• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तारा एअर विमान दुर्घटना : ‘स्केच आर्टिस्ट’ प्रहरीको सहयोगमा गरिँदैछ शवको पहिचान

आठ शवको पोष्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी
64x64
नारायण अधिकारी मंगलबार, जेठ १७, २०७९  १९:३५
1140x725
शव पहिचानमा खटिएका अपराध अनुसन्धान कार्यालयका सई तथा स्केच आर्टिस्ट योगेश महर्जन: फाइल तस्बिर

काठमाडौं– मुस्ताङको थसाङमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याएर पहिचान र पोष्टमार्टम प्रक्रिया अघि बढाउन थालिएको छ। दुर्घटनामा ज्यान गुमाएकामध्ये १० वटा शव सोमबार र बाँकी १२ वटा शव मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

विमान दुर्घटना हुँदा शव क्षतिविक्षत् भएको र शवहरूलाई संकलन गरेर सुरक्षाकर्मीको टोलीले काठमाडौंसम्म ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाएका छन्। क्षतविक्षत् अवस्थामा रहेका केही शवहरूको पहिचान गर्न समस्या भइरहेको छ। 

शवको पहिचान गर्न समस्या भएपछि पोष्टमार्टममै संलग्न डाक्टरहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग सहयोग मागेका थिए।त्यसपछि प्रहरीकै स्केच आर्टिस्टलाई पठाइएको हो। 

महाशाखाबाट सई तथा स्केच आर्टिस्ट योगेश महर्जनले शव पहिचानका लागि डाक्टरलाई सहयोग गरिरहेका छन्। ‘यसअघि पनि यस्ता दुर्घटनामा शवहरूको पहिचान गर्न सहयोगी भूमिका खेलेको भन्दै माग भएपछि हामीले महर्जनलाई पठाएका हौं’, अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले नेपाल लाइभसँग भने। 

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइनएनईटी जहाज आइतबार विहान दुर्घटना भएको थियो। जहाज सोमबार विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। 

दुर्घटनामा परेर २ जर्मन नागरिक, ४ भारतीय, १३ नेपाली र ३ चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। मृत्यु भएकाहरूमध्ये केहीको शव भने क्षतविक्षत् अवस्थामा रहेको छ। शवको पहिचान गर्न समस्या भएको छ। 

शवको पहिचान गर्न समस्या भएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरकै अनुरोधमा सई महर्जन अहिले त्रिविमा खटिएका छन्। शव पहिचानका लागि उनले सहयोगी भूमिका खेलिरहेका छन्। 

महर्जन एक कुशल स्केच आर्टिस्ट र फोटोग्राफर हुन्। टुक्रा–टुक्रा अवस्थामा रहेको शवहरूका विभिन्न हुलिया, बडी पार्टहरूको, दाग, खत, औंलाका भाग जस्ता चिन्ह सहज हुने किसिमका हुलियाहरूको तस्बिर खिच्ने काम स्केच आर्टिस्टसमेत रहेका वरिष्ठ सईले गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि मृतक परिवारसँगको सोधपुछ र बडिपार्टसँग मेल खान हुलियालाई आधार मानेर शवको पहिचान महर्जन गरिरहेका छन्। स्केच नै बनाएर शरीरको भागसँग मेल खाने हुलिया भएको अवस्थामा पनि शवको पहिचान गर्नुपर्ने अवस्था रहेको महर्जनले नेपाल लाइभलाई बताए। 

‘यो पटक त्यति धेरै शव नै नचिनने अवस्था रैनछ। धेरैजसो शवको पहिचान गर्न सजिलो नै छ। तर, पहिचान हुन नसकेका शवहरूको हकमा भने शवका टुक्रा–टुक्राको फोटा खिचेर आफन्तसँगको सोधपुछमा म्याच गराइरहेका छौं’, महर्जनले भने।

महर्जन यसअघि पनि विमान दुर्घटनाका मृतकहरूको शवको पहिचान गर्नका लागि सहयोगी भूमिकामा थिए। सन् २०१८ को मार्च १२ मा युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। त्यतिबेला ५१ जनाको मृत्यु भएको थियो। 

दुर्घटनाको जानकारी पाउनसाथ अपराध अनुसन्धान कार्यालयमा रहेका महर्जन पनि विमानस्थल पुगेका थिए। उनले उक्त दुर्घटनाका तस्बिरहरू खिचे। सबैजसो सुरक्षाकर्मीसमेत आफ्नो काम सकिएर फर्किँदासमेत फोटोग्राफीमा रुची भएका महर्जन भने शवलाई नजिबाट नियाल्दै फोटा खिचिरहेका थिए। 

उनको उक्त फोटोग्राफीलाई नजिकबाट नियालेका त्रिविका डाक्टरले नै महर्जन शव पहिचानका लागि सहयोगी हुने भन्दै बोलाएर त्रिवि लगेका थिए। त्यसपछि उनले खिचेका फोटोग्राफी र हुलियाबाट शव पहिचान गर्न धेरै सहयोग भएको थियो। 

यो पटक पनि त्रिविका पोष्टमार्टम डाक्टरले नै फोन गरेर सई महर्जनलाई पठाउन भनेपछि पठाइएको एसएसपी कुँवरले बताए। 
महर्जन नेपाल प्रहरीको एक मात्र स्केच आर्टिस्ट हुन्। उनले सुनेको वा कसैले दिएको हुलियाको आधारमा नदेखिएका अपराधीहरूको स्केच उतार्दै आएका छन्। उनैले बनाएको चित्रको सहायताले प्रहरीले कयौं अपराधीलाई कानुनी कठघरामा ल्याउन सफल भएको छ ।

आठ शवको पहिचान गरी पोष्टमार्टम

सई महर्जनसमेतको सहयोगमा २२ मध्ये आठ वटा शवको पहिचान गरेर पोष्टमार्टम गरिसकिएको छ। ती आठ शवलाई आफन्तले समेत पहिचान गरेपछि मंगलबार पोष्टमार्टम गरिएको हो। 

उनीहरूको रिपोर्ट भने आइसकेको छैन। बाँकी १४ वटा शवको पहिचान र पोष्टमार्टमको काम गर्नै बाँकी छ। बिहीबारसम्म सबै शवको पहिचान गरेर पोष्टमार्टम गर्नेगरि काम भइरहेको सई महर्जनले बताए। ‘अब १४ वटा शवको पहिचान र पोष्टमार्टको काम बाँकी छ । त्यसलाई पनि बिहीबारसम्म सक्ने गरी काम गरेका छौं,’ महर्जनले भने । 

यो पनि पढ्नुहोस्

जो कोर्छन् नदेखिएका अपराधीको अनुहारसोमबार, भदौ १६, २०७६

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरस... शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा टनेलभित्र फसेकाहरूको खोजीका लागि बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौध... शुक्रबार, भदौ २६, २०८३
सडकपेटीमा प्रसूति प्रकरण : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी दिँदै सम्बन्धित कर्मचारीलाई तत्काल... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
सडकपेटीमा प्रसूति प्रकरण : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्