काठमाडौं– सरकारले दोलखामा फिल्म सिटी बनाउने बताएको छ। साथै काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
संघीय संसद्मा आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले फिल्म सिटी र इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
बजेट भाषणमा भनिएको छ, ‘दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्नेछ। काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो बनाइनेछ।’
यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने पनि बजेटमार्फत् घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।