• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलबाटै सुन तस्करीको धन्दा भएको आशंका, दुबईबाट आएको साढे दुई किलो सुन कसको?

64x64
नारायण अधिकारी बुधबार, वैशाख २८, २०७९  ०९:४८
1140x725

काठमाडौं– वैशाख १५ गते दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानको शौचालयबाट दुई जनाले झण्डै साढे दुई किलो सुन निकाले। सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् सरसफाइमा खटिएका दुई कर्मचारीले दुई किलो ३२२ ग्राम सुन शौचालयबाट निकालेका थिए। 

पाँचथरको याङवरक गाउँपालिका–४ घर भएका २८ वर्षीय भीमकुमार माबो र नुवाकोटको तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङले शौचालयभित्रको फोहोरमा फालिएको सुनका बिस्कुट निकालेका थिए। 

सुनगाभा कम्पनीमार्फत् सरसफाइमा खटिएका माबोले शौचालयको फोहोरमा फालिएका सुनका बिस्कुट निकाले। विमानको फोहर जम्मा गर्ने ठाउँमा बसेका तामाङलाई बोलाएर माबोले उक्त बिस्कुट बाँडे। सुनका बिस्कुट माबो र तामाङ दुबैले आफ्नो मनि पर्समा राखे। उक्त बिस्कुट पूर्वयोजना अनुसार उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर केही व्यक्तिलाई सुम्पनु पर्ने थियो। 

सोही योजना अनुसार उनीहरुले सुनका बिस्कुट लिएर विमानस्थलको फलामे गेट बाहिरिने तयारी गरे। गेट पास हुने बेला उनीहरुको स्क्रीनिङ मेसिनमा जाँच भयो। सो क्रममा माबोले टेपले बेरेर बोकेको पर्समा १ हजार १६६ र तामाङले बाकेको पर्सबाट पनि १ हजार १६६ ग्राम सुन बरामद भयो। 

उक्त सुन रिसिभ गर्न विमानस्थल बाहिर कुरेर बसेका तीन जना पनि पक्राउ परे। उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेमबहादुर थापा र सुनगाभा सप्लायर्समार्फत विमानभित्र सरसफाइको सुपरभाइजरको रुपमा खटिएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरी पनि समातिए। 

पक्राउ परेका उनीहरुलाई विमानस्थल प्रहरीले थप कारबाही र अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयलाई बुझाएको थियो। उक्त घटनाको अहिले अनुसन्धान भइरहेको र अनुसन्धानको क्रममा केही नयाँ तत्थहरु खुल्दै गएका छन्।

गोरे समूहकै सुन भएको आशंका
स्रोतका अनुसार पक्राउ परेकाहरुको बयान अनुसार बरामद सुनको नेक्सस गोरे समूहसम्म जोडिएको छ। पक्राउ परेकाहरुले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडिएर दोषी ठहर भई केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका चुडामणि उप्रेती (गोरे) का मान्छेको नाम पोलेपछि नयाँ आशंका उब्जिएको हो। 

स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पक्राउ परेका मान्छेहरुले गोरेका भाई रमेशको समेत नाम पोलेका छन्। यद्यपि, यसको अहिलेसम्म पुष्टि भइसकेकोे छैन। हामी अनुसन्धानकै क्रममा छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट २ किलो सुन बरामद, सफाइ कर्मचारीसहित ५ जना पक्राउ

सुन तस्करको आरोपमा प्रतिवादी रहेका गोरेका भाइ रमेश उप्रेती अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहायतामा दुबईमा पक्राउ परेका थिए। उनलाई गत पुसमा मात्रै नेपाल ल्याइएको थियो। त्यसपछि मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। मोरङ अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए। अहिल उनैले पुनः सुन तस्करी गरेको आरोप लागेको छ। 

पटक–पटक तस्करी, चौंथो पटकमा पक्राउ
सरसरफाईका कर्मचारीलाई प्रयोग गरेर पटक पटक सुन तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार यसअघि उनीहरुले तीन पटकसम्म यही शैलीमा सुनको तस्करी गरेको खुलेको हो। स्रोतले भन्यो, ‘यसअघि सानो परिणाममा तीन पटकसम्म यही शैलीमा सुन तस्करी गरिएको रहेछ। चौंथो पटकमा उनीहरु पक्राउ पर्न सफल भएका हुन्।’

विभिन्न अनुसन्धान र विभिन्न व्यक्तिहरुसँको संवादबाट यो कुरा पुष्टि हुने आधारहरु देखिएको स्रोतको भनाइ छ। यता, भन्सार कार्यालयले पनि अनुसन्धानबाट उनीहरुले यसअघि पनि यही शैलीमा सुन तस्करी गरेको खुलेको छ। 

तीन जनाको बयान सकियो 
पक्राउ परेका पाँचै जनाको अनुसन्धान गरिरहेको भन्सार कार्यालयले तीन जनाको बयान लिइसकेको छ। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले तीन जनाको बयान सकिएको र दुई जनाको बयान गर्ने क्रममा रहेको नेपाल लाइभलाई बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुले नयाँ नयाँ सामाजिक सञ्जाल प्रयोग गरी त्यसमार्फत् नै कुराकानी गरेर तस्करी गर्ने गरेको खुलेको छ। ‘अधिकांश कारोबार तथा तस्करीको कुराकानी सामाजिक सञ्जालमार्फत् नै हुने गरेको देखिएको छ। एकले अर्को व्यक्तिलाई नचिन्ने तर, फलानो हुलिया गरेको व्यक्तिलाई सामान दिनु भन्ने मात्रै गरेको देखियो’ भट्टराईले भने। 

दुबईबाट सुन ल्याउने को थिए?
प्रहरीले विमानको शौचालयको फोहोरमा सुन राखेको निकाल्ने र उक्त सुन रिसिभ गर्नेसम्मका पाँच जनालाई पक्राउ गरेको थियो। तर, उक्त सुन विमानको शौचालयको फोहोरमा राख्ने व्यक्ति को थिए भन्ने न प्रहरीले पत्ता लगायो न अहिले भन्सारले नै पत्ता लगाएको अवस्था छ।

दुबईबाट सुन ल्याएका व्यक्तिले पूर्वीयोजना अनुसार नै शौचालयको फोहोरमा सुन फ्याँकेर हिँड्ने र सरसफार्ईका कर्मचारी गएर उक्त सुन विमानस्थलबाट पास गराउने योजना देखिन्छ। सोही अनुसार सुन ल्याएका व्यक्ति सबै यात्रु ओर्लिएपछि अन्तिममा शौचालयको फोहोरमा सुन फालेर ओर्लिएको हुनसक्ने अनुमान गरेर अनुसन्धान अघि बढाइएको छ। यद्यपि, अहिलेसम्म उनको पहिचान हुन सकेको छैन। 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्