• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्दै सर्वोच्च, भैंसी काण्डमा परेका वकिल पनि वरिष्ठ बन्ने लबिइङमा 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २२, २०७९  ११:४५
1140x725

काठमाडौं– सर्वोच्च अदालतको फुलकोर्ट बैठकले वरिष्ठ अधिवक्ताहरूको उपाधि दिने अन्तिम तयारी गरेको छ। सर्वोच्चले लामो समयपछि देशभरका कानुन व्यवसायीलाई यस्तो उपाधि दिन लागेको हो।

केही दिन पहिले वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी प्रतिवेदन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुझेका थिए। कार्कीले उक्त प्रतिवेदन बुझेलगत्तै यसका लागि फुलकोर्ट बैठक पनि राखेका थिए। वैशाख २० गते सार्वजनिक बिदाको दिन पनि फुलकोर्ट बैठक बसेको थियो।

उक्त बैठकमा न्यायाधीशहरूले वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्ने मापदण्ड बारे छलफल गरेको थियो । त्यस्तै कामु प्रधानन्यायाधीश कार्कीले नेपाल बार एशोसियसन,सर्वोच्च अदालत बार एशोसियसन र वरिष्ठ अधिवक्ताहरूसँग पनि वरिष्ठ अधिवक्ताको उपाधि दिनेबारे अनौपचारिक छलफल गरेका छन्।

‘केही दिनमा वरिष्ठ अधिवक्ताहरूको उपाधि वितरण हुन्छ,’ छलफलमा सहभागी एक न्यायाधीशले भने, ‘अन्तिम तयारी भइरहेको छ। फुलकोर्ट बैठकमा विस्तृत छलफलसमेत भएकाले केही दिनभित्र एउटा मापदण्डभित्र रहेर वितरण हुन्छ।’

न्यायाधीश कुमार रेग्मी, सपना प्रधान मल्ललगायतको समितिले अध्ययनपछि प्रतिवेदन पेश गरेको थियो। सर्वोच्चका न्यायाधीशको समितिले पेश गरेको प्रतिवेदनमाथि पनि छलफल भएको र त्यही प्रतिवेदनका आधारमा वरिष्ठ अधिवक्ताहरूको उपाधि वितरण हुनेछ। २०७६ सालका वरिष्ठ अधिवक्ताको उपाधि वितरणका लागि एउटा मापदण्डसमेत निर्माण भएको थियो।

नेपाल कानुन व्यवसायी परिषद ऐन २०५० अनुसार वरिष्ठ अधिवक्ताको उपाधि वितरण गरिन्छ। उक्त मापदण्डमा प्रधानन्यायाधीशले तोकेको चार न्यायाधीशको समिति रहने भनिएको छ। त्यस्तै, सार्वजनिक सञ्चार माध्यमलगायत अन्य उपयुक्त माध्यमवाट सूचना आह्वान गर्ने र सर्वोच्चको वेबसाइटमा राख्ने, नेपाल बार र सर्वोच्च बारमार्फत विवरण संकलन गर्ने, आवश्यकताअनुसार सिफारिस समिति वा सम्बन्धित उच्च अदालत/इजलासको मुख्य न्यायाधीशमार्फत थप सूचना र विवरण लिने भनिएको छ। 

वरिष्ठ अधिवक्ताको उपाधिका लागि सम्भाव्य व्यक्तिले कम्तिमा विगत ५ वर्षको व्यावसायिक कर चुक्ता गरेको हुनुपर्ने र पछिल्लो ५ वर्ष नियमति रुपमा अधिवक्ताको प्रमाणपत्र अद्यावधिक गराएको हुनुपर्ने भनिएको छ। प्रमाणपत्र अद्यावधिक नगराएका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान नगरिने मापदण्डमा उल्लेख छ।

त्यस्तै वरिष्ठ अधिवक्ताका लागि १५ हजार दस्तुर तोकिएको छ। कुनै कारबाही भएको पूर्व सरकारी कर्मचारी र कुनै सरकारबादी फौजदारी मुद्दामा अदालतमा अभियोपत्र दायर भएर विचाराधीन रहेको अवस्थामा वरिष्ठ अधिवक्ताको उपाधि वितरण नगरिनेलगायतको व्यवस्था गरिएको छ। सर्वोच्च अदालत वा उच्च अदालत तहमा कम्तिमा १५ वर्ष वकालत गरेको हुनुपर्ने र ५० वटा फैसलाको पक्ष विपक्षको नाम, अदालत, मुद्दा नम्बरलगायत वितरण पेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ।  

Ncell 2
Ncell 2

भैंसी काण्डमा परेकादेखि अन्य अधिवक्ताहरूको लबिइङमा  
सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि वितरण सुरु गरेसँगै लबिइङ पनि सुरु गरेका छन्।  सर्वोच्च अदालत उच्चस्रोतका अनुसार केही विवादित कानुन व्यवसायीहरूले पनि वरिष्ठ अधिवक्ता बन्नका लागि लबिइङ थालेका छन्। उनीहरूले सर्वोच्चका पूर्वन्यायाधीश,वरिष्ठ अधिवक्ता र नाम चलेका अधिवक्तामार्फत आफूहरूले वरिष्ठ पाउने लबिइङ थालेका छन्।

त्यस्तै हालैमात्र भैंसी काण्डमा परेर विवादित भएका पोखराका एक अधिवक्ताले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाउन लबिइङ थालेका छन्। उनले सर्वोच्च अदालतका वकालत गरिरहेका केही वरिष्ठ अधिवक्तामार्फत आफूले वकालत गरेको १५ वर्षभन्दा धेरै भएकाले उपाधि पाउनुपर्ने लबिइङ गरिदिन अनुरोध गरेको सर्वोच्चका एक न्यायाधीशले बताए।

विवादित व्यक्तिलाई नदिने मनसाय कामु मुख्य न्यायाधीश कार्कीले बनाएपछि उनले आफ्नो लबिइङ गरेका हुन्। कास्की बारका पूर्वअध्यक्षसमेत रहेका तत्कालीन पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कमल अर्यालले  सर्वोच्चका एक न्यायाधीश समक्ष यस्तो प्रस्ताव पुर्‍याएको ती न्यायाधीशले बताए।

कास्की बारका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कमल अर्यालले भने  भैंसी काण्डमा  मुद्दा जितको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ माग गरेका थिए।

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारले ५ हजार मागेपछि… 

उनी त एउटा उदाहारण मात्र हुन अन्य पनि केही विवादित नामहरू आएका ती न्यायाधीशले भने। भैसी प्रकरणमा विवादित भएपछि अर्याललाई महानगरले कानुनी सल्लाहकारवाट हटाएको थियो। उनले हारेको मुद्दा जितेको भन्दै पीडित पक्षसँग उल्टै ५ हजार पैसा र फि लिएपछि उनी विवादमा परेका थिए।

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा जोडिएका कानुन व्यवसायीलाई पोखरा महानगरले हटायो सल्लाहकारबाट

सुरुमा मुद्दा जितेको भनी खुशी भएका पीडित अदालतमा फैसला लिन जादाँ आफूले हारेको र उल्टै जितको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसुरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई  पक्राउ  समेत गरेको थियो। पछि उक्त मुद्दा मिलापत्र गरेर टुङ्गाइएको थियो।

यो पनि पढ्नुहोस्

'भैंसी काण्ड'मा मुछिएका पोखरा महानगरका कानुनी सल्लाहकारको पावर: अदालतको फैसला 'विपरीत' मिलापत्र गराएर हिरासत मुक्त!

 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
दुर्गा प्रसाईं पोखराबाट पक्राउ कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । सोमबार, माघ ५, २०८२
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष अस्पतालका निर्देशक डा दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि ३० आकस्मिक... सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) प्रहरी प्रधान कार्यालय, नक्सालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो। सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्