काठमाडौं–एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको छ। यो सम्झौताअनुसार अब एनएमबी बैंकका ग्राहकहरुले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महसुल विनाझन्झट तिर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भइसकेको छ। बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।