काठमाडौं– स्वयम्भू क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा स्वयम्भूले समाज कल्याण खेलकुद केन्द्रलाई २–० ले पराजित गरेको हो।
खेलको सातौं मिनेटमा विजय श्रेष्ठले गरेको गोलबाट स्वयम्भूले अग्रता बनाएको थियो। यस्तै, ७५औं मिनेटमा नरेश राईले गोल गर्दै स्वयम्भूको जित सुनिश्चित गरे।
जितसँगै लिगमा ७ खेलबाट ६ अंक जोडेको स्वयम्भू तालिकाको १०औं स्थानमा उक्लिएको छ। यस्तै, समान खेलबाट १० अंक जोडेको समाज कल्याण छैटौं स्थानमा यथावत् छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।