काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ।
सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिस गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पेमार्फत भुत्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रूपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्।
शुक्रबारकादेखि सुरु हुने यो सीमित समयको अफर हो। जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा मा ३० प्रतिशतदेखि ३०० रूपैयाँसम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।