• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'भैंसी काण्ड'मा मुछिएका पोखरा महानगरका कानुनी सल्लाहकारको पावर: अदालतको फैसला 'विपरीत' मिलापत्र गराएर हिरासत मुक्त!

64x64
नेपाल लाइभ आइतबार, फागुन ८, २०७८  १८:०५
1140x725

काठमाडौं– ‘भैंसी काण्ड’मा मुछिएका पोखरा महानगरपालिकाका निमित्त कानुनी सल्लाहार कमल अर्याल हिरासत मुक्त भएका छन्। गाउँपालिकाको न्यायिक समिति र जिल्ला अदालतको फैसला 'विपरीत' मिलापत्र गराएपछि उनी हिरासत मुक्त भएका हुन्।

ठगी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका अर्यालयले भैंसी धनी भनिएका रामबहादुर दमै र फार्म सञ्चालक रामप्रसाद ढुंगानाबीच मिलापत्र गराइ आफूविरुद्धको ठगी मुद्दा फिर्ता लिन हिरासत मुक्त भएका हुन्। प्रहरी स्रोतका अनुसार उनी गत शुक्रबार हिरासत मुक्त भएका थिए।

भैंसी कसको भन्ने विवादको मुद्दा हारेर पनि जितेको भन्दै रकम लिएर ठगी गरेपछि पीडित दमैले अर्यालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत सोमबार उजुरी दिएका थिए। 

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० का रामबहादुर दमैको दुई वटा भैंसी हराएको थियो। उक्त  भैंसी अन्नपूर्ण गाउँपालिका–८ स्थित थमडाँडामा रहेको थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंक्षीमा भेटिएको थियो। फार्म सञ्चालक रामप्रसाद ढुंगानाले ती भैंसी आफ्नो दाबी गरेका थिए भने दमैले पनि आफ्नो दाबी गरेका थिए। 

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारले ५ हजार मागेपछि… बुधबार, फागुन ४, २०७८

भैंसी  कसको भन्ने उक्त विवाद गाउँपालिकाको न्यायिक समितिदेखि जिल्ला अदालत कास्कीसम्म पुगेको थियो। न्यायिक समितिले उक्त भैंसी फार्म सञ्चालककै हुने ठहर गरेको थियो। त्यसपछि दमै उक्त निर्णयविरुद्ध जिल्ला अदालत कास्की पुगेका थिए। कास्की अदालतले समेत उक्त भैंसी फार्म सञ्चालककै रहेको फैसला गरेपछि दमैले मुद्दा हारेका थिए।

तर वकिल अर्यालले भने दमैलाई मुद्दा जितेको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ लिएका थिए। वकिल अर्यालले मुद्दा जितको भन्दै बधाई दिँदै ५ हजार मागेपछि दमैले उनलाई पैसा दिएका थिए। 

दमैले मुद्दा जितेको कागजात माग्दा उनले ३५ दिन लाग्ने बताएका थिए। पछि उक्त कागजात लिनसमेत थप २ हजार रुपैयाँ लाग्ने भन्दै अर्यालले  दमैसँग थप २ हजार रुपैयाँ लिएका थिए।

पछि मुद्दाबारे बुझ्दा आफूले हारेको र उल्टै जितेको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि गत सोमबार दमैले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसूरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई मंगलबार पक्राउ गरी ठगीको कसुरमा अनुसन्धान अघि बढाइएको थियो। 

nimb
nimb

हारेको मुद्दामा जितेको भन्दै अतिरिक्त रकम लिएर ठगी गरेका अर्यालले न्यायाधीश शर्माले मुन्टो हल्लाएकाले मुद्दा जितेको भन्ने बुझेकाले दमैलाई जितियो भन्दै अतिरिक्त शुल्क लिएको भनेर बयान दिएका खुलेको छ। 

पछि मुद्दा हारेको थाहा पाएपछि जिल्लाको निर्णयविरुद्ध उच्च जानुपर्छ भन्दै दमैलाई थुमथुमाउने प्रयास वकिल अर्यालले गरेका थिए। बहस गर्ने क्रममा विभिन्न शुल्क भन्दै अर्यालले दमैबाट २१ हजार रुपैयाँ पहिल्यै लगिसकेका थिए।

हारेको मुद्दामा जितेको भन्दै रकम लिएपछि थुनामा रहेको वकिल अर्यालले हिरासत मुक्त हुन फार्म सञ्चालक र भैंसी धनी भनिएका दमैलाई पोखरा बोलाएर मिलापत्र गराउँदै दमैलाई आफूविरुद्ध ठगी मुद्दा फिर्ता लिन लगाएको खुलेको छ। स्रोतका अनुसार अर्यालले भैंसी धनी भनिएका दमैलाई उनको भैंसी फिर्ता दिने र आफूले अहिलेसम्म लिएको रकम समेत फिर्ता गराउन सहमति गराएर उनलाई आफूविरुद्ध मुद्दा फिर्ता लिन लगाएका थिए। अर्कोतर्फ आफ्नो भैंसी भएको दाबी गरेका फार्म सञ्चालक ढुंगानालाई समेत अर्यालले भैंसी वापतको रकम दिन तयार भएका थिए। 

भैंसी बराबरको रकम अर्यालले दिएपछि ढुंगाना समेत दमैलाई भैंसी फिर्ता गर्न राजी भएका थिए। यसरी मिलापत्र गराएर उनी सुटुक्क रिहा भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

‘भैंसी काण्ड’मा नाम जोडिएपछि अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट समेत हटाएको थियो।

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा जोडिएका कानुन व्यवसायीलाई पोखरा महानगरले हटायो सल्लाहकारबाटबिहीबार, फागुन ५, २०७८

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५ वटा जिल्लाका विभिन्न स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ
सम्बन्धित सामग्री
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वश... शुक्रबार, भदौ १२, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिरनजिक ट्रयाक्टरले किच्दा एक किशोरको मृत्यु भएको छ। बुधबार, भदौ १०, २०८३
बडीमालिका पूजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
५ वटा जिल्लाका विभिन्न स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय शनिबार, भदौ १३, २०८३
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट शनिबार, भदौ १३, २०८३
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ शनिबार, भदौ १३, २०८३
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात शनिबार, भदौ १३, २०८३
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्