काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसलाई चाँडो चुनाव चाहिएको बताएका छन्। गठबन्धन नामक 'गलगाँड' हटाउन कांग्रेसलाई चाँडो चुनाव चाहिएको पाण्डेको टिप्पणी छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै पाण्डेले संकट एकातिर भएपनि बजेट अर्कोतिर भएको टिप्पणी गरे।
'संकट एकातिर छ बजेट अर्कातिर छ। यसले यता पनि चुनाव देख्यो, उता पनि चुनाव देख्यो,' उनले भने, 'गठबन्धन चाँडै चुनावमा जान खोजेको सुनिरहेको छु। वास्तवमा कांग्रेसलाई गठबन्धन नामको गलगाँड गाह्रो भएको छ। त्यसैले यो कांग्रेसलाई छिटो भन्दा छिटो गलगाँड कसरी छुटाउने भन्ने छ। चुनाव भयो भने सतिदेवीको अंग पतन भएजस्तो हातखुट्टा समाइरहेका दल झर्छन् कि भन्ने चाहना छ।'
उनले वृद्धभत्ता एमालेको ब्रान्ड रहेको बताउँदै त्यसको उमेर घटुवाले गठबन्धनका दललाई लाभ हुने उनको भनाइ छ। उनले भने, 'तपाईं उमेर ५८ होइन, ६८ पुर्याउनोस्। एमालेलाई नै ताली ठोक्छन्। तपाईंले ५ हजार पुर्याउँछु भनेर घोषणापत्रमा बोलेको होइन, किन पुर्याइएन?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।