complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो कोर्छन् नदेखिएका अपराधीको अनुहार

नारायण अधिकारी/ऋग्वेद शर्मा सोमबार, भदौ १६, २०७६  १४:५०
1140x725

काठमाडौं - एउटा उडुसले मान्छेको खुट्टा समाएर तुन्द्रुङ्ग झुन्ड्याएको छ, र ठ्याक्कै पाइपले ‘जुस’ पिएजसरी पिइरहेको छ- मान्छेको रगत। 

रगत पिउने उडुसहरुबाट आजित कलाकार योगेश महर्जनको कल्पनामा बनेको चित्र जब कागजमा उत्रियो तब देख्नेहरु जिल खाए। त्यही चित्र हो जसले योगेशलाई प्रहरी सेवामा ‘चित्रकार’कै रुपमा काम गर्ने अवसर दिलायो। 

२०६७ बैसाखमा प्रहरी सेवामा प्रवेश गरेका योगेशले तालिमका दिनमा उडुसले सताएको अझै बिर्सिएका छैनन्। दिनभर तालिममा आफ्नो दौडधुप र राति सुत्दा ओछ्यानमा उडुसको दौडधुप। तब, कलाकारको दिमागले सिर्जना समातिहाल्यो र बन्यो- ‘रगत पिउने उडुसको चित्र।’ 

जस्ताको छानामुनि त्रिपालले बेरिएको कोठा भन्न मिल्ने चौकुनोछेउ बसेर अहिले योगेश भिन्न खाले चित्र कोरिरहेका छन्। महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा रहेका उनी अपराधमा संलग्न व्यक्ति, सम्भावित अपराधी र घटनास्थलका अवस्थाहरुको ‘स्केच’ बनाउने काम गर्छन्। 

प्रहरी नायव निरीक्षक योगेशले बनाएका चित्रको सहायताले कति अपराधीहरु समातिएका छन्। कतिपय मुद्दाको गहिराइमा पुग्न उनैका चित्रले सघाएका छन्। आफैले जानेको र रहरले रोजेको काम प्रहरीमा आएर पनि निरन्तर गर्न पाउँदा खुसी देखिन्छन् योगेश। काममा आइपर्ने अप्ठ्यारा पाटाहरु त छँदै छन् तर एकसुरमा रेखा कोर्न थालेपछि उनी चित्रभित्रै हराउँछन्। 

योगेशलाई भेट्न टेकुमा उनको कार्यालय पुग्नेहरुले देख्छन्- प्राय: उनी केही कोरिरहेकै हुन्छन्। असाध्यै ध्यानमग्न भएर। अपराधको खोजसँग सम्बन्धित भएपछि एक कलाकारले चित्रमा खोज्ने अवयव र एक प्रहरीले अनुसन्धानमा खोज्ने सविस्तार अंशको मेल भइरहेको छ।  

हामी पुग्दा पनि योगेश चित्रमै घोत्लिइरहेका थिए। पूर्व राजदूत केशव झा हत्याको घटनास्थल मुचुल्काका लागि उनले विस्तृतमा चित्र उतारिरहेका थिए। शवको अवस्था कस्तो थियो। अन्य प्रमाणहरु कहाँ र कुन अवस्थामा भेटिए। घटनास्थलमा अरु के-के थिए। सम्बन्धित हरेक वस्तु कुन दुरीमा भेटिएका थिए भन्नेजस्ता प्रमाणहरु उनको चित्रमा देखिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

(केशव झा हत्याकाण्ड : गएको वर्ष भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय केशवराज झाको हत्या भएको थियो। फ्रान्सका लागि नेपालका पूर्व राजदूत झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटीछेउमा २ पटक प्रहार गरेर हत्या गरिएको थियो। मध्यराति घरभित्र सुतिरहेको अवस्थामा झाको हत्या भएपछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झाकै घरमा पाले र भान्छेको काम गर्दै आएका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। पछि उनीहरु ८/८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए। झन्डै एक वर्षपछि पुनः प्रहरीले सानुकान्छा तामाङ पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।)

घटनास्थलको सबै कुरा तस्बिरमा भएर पनि केशव झा हत्याकाण्डको स्केच बनाउन किन आवश्यक भयो त? योगेश भन्छन्, ‘कतिपय कुराहरु विस्तृतमा बुझाउन स्केचले ठूलो सहयोग गर्छ, केही अपवादमा तस्बिर भएकै विषयमा पनि स्केच बनाइन्छ।’ 

उदाहरण दिँदै उनी भन्छन्- ६ वर्षअघि काभ्रेमा एक बालिकाको शव फेला परेको थियो। जुन टाउको, हात र शरीर छुट्टिएको अवस्थामा विभत्स थियो। टाउकाको फोटो खिचिएको त हो तर कोहो भन्ने सनाखत भएन। कुनै पनि व्यक्तिलाई यो बच्चालाई चिन्नुहुन्छ भनेर उसको दर्दनाक टाउकाको फोटो देखाउने कुरा भएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

योगेशले भनेजस्तै त्यो विभत्स फोटो देखाउन सम्भव नभएकैले प्रहरीले बालिकाको स्केच बनाएर त्यसलाई चिन्ने मान्छे खोजेका थिए। त्यस्तै नवलपरासीमा एउटा महिलाको शव जलेको अवस्थामा फेला पर्दा पनि त्यसको फोटो विभत्स भएकैले स्केच बनाएर पहिचानमा सहयोग भएको थियो। 

‘अहिले झा घटनामा स्केच नौलो प्रयोग हो। घटनास्थल स्केच हामीले बनाएका छौं। यो घटनास्थल मुचुल्कामा सहयोगी हुनेछ। आफूले जानेकाले अलिकति प्रस्ट हुने र आकर्षक हुने हिसाबले गरौं न भन्ने लागेर गरिरहेको हो। यसले भएकै कुरालाई थप प्रस्ट बनाउन सहयोग गरिरहेको छ,’ योगेशले सुनाए। 

एउटै चित्रले फेरिएको अवसर
‘मान्छेको रगत पिउने उडुसको चित्र’ले महानगरीय प्रहरी अपराध महाशाखामा पुगेका योगेश त्यसदेखि अहिलेसम्म महाशाखामै कार्यरत छन्। उनी महाशाखामा आउँदा प्रहरी तालिम नै पनि राम्ररी सकिसकेको थिएन। युनुस अन्सारीलाई जेलमा गोली हानेको मुद्दामा अभियुक्तको स्केच बनाउने भनेर उनलाई तालिम नसकिँदै अपराध महाशाखा लगिएको थियो।

तालिमकै समयमा विभिन्न खाले चित्र बनाएर सूचना पार्टी नजिक टालेकै भएर उनको कला प्रहरी अधिकारीहरुले नियालेका थिए। 

तालिमकै समयमा गज्जबको ‘स्केच बनाउने मान्छे’ भनेर उनी प्रख्यात थिए। तालिमका क्रममा आफूसँग भएका केही अन्य कौशल देखाउनुपर्ने भयो। फाइन आर्ट पढेका योगेश सानैदेखि चित्र कोर्ने भएकाले उनले एउटा चित्र बनाएर नोटिस बोर्डमा टाँसेका थिए। 

ती दिनमा पुग्दै योगेश सुनाउँछन्, ‘त्यसबेला हृदय थापा तालिममा डिएसपीको रुपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले सबैको कला नियाल्नुभयो। मेरो चित्र देख्दा उहाँको आँखा टक्क अडिएका थिए।’

तालिममा दिनभर पिटी परेड खेलेर थकित हुने र राति भएपछि उडुसले टोकर सुत्न नसक्ने अवस्था योगेशको चित्रमा थियो। उनी भन्छन्, ‘अहिले त धेरै सुधार भइसकेको छ। उडुससँग परिचित हुने अवस्था छैन। हामीले धेरै रगत खुवायौं उडुसलाई। त्यसैले मेरो दिमागमा त्यो चित्र आएको थियो।’

‘ओहो! राम्रो स्केच बनाउने मान्छे रहेछ, हामीलाई यस्तै मान्छे चाहिरहेको थियो,’ चित्र नियालेपछि तत्कालिन डिएसपी हृदय थापाले भनेका थिए।

(युनुस अन्सारी गोलीकाण्ड : अन्सारी नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेर जेल गएका थिए। २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारका कैदी चार्ल्स शोभराजलाई भेट्न आएका जसजित सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए। अन्सारीमाथि जसजितले हानेको ४ राउन्ड गोली नपड्किएपछि पाचौं गोली अन्सारीको कुममा लागेर उछिट्टएिको थियो। पटकपटक नक्कली नोट कारोबारमा पक्राउ पर्दै जेल बस्दै छुटेका अन्सारीलाई महानगरीय प्रहरी कार्यालयको टोलीले केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्।)

योगेशले युनुस अन्सारी गोलीकाण्डको अनुसन्धानका लागि स्केच बनाउँदा उनको तालिम नै चलिरहेको थियो। उनले त्यसबेला हनुमानढोकामा पुगेर पनि स्केच बनाएका थिए। त्यसबेला मनजित सिंहलाई युनुस अन्सारी गोली काण्डमा प्रहरीले पक्राउ गरेको थियो। योगेशको काम थियो- गोली हान्नेले कसको निर्देशनमा गोली चलाएको थियो उसैको स्केच बनाउने। 

गोली हान्ने मनजित सिंलाई निर्देशन दिने व्यक्तिको स्केच पनि उनैले बनाएका थिए।  उनले झन्डै ४५ मिनेट लगाएर बनाएको स्केचले अनुसन्धानमा थप सहयोग गरेको थियो। 

सानैदेखिका कलाकार
योगेशको चित्र कोर्ने रहर सानैदेखिको हो। उनले विद्यालयमा हुँदा सरमिसको चित्र बनाएर उपहार दिनेदेखि साथीहरुको चित्र बनाइदिने काम गर्थे। ललितकला नै पढ्न थालेपछि त बसन्तपुरका गल्लीदेखि कक्षा कोठासम्म उनको समय चित्र कोरेरै बित्थ्यो। 

सानो बेलादेखिकै रुचि भएर नै जहाँ पुगे पनि उनी चित्रबाट टाढिन भने परेको छैन। भन्छन्, ‘सानैदेखिको रुचि नभए त सिक्न पनि सकिँदैन जस्तो लाग्छ। स्किल त सिक्न सकिएला तर फिलिङ्स त सिकिँदैन नि।’

रुचि र ज्ञानसँगै त्यसको निरन्तरता हुनु पनि योगेशको कामको आधार हो। उनले आफ्नै रुचिमा ज्ञान लिए र त्यसलाई निरन्तरता पनि दिइरहेका छन्। 

‘प्रहरीमा आउँदा सुरुमा कन्फिडेन्स पनि थिएन। पहिलेदेखि नै पोर्ट्रटहरु चाहिँ बनाइन्थ्यो नै। प्रहरीमा त युनुस अन्सारी गोलीकाण्डको अनुसन्धानमा बनाएको स्केच नै पहिलो हो। त्यसअघि मिदास भन्ने संस्थामा गरेको कामले पनि यता धेरै सहयोग पुगेको हो,’ योगेशले सुरुका दिन सम्झिए। 

प्रहरी तालिमका दिन सम्झँदा भने योगेशलाई लाग्छ त्यो दुःखको चरम बिन्दु हो र खुसीको पनि। चित्र बनाएर आफ्नो भावना पोख्न पाउँदा उनी अति खुसी हुन्थे भने तालिमको अप्ठ्याराले दुःखी। 

२०६७/६८ तिर हत्याका ठूलाठूला घटना पनि भइरहेका थिए। त्यसैले योगेशको काम प्रहरीभित्र बढिरहेको थियो। श्रवण खड्का, चाँचन, फैजान अहमद, रणबहादुर बम जस्ता घटनाहरुमा उनले स्केच बनाए। उनका स्केचले अनुसन्धानमा सहयोग पुगेकैले होला उनी आएदेखि अपराध महाशाखा नै छन्। 

कसरी बनाउँछन् स्केच?
साधा कागजमा पेन्सिलले कोरिने धर्काहरुको सहायताले एउटा सजीव लाग्ने अनुहार योगेश स्केचमा उतार्छन्। जुन चित्रले मानिसको परिचय बन्छ र त्यसको खोजमा सहयोगी। 

अपराधमा आधारित अनुसन्धानमा गरिने स्केचमा योगेशको कल्पनाको महत्व छैन। चिम्सा आँखा बनाउने या ठूला आँखा बनाउने, थेप्चो नाक बनाउने या चुच्चो नाक बनाउने, कालो वर्ण बनाउने या गोरो, घुम्रिएको कपाल बनाउने र तालु सबै कुरा घटनाका प्रत्यक्षदर्शीको भनाइमा आधारित रहन्छ। 

‘बनाउने त पेन्सिलले नै हो। जसले हुलिया दिँदैछ उसलाई मैले विश्वस्त गराउन सक्नुपर्छ। मैले बनाएको स्केच उसैले भनेको व्यक्ति जस्तै भयो कि भएन त्यो हुलिया दिनेमा नै भर पर्ने कुरा हो,’ योगेश भन्छन्, ‘भनेअनुसार बनेन भने त्यसमा सुधार गर्दै गएर उसलाई विश्वस्त बनाउनैपर्छ। बनाउँदै जाँदा एउटा अवस्थामा पुगेपछि, ‘अँ यतिसम्म चाहिँ ठिकै हो, यस्तै थियो’ भन्नेसम्म पुग्नैपर्छ। यो हुँदै भएन भनियो भने अर्को बनाउन सुरु गर्नुपर्छ।’

यसैले हुलिया दिने व्यक्तिका आँखाले अपराधमा संलग्नको जस्तो तस्बिर दिमागका छापेको हुन्छ, योगेशले सिसाकलम चलाएर ठिक उस्तै आकृति कागजमा उतार्ने नै हुन्। 

‘सबै कुरा देख्ने मान्छेमा नै भर पर्ने हुन्छ। त्यही भएर कहिलेकाहीँ स्केच फरक पर्न पनि सक्छ,’ यसलाई बुझाउन उनी एउटा उदाहरण दिन्छन्, 'मानौं एउटा कलाकारलाई बीचमा राखेर वरपर ३० जना चित्रकारले तिनको चित्र बनाउने हो भने पनि फरकफरक नै चित्र बनेको हुन्छ। हरेक चित्रकारलाई आफूले बनाएको चित्र दुरुस्त भएको भान हुन्छ। त्यसमा सबैको फरक भए पनि सबै नजिक पुगेका पनि हुन्छन्।' 

योगेश कहिलेकाहीँ दुई/तीन जनाको राय लिएर पनि एउटा स्केचमा काम गरिरहेका हुन्छन्। घटनाका प्रत्यक्षदर्शी धेरै भएको अवस्थामा धेरै जनाको राय लिँदा पनि नजिक पुग्न सहज हुने योगेशको अनुभव छ। त्यसैगरी फैजान अहमदको मुद्दामा योगेशले बनाएको चित्र धेरै हदसम्म मिलेको थियो र अनुसन्धानमा समेत ठूलो उपलब्धि भयो।  

(फैजान अहमद काण्ड : इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते काठमाडौं घन्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेसेवर हत्याराको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरे पनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्।)

फैजान अहमदलाई घन्टाघरअघि मुलबाटोमै समातेर गोली हानिएको थियो। त्यो घटना देख्ने त्रिचन्द्र कलेका केही विद्यार्थी थिए। योगशलाई तिनीहरुमध्ये दुई विद्यार्थीको रायमा आधारित रहेर स्केच बनाएका थिए। जुन धेरै हदसम्म मिल्यो पनि। त्यसबेला मेट्रो वान कुवेर सिंह रानाले बोलाएर योगेशलाई स्केच राम्रो भएको भन्दै धन्यवाद पनि दिएका थिए। 

कुनैकुनै बेला स्केच अतिरञ्जित पनि भइदिन्छन्। देख्नेले नदेखेका कुरा पनि देखेँ भनेर ढुक्क भएर बताइदिँदा स्केच बिग्रन्छ। नख्खु कारागारमै विष खुवाएर एक कैदीको हत्या गरेका सिरियल किलर अभिषेकराज सिंहको मुद्दामा पनि मिल्ने खालको स्केच तीन पटक विभिन्न आधारमा बनाइसकेको भए पनि उनलाई केही कुरा मिलेको पत्तो भने थिएन। 

(अभिषेकराज सिंह काण्ड : गएको वर्ष बैसाख २२ गते ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारको रहस्यमय मृत्यु भयो। नख्खु जेलमै रहेका सिरियल किलर अभिषेक राज सिंहले मन्द विष खुवाएर उनको हत्या गरेका थिए। बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ घर भएका सिंह ७ जनाभदा बढीको हत्यामा संलग्न भएका व्यक्ति हुन्। उनीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ३५ वर्ष, सुर्खेत र जनकपुरबाट २०/२० वर्ष जेल सजाय सुनाइएको छ। उनले सुर्खेत, भक्तपुर, जनकपुर र रुपन्देहीमा विषादी प्रयोग गरी व्यक्तिको हत्या गरेका थिए।)

कोही प्रत्यक्षदर्शीले भनेकै आधारमा मात्रै स्केच बनाउने भए पनि योगेश उसले कतिसम्म सत्य बोलेको हो भन्नेमा पनि बडो ध्यान दिन्छन्। अभिषेकराज सिंहलकै मुद्दामा तीन व्यक्तिले भनेको आधारमा स्केच बनाउँदा हरेकका भनाइमा केही कुराहरु मात्रै मिलेका थिए। 

‘एउटा स्केचमा एक जनाले गालामा कालो कालो खत जस्तो आएको बताएको थियो। सोही अनुसार बनाइयो तर, एकदमै मिलेन। मैले भन्ने मान्छेलाई विश्वस्त पार्न सकिनँ या उसले मलाई विश्वस्त पार्न सकेन बुझिँदै बुझिएन,’ योगेशले भने। 

कुनै बेला प्रत्यक्षदर्शी र घटनामा संलग्नले झुट बोलिदिँदा पनि स्केच र वास्तविक मान्छेमा आकाश-जमिनको फरक भइरहेको हुन्छ। 

योगेशको काममा दौरान स्केच मिलेका र नजिक पुगेका घटनासँगै मिल्दै नमिलेका घटना पनि धेरै नै छन्। त्योमध्ये योगेशलाई सधैं झस्काउने एउटा घटना छ। जुन सम्झँदा उनी नमज्जा मानिरहेका हुन्छन्। त्यो घटनामा केही सञ्चारमाध्यममा ‘प्रहरीले बनाएको स्केच काम छैन’ भन्ने शैलीमा आएका समाचारले पनि योगशलाई नरमाइलो लाग्छ। स्केच कोही प्रत्यक्षदर्शी र घटनामा संलग्न व्यक्तिको भनाइको आधारमा बनाउने हुँदा मिल्ने या नमिल्ने भन्ने कुरा चित्रमा मात्रै आधारित नहुने योगेश बताउँछन्। 

सीमा बस्नेतलाई एसिड हानेको घटनामा ठ्याक्कै त्यस्तै भएको थियो।

बस्नेतकै बयानका आधारमा स्केच बनाउँदा उनले भनेका कुरा र पक्राउ परेका अभियुक्तको अनुहार धेरै नै फरक परेको थियो। कतिपय अवस्थामा गलत बयान दिएका कारण स्केच नमिल्ने उनी बताउँछन्। उनी भन्छन्, 'सीमाको केसमा पनि सायद त्यस्तै पो भएको थियो कि!’

(सीमा एसिड काण्ड : २०७१ फागुनको पहिलो साता बसन्तपुर झोँछेस्थित एक ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको थियो। बस्नेतले अज्ञात व्यक्तिले आक्रमण गरेको भने पनि प्रहरीले अनुसन्धान गर्दा उनकै प्रेमी भनिएका जीवन विकले एसिड प्रहार गरेको खुलेको थियो। विकलाई प्रहरीले फागुनको अन्तिम साता पक्राउ गरेको थियो।)

सीमाको घटनामा अभियुक्त को भन्ने उनी जानकार भए पनि स्केच बनाउने बेला उनले दिएको हुलिया फरक थियो। उनी आफैले देखिरहेको मान्छेको बारेमा पनि किन झुटो बोलिन् भन्ने योगेश अझै सोच्छन्। उनले भनेजस्तो चोसो परेको मंगोलियन अनुहार र हुक लगाएको व्यक्तिको स्केच बन्दा प्रहरीको धेरै आलोचना पनि भएको थियो। 

योगेशले अहिलेसम्म कति अभियुक्तको स्केच बनाइयो भन्ने गणना नै त गरेका छैनन् तर प्रहरीको आएदेखि उनको काम नै त्यही छ। पहिले जस्तो हरेक घटनामा स्केचको प्रयोग हुने नभए पनि हिजोआज यसको महत्व नघटेको उनलाई लाग्छ। 

‘अहिलेसम्म लगभग साढे ३ सयभन्दा बढीको स्केच बनाएँ जस्तो लाग्छ। पहिलापहिला त धेरै नै बनाइन्थ्यो। पछिल्लो समय चाहिँ ठूलो केशमा मात्रै स्केच प्रयोग गर्ने भन्ने भएपछि अहिले अलि कम भएको छ,’ उनी भन्छन्।

कस्तो अवस्थामा बनाइन्छ स्केच?
आधुनिक फाटोग्राफीको विकास नहुँदाको समयमा पुग्ने हो भने योगेश जस्ता कलाकारको स्केचमा मात्रै आधारित भएर अपराधीको खोज गर्नुपर्ने हुन्थ्यो। प्रविधिमा जति नै ठूलो विकास भए पनि त्यो समयदेखि अहिलेसम्म मानिसको आँखा भने फेरिएको छैन। एउटा आँखाले देख्ने एउटा अनुहार र अर्को आँखाले देख्ने त्यही अनुहार पनि फरक ढंगले बुझिएको हुन्छ। त्यसैले स्केच बनाउँदाको महत्वपूर्ण कुरा नै सकेसम्म वास्तविकताको नजिक पुग्ने नै हो। 

‘प्राय: त चिन्दै नचिनको मान्छे, जसलाई देखेको छ सम्झनामा मात्रै आउँछ र फोटो छैन भने त्यस्तो मान्छेको स्केच बनाइन्छ। कुनै सिसी टिभी क्यामेरामा अभियुक्त देखिएको छ तर, अनुहार अलि नचिनिने रहेछ भने त्यसको पनि स्केच बनाइन्छ। कतिपय अवस्थामा घटनास्थल प्रस्ट पार्न पनि स्केचको काम हुन्छ,’ योगेशले सुनाए। 

योगेशले स्केच बनाउँदा एउटा स्पष्ट लाइनमा आधारित भएर चित्र कोर्ने काम गर्छन्। त्यसैले सिसी टिभीको कुनै फुटेजमा धमिला धर्साहरु मात्रै देखिन्छन् भने त्यसैमा आधारित रहेर उनी स्पष्ट आकृतिको खोजी गर्छन्। 

योगेश भन्छन्, ‘मानिसहरु हाम्रो आँखालाई विशेष किसिमको आँखा ठान्छन्। तर त्यस्तो होइन। हामीले देख्ने र अरु सामान्य व्यक्तिका आँखाले देख्ने कुरा उस्तै हुन्, फरक भनेको हामी अलि विस्तृतमा नियाल्छौँ।’

हुन पनि स्केचले ठ्याक्कै यही मान्छे हो भन्ने हुँदैन। त्यसले अनुसन्धानको दायरालाई साघुँरो पार्ने काम भने गर्छ। ‘स्केच भनेको डिएनएलाई लिएर कि हो कि होइन भन्ने जस्तो हुँदैन। घटनाको प्रकृति हेरी अनुसन्धानमा सहयोगी हुने देखियो भने बनाउने हो र त्यसले अनुसन्धानमा सहयोग गर्ने नै हो,’ उनले प्रस्ट्याए।

योगेश बेलाबेला स्केच बनाउन काठमाडौंबाहिर पनि जानुपर्छ। पछिल्लो सयम कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दामा पनि योगेश स्केच बनाउन कञ्चनपुर नै पुगेका थिए। 

(निर्मला बलात्कार/हत्याकाण्ड : २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साथीको घरमा होमवर्क गर्न जान्छु भनेर घरबाट निस्किएकी बालिका पन्तको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो। हत्या भएको एक वर्ष नाघिसक्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन। उक्त हत्याकाण्ड पत्ता लगाउन दर्जनौं मान्छेको डिएनएको जाँच गरिएको थियो भने केही व्यक्तिको स्केचसमेत बनाएर प्रहरीले अनुसन्धान गरेको थियो। तर, अहिलेसम्म अभियुक्त पहिचान हुन सकेको छैन।)

कञ्चनपुरमा एकान्तमा भेटिने महिलाहरुलाई एक्कासि लुगा फुकालेर आफ्नो गुप्तांग देखाउने आपराधिक मनोवृत्तिका मान्छेहरु छन् भन्ने भएपछि योगेशले ती मानिसको स्केच तयार पारेका थिए। तीमध्ये केही पक्राउ पनि परे। पछि घटनामा असंलग्न रहेको देखिएपछि छाडिएका थिए। 

‘त्यो बेला स्केचका आधारमा मानिसहरु समातेर अनुसन्धान गरिएको थियो। तर डिएनए नमिलेपछि उनीहरुलाई छाडियो,’ योगेशले सुनाए। 

कञ्चनपुरसँगै उनी रुपन्देही, नवलपरासी, बारा, चितवन, सिरहा लगायतका जिल्लाहरुमा पनि विभिन्न घटनाको अनुसन्धानको सिलसिलामा स्केच बनाउन गएका छन्। अझ कुनै अवस्स्थामा त बाहिर जिल्लाको मुद्दामा उनले भाइबरमा भिडियो च्याटमार्फत कुरा गरेर पनि स्केच बनाएका छन्। 

‘कतिपय अवस्थामा भने घटना देखेको व्यक्ति डराएर पनि सत्य कुरा बोलिरहेको हुँदैन। म बाहिर जिल्लामा जाँदा अनुसन्धानमा संलग्न प्रहरीले स्केच बनाउने वातावरण मिलाइसकेका हुन्छन्, त्यसले अलिकति सजिलो हुन्छ,’ उनले अनुभव सुनाए। 

बाहिर पनि छन् कामका चाङ
प्रहरीमा गरिने कामबाहेक केही समय हुने फुर्सदमा पनि योगेश अरु काम गर्छन्। कहिँलेकाहीँ मात्रै। भन्छन्, ‘प्राय: त समय नै हुँदैन। पोर्ट्रेट बनाइदेऊ भनेर आएका कामका चाङ त यसै अड्किरहेका छन्।’

योगेश मिलेका बेला कुनै किताबहरुमा चित्र बनाउने काम पनि गर्छन्। साथीहरुबाट ‘यस्तो काम आएको छ गरिदिम् न’ भन्दा पनि उनी भो भन्दैनन्। केही आफ्नै सोखले बनाउन मन लागेका चित्रहरु पनि बनाइरहेका हुन्छन्। प्राय त उनलाई चित्र बनाउन गजब लाग्नेमा नचिनिएका अनुहारहरु नै छन्। 

चित्र प्रदर्शनी पनि गरौ‌ं जस्तो लाग्दैन?

प्रश्न सुन्नेवित्तिकै योगेश अलिकति हाँसे र केहीबेर मौन भएपछि भने, ‘साथीहरुले प्रदर्शनी गरौं त भन्छन्। तर मलाई म त्यसका लागि तयार भइसकेको छु जस्तो लाग्दैन।’

अलिअलि चित्र बनाउन थाल्नेहरुले नै चित्र प्रदर्शनी गरेर स्टार बनिरहेको योगेशलाई राम्रो लागेको छैन। त्यस्ता व्यक्तिहरु राम्रो चित्र बनाउने भन्दा पनि नाम बनाउने ध्याउन्नमा हुने उनको विचार छ। 

बरु योगेशको विचार छ, ‘प्रहरी अनुसन्धानमा बनाएका चित्रहरु नै पो प्रदर्शनीमा राखौं कि!’

तर, त्यो सहज भने छैन। उनी आफै भन्छन्, ‘मेरो स्केच त सार्वजनिक गर्न मिल्ला तर उनीहरुको अनुहार त सार्वजनिक गर्न मिल्दैन नि त। प्रदर्शनी गरेँ भने पनि प्रदर्शनीस्थलमा क्यामेरा मनाही गर्नुपर्छ होला।’

अझै बुझ्न पाए हुने
तालिम सकिएदेखि बर्दी नलगाई जागिर खाइरहेका योगेश आफ्नो काम नै त्यस्तै भइरहेकाले फरक अनुभव भइरहेको सुनाउँछन्। 

‘प्राय बर्दी देखेपछि मानिसहरु प्रहरी आयो भनेर चिन्छन्। त्यसमा कसैले सुरक्षित महसुस गर्लान्, कसैले असुरक्षित महसुस पनि गर्लान्,' उनी भन्छन्, 'एउटा प्रहरीको काम नै हरेक अवस्थामा काममा तत्पर रहनु नै हो अझ बर्दी हुँदा त्यो तत्परता बढ्छ।’

योगेशले चुनावको समयमा भने बर्दी लगाएर नै काममा खटिने अनुभव पनि लिएका छन्। उनी त्यो बेला प्रहरीमा ‘स्केच आर्टिस्ट’ भन्ने रहँदैनन्। अन्य प्रहरी जस्तै मैदानमा नै सुरक्षामा खटिएका हुन्छन्। 

स्केच बनाउने काममा सुखदुःखको आधारमा हेर्ने हो भने पनि बाहिर खटिनु नपर्ने हुँदा सुख मान्छन् योगेश। दुःखमा कुरा उनी कामको वातावरण भने नभएको गुनासो गर्छन्। 

‘म जस्तो मान्छे प्रहरीमा एक्लो हुनुको सट्टा अरु पनि भइदिएको भए अलि सजिलो हुन्थ्यो। सबै कुरा मलाई थाहा नहुन पनि त सक्छ। जस्तो कि म चिनियाँ नागरिक सबैको अनुहार उस्तै मानिरहेको हुन्छु। तर, त्यसो त होइन नि। नेपालभित्रकै विविधता पनि राम्ररी बुझ्न पाएको भने छैन,’ उनले भने। 

नेपालभित्र फरक शारीरिक बनावट भएको ठाउँमा पुगेर केही दिन चित्र बनाउन पाए सबै विविधता बुझिने र अरुले भनेको आधारमा काम गर्न सहज हुने उनलाई लाग्छ। त्यसका लागि केही पहल पनि गरिरहेका छन्। 

‘अनुहार चिन्ने अवसर पाएँ भने राम्रो हुन्छ भन्ने छ। म आफैंलाई पनि तालिम दिने मान्छे भएन। यस्तो कामका लागि विदेशमा धेरै तालिम हुन्छन् भन्ने सुनेको छु, त्यस्ता खालका तालिम पाइयो भने पनि अझै राम्रो हुन्थ्यो कि,’ योगेशले आफू खारिने उपाय सुझाए।

अहिलेसम्म कुनै चित्र असाध्यै मन परेर किन्नुभएको छ? 

हाम्रो अन्तिम प्रश्नपछि एकछिन घोरिएर योगेश भन्छन्, 'पेन्टिङ किन्न सक्ने हैसियत ममा छैन। त्यसकारण नै किनेको पनि छैन। भविष्यमा टन्न पैसा कमाउन सकेँ भने मन परेको पेन्टिङ किन्ने छु। तर, कमर्सियल पेन्टिङमा आँखै लाग्दैन। क्रियटिभ पेन्टिङ किन्नै सकिँदैन।

भिडियो-

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्