काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’को आवेदन खुला गरेको छ।
रास्वपाले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै स्थानीय तहमा नेतृत्व लिन इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो।
पार्टीले आवेदन दिन इच्छुक व्यक्तिलाई आफ्नो आधिकारिक मोबाइल एपमा लगइन गरेर आवेदन दिन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।