काठमाडौं- लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर उपाधि होड कायमै राखेको छ।
भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित निकाल्दै उपाधि होड कायमै रहेको हो।
लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गरे। घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो।
खेलको तेस्रो मिनेटमा नै डुगलस लुइजको गोल गरेका थिए। छैटौं मिनेटमा लिभरपुल बराबरी गोल फर्काउन सफल भयो। जोएल मटिपले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
६५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्त्वपूर्ण जितसहित ३ अंक दिलाए।
जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा यथावत् रहेको छ।
लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ। एक खेल कम खेलेको सिटीको पनि त्यति नै अंक छ।
पराजित भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।