• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तारा एअर विमान दुर्घटना : ‘स्केच आर्टिस्ट’ प्रहरीको सहयोगमा गरिँदैछ शवको पहिचान

आठ शवको पोष्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी
64x64
नारायण अधिकारी मंगलबार, जेठ १७, २०७९  १९:३५
1140x725
शव पहिचानमा खटिएका अपराध अनुसन्धान कार्यालयका सई तथा स्केच आर्टिस्ट योगेश महर्जन: फाइल तस्बिर

काठमाडौं– मुस्ताङको थसाङमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याएर पहिचान र पोष्टमार्टम प्रक्रिया अघि बढाउन थालिएको छ। दुर्घटनामा ज्यान गुमाएकामध्ये १० वटा शव सोमबार र बाँकी १२ वटा शव मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

विमान दुर्घटना हुँदा शव क्षतिविक्षत् भएको र शवहरूलाई संकलन गरेर सुरक्षाकर्मीको टोलीले काठमाडौंसम्म ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाएका छन्। क्षतविक्षत् अवस्थामा रहेका केही शवहरूको पहिचान गर्न समस्या भइरहेको छ। 

शवको पहिचान गर्न समस्या भएपछि पोष्टमार्टममै संलग्न डाक्टरहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग सहयोग मागेका थिए।त्यसपछि प्रहरीकै स्केच आर्टिस्टलाई पठाइएको हो। 

महाशाखाबाट सई तथा स्केच आर्टिस्ट योगेश महर्जनले शव पहिचानका लागि डाक्टरलाई सहयोग गरिरहेका छन्। ‘यसअघि पनि यस्ता दुर्घटनामा शवहरूको पहिचान गर्न सहयोगी भूमिका खेलेको भन्दै माग भएपछि हामीले महर्जनलाई पठाएका हौं’, अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले नेपाल लाइभसँग भने। 

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइनएनईटी जहाज आइतबार विहान दुर्घटना भएको थियो। जहाज सोमबार विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। 

दुर्घटनामा परेर २ जर्मन नागरिक, ४ भारतीय, १३ नेपाली र ३ चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। मृत्यु भएकाहरूमध्ये केहीको शव भने क्षतविक्षत् अवस्थामा रहेको छ। शवको पहिचान गर्न समस्या भएको छ। 

शवको पहिचान गर्न समस्या भएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरकै अनुरोधमा सई महर्जन अहिले त्रिविमा खटिएका छन्। शव पहिचानका लागि उनले सहयोगी भूमिका खेलिरहेका छन्। 

महर्जन एक कुशल स्केच आर्टिस्ट र फोटोग्राफर हुन्। टुक्रा–टुक्रा अवस्थामा रहेको शवहरूका विभिन्न हुलिया, बडी पार्टहरूको, दाग, खत, औंलाका भाग जस्ता चिन्ह सहज हुने किसिमका हुलियाहरूको तस्बिर खिच्ने काम स्केच आर्टिस्टसमेत रहेका वरिष्ठ सईले गरेका छन्।

Ncell 2
Ncell 2

त्यसपछि मृतक परिवारसँगको सोधपुछ र बडिपार्टसँग मेल खान हुलियालाई आधार मानेर शवको पहिचान महर्जन गरिरहेका छन्। स्केच नै बनाएर शरीरको भागसँग मेल खाने हुलिया भएको अवस्थामा पनि शवको पहिचान गर्नुपर्ने अवस्था रहेको महर्जनले नेपाल लाइभलाई बताए। 

‘यो पटक त्यति धेरै शव नै नचिनने अवस्था रैनछ। धेरैजसो शवको पहिचान गर्न सजिलो नै छ। तर, पहिचान हुन नसकेका शवहरूको हकमा भने शवका टुक्रा–टुक्राको फोटा खिचेर आफन्तसँगको सोधपुछमा म्याच गराइरहेका छौं’, महर्जनले भने।

महर्जन यसअघि पनि विमान दुर्घटनाका मृतकहरूको शवको पहिचान गर्नका लागि सहयोगी भूमिकामा थिए। सन् २०१८ को मार्च १२ मा युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। त्यतिबेला ५१ जनाको मृत्यु भएको थियो। 

दुर्घटनाको जानकारी पाउनसाथ अपराध अनुसन्धान कार्यालयमा रहेका महर्जन पनि विमानस्थल पुगेका थिए। उनले उक्त दुर्घटनाका तस्बिरहरू खिचे। सबैजसो सुरक्षाकर्मीसमेत आफ्नो काम सकिएर फर्किँदासमेत फोटोग्राफीमा रुची भएका महर्जन भने शवलाई नजिबाट नियाल्दै फोटा खिचिरहेका थिए। 

उनको उक्त फोटोग्राफीलाई नजिकबाट नियालेका त्रिविका डाक्टरले नै महर्जन शव पहिचानका लागि सहयोगी हुने भन्दै बोलाएर त्रिवि लगेका थिए। त्यसपछि उनले खिचेका फोटोग्राफी र हुलियाबाट शव पहिचान गर्न धेरै सहयोग भएको थियो। 

यो पटक पनि त्रिविका पोष्टमार्टम डाक्टरले नै फोन गरेर सई महर्जनलाई पठाउन भनेपछि पठाइएको एसएसपी कुँवरले बताए। 
महर्जन नेपाल प्रहरीको एक मात्र स्केच आर्टिस्ट हुन्। उनले सुनेको वा कसैले दिएको हुलियाको आधारमा नदेखिएका अपराधीहरूको स्केच उतार्दै आएका छन्। उनैले बनाएको चित्रको सहायताले प्रहरीले कयौं अपराधीलाई कानुनी कठघरामा ल्याउन सफल भएको छ ।

आठ शवको पहिचान गरी पोष्टमार्टम

सई महर्जनसमेतको सहयोगमा २२ मध्ये आठ वटा शवको पहिचान गरेर पोष्टमार्टम गरिसकिएको छ। ती आठ शवलाई आफन्तले समेत पहिचान गरेपछि मंगलबार पोष्टमार्टम गरिएको हो। 

उनीहरूको रिपोर्ट भने आइसकेको छैन। बाँकी १४ वटा शवको पहिचान र पोष्टमार्टमको काम गर्नै बाँकी छ। बिहीबारसम्म सबै शवको पहिचान गरेर पोष्टमार्टम गर्नेगरि काम भइरहेको सई महर्जनले बताए। ‘अब १४ वटा शवको पहिचान र पोष्टमार्टको काम बाँकी छ । त्यसलाई पनि बिहीबारसम्म सक्ने गरी काम गरेका छौं,’ महर्जनले भने । 

यो पनि पढ्नुहोस्

जो कोर्छन् नदेखिएका अपराधीको अनुहारसोमबार, भदौ १६, २०७६

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रह... बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बुधबार एक समारोहकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख,... बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवा... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्