• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलबाटै सुन तस्करीको धन्दा भएको आशंका, दुबईबाट आएको साढे दुई किलो सुन कसको?

64x64
नारायण अधिकारी बुधबार, वैशाख २८, २०७९  ०९:४८
1140x725

काठमाडौं– वैशाख १५ गते दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानको शौचालयबाट दुई जनाले झण्डै साढे दुई किलो सुन निकाले। सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् सरसफाइमा खटिएका दुई कर्मचारीले दुई किलो ३२२ ग्राम सुन शौचालयबाट निकालेका थिए। 

पाँचथरको याङवरक गाउँपालिका–४ घर भएका २८ वर्षीय भीमकुमार माबो र नुवाकोटको तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङले शौचालयभित्रको फोहोरमा फालिएको सुनका बिस्कुट निकालेका थिए। 

सुनगाभा कम्पनीमार्फत् सरसफाइमा खटिएका माबोले शौचालयको फोहोरमा फालिएका सुनका बिस्कुट निकाले। विमानको फोहर जम्मा गर्ने ठाउँमा बसेका तामाङलाई बोलाएर माबोले उक्त बिस्कुट बाँडे। सुनका बिस्कुट माबो र तामाङ दुबैले आफ्नो मनि पर्समा राखे। उक्त बिस्कुट पूर्वयोजना अनुसार उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर केही व्यक्तिलाई सुम्पनु पर्ने थियो। 

सोही योजना अनुसार उनीहरुले सुनका बिस्कुट लिएर विमानस्थलको फलामे गेट बाहिरिने तयारी गरे। गेट पास हुने बेला उनीहरुको स्क्रीनिङ मेसिनमा जाँच भयो। सो क्रममा माबोले टेपले बेरेर बोकेको पर्समा १ हजार १६६ र तामाङले बाकेको पर्सबाट पनि १ हजार १६६ ग्राम सुन बरामद भयो। 

उक्त सुन रिसिभ गर्न विमानस्थल बाहिर कुरेर बसेका तीन जना पनि पक्राउ परे। उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेमबहादुर थापा र सुनगाभा सप्लायर्समार्फत विमानभित्र सरसफाइको सुपरभाइजरको रुपमा खटिएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरी पनि समातिए। 

पक्राउ परेका उनीहरुलाई विमानस्थल प्रहरीले थप कारबाही र अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयलाई बुझाएको थियो। उक्त घटनाको अहिले अनुसन्धान भइरहेको र अनुसन्धानको क्रममा केही नयाँ तत्थहरु खुल्दै गएका छन्।

गोरे समूहकै सुन भएको आशंका
स्रोतका अनुसार पक्राउ परेकाहरुको बयान अनुसार बरामद सुनको नेक्सस गोरे समूहसम्म जोडिएको छ। पक्राउ परेकाहरुले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडिएर दोषी ठहर भई केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका चुडामणि उप्रेती (गोरे) का मान्छेको नाम पोलेपछि नयाँ आशंका उब्जिएको हो। 

स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पक्राउ परेका मान्छेहरुले गोरेका भाई रमेशको समेत नाम पोलेका छन्। यद्यपि, यसको अहिलेसम्म पुष्टि भइसकेकोे छैन। हामी अनुसन्धानकै क्रममा छौं।’

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट २ किलो सुन बरामद, सफाइ कर्मचारीसहित ५ जना पक्राउ

सुन तस्करको आरोपमा प्रतिवादी रहेका गोरेका भाइ रमेश उप्रेती अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहायतामा दुबईमा पक्राउ परेका थिए। उनलाई गत पुसमा मात्रै नेपाल ल्याइएको थियो। त्यसपछि मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। मोरङ अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए। अहिल उनैले पुनः सुन तस्करी गरेको आरोप लागेको छ। 

पटक–पटक तस्करी, चौंथो पटकमा पक्राउ
सरसरफाईका कर्मचारीलाई प्रयोग गरेर पटक पटक सुन तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार यसअघि उनीहरुले तीन पटकसम्म यही शैलीमा सुनको तस्करी गरेको खुलेको हो। स्रोतले भन्यो, ‘यसअघि सानो परिणाममा तीन पटकसम्म यही शैलीमा सुन तस्करी गरिएको रहेछ। चौंथो पटकमा उनीहरु पक्राउ पर्न सफल भएका हुन्।’

विभिन्न अनुसन्धान र विभिन्न व्यक्तिहरुसँको संवादबाट यो कुरा पुष्टि हुने आधारहरु देखिएको स्रोतको भनाइ छ। यता, भन्सार कार्यालयले पनि अनुसन्धानबाट उनीहरुले यसअघि पनि यही शैलीमा सुन तस्करी गरेको खुलेको छ। 

तीन जनाको बयान सकियो 
पक्राउ परेका पाँचै जनाको अनुसन्धान गरिरहेको भन्सार कार्यालयले तीन जनाको बयान लिइसकेको छ। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले तीन जनाको बयान सकिएको र दुई जनाको बयान गर्ने क्रममा रहेको नेपाल लाइभलाई बताए।

उनीहरुले नयाँ नयाँ सामाजिक सञ्जाल प्रयोग गरी त्यसमार्फत् नै कुराकानी गरेर तस्करी गर्ने गरेको खुलेको छ। ‘अधिकांश कारोबार तथा तस्करीको कुराकानी सामाजिक सञ्जालमार्फत् नै हुने गरेको देखिएको छ। एकले अर्को व्यक्तिलाई नचिन्ने तर, फलानो हुलिया गरेको व्यक्तिलाई सामान दिनु भन्ने मात्रै गरेको देखियो’ भट्टराईले भने। 

दुबईबाट सुन ल्याउने को थिए?
प्रहरीले विमानको शौचालयको फोहोरमा सुन राखेको निकाल्ने र उक्त सुन रिसिभ गर्नेसम्मका पाँच जनालाई पक्राउ गरेको थियो। तर, उक्त सुन विमानको शौचालयको फोहोरमा राख्ने व्यक्ति को थिए भन्ने न प्रहरीले पत्ता लगायो न अहिले भन्सारले नै पत्ता लगाएको अवस्था छ।

दुबईबाट सुन ल्याएका व्यक्तिले पूर्वीयोजना अनुसार नै शौचालयको फोहोरमा सुन फ्याँकेर हिँड्ने र सरसफार्ईका कर्मचारी गएर उक्त सुन विमानस्थलबाट पास गराउने योजना देखिन्छ। सोही अनुसार सुन ल्याएका व्यक्ति सबै यात्रु ओर्लिएपछि अन्तिममा शौचालयको फोहोरमा सुन फालेर ओर्लिएको हुनसक्ने अनुमान गरेर अनुसन्धान अघि बढाइएको छ। यद्यपि, अहिलेसम्म उनको पहिचान हुन सकेको छैन। 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्