर बराबरको रकम जरिवानाको रुपमा पाउनेछन्।
सँगै एम्बरले पनि जरिवानाको रुपमा २ मिलियन अमेरिकी डलर जरिवानास्वरुप पाउने अदतलनले फैसला सुनाएको छ। यो रकम उनीहरुले एकअर्कालाई दिनुपर्नेछ।
६ वर्षदेखि अदालतमा चलिरहेको यो मुद्दामा जोनीकी पूर्व पत्नी एम्बरले डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन्। त्यसपछि अभिनेता डेपले उनीविपरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए। अभिनेत्री एम्बरले जोनीले आफूलाई मानसिक रुपमा दुर्व्यवहार र हिंसा गरेको बताएकी थिइन्।
डेपले पनि यो सब झुटो भएको भन्दै आफ्नो तर्कहरु अदालतमा पेस गरेका थिए।
७ जना सदस्य भएको इजालसले सन् २०१८ एम्बरले आफूले भोग्नु परेको हिंसाको विषयमा लेखेको आर्टिकलमा भएका कुराहरुले जोनीमाथि ठेस पुर्याएको र आर्टिकत भ्रमपूर्ण भएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।