काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान छ।
विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न व्यक्ति तथा सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्लो सूचना लिएर आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।