काठमाडौं–बेलायतको स्टोनहेन्ज आफैंमा एक रहस्यमय ठाउँ हो। करिब पाँच हजार वर्ष पुरोना संरचनाबारे जति अध्ययन गरे पनि वैज्ञानिकले अहिलेसम्म स्टोनहेन्ज निर्माण गर्नुको रहस्य पत्ता लगाउन सकेका छैनन्।
त्यसबेला बिना कुनै प्रवधिको सहायताले त्यस्ता संरचना कसरी बनाउन सकियो भन्ने कौतुहलता आम मानिसबीच अझै रहेको छ।
वैज्ञानिकका अनुसार आधुनिक उपकरणबिना त्यस्ता संचरना बनाउन सम्भव छैन। यस्ता संरचनाको विषयमा एन्सेन्ट एस्ट्रोलोजिस्ट भने परग्रहीले बनाएको दावी गर्छन्।
यही स्टोनहेन्जसँग जोडिएको एक नयाँ रहस्यको खुलाशा भएको छ। यहाँ खाडलहरुको एक जाल रहेको पाइएको छ। स्टोनहेन्ज आसपास क्षेत्रमा एक आर्कियोलोजिकल अध्ययन ‘बायोप्सी’पछि खाडलहरूबारे जानकारी पाइएको हो। यो अध्ययन स्टोनहेन्ज क्षेत्रमा गरिएका रिसर्चमध्येकै ठूलो हो।
यस अध्ययनमा सैयौं ठूला खाडलहरू भएको खुलाशा गरिएको छ। यिमध्ये हरेक खाडल कम्तिमा २.४ मिटर(७.८ फिट) चौडा रहेका छन्। वैज्ञानिकका अनुसार यि खाडलमध्ये केही मानवनिर्मित हुन्।
स्टोनहेन्ज र एवेबरी वल्र्ड हेरिटेज साइटका लागि काम गर्दै आएका आर्कियोलोजिस्ट निक स्नशाल भन्छन्, ‘नयाँ भौगर्भिय सर्भेक्षण प्रविधि र उत्खननका माध्यमबाट स्टोनहेन्जमा अहिलेसम्म खोजी गरिएको मानव गतिविधिको सुरुवाती प्रमाणको रूपमा खुलाशा भएको हो।’
यद्यपि यि खाडलको प्रयोजन के थियो ? यसको कुनै स्पष्ट र निर्णायक कारण भने पत्ता लगाउन सकिएको छैन। वैज्ञानिक अझै पनि खाडलको उपयोगिताबारे अध्ययन गरिरहेका छन्। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।