• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘भैंसी काण्ड’मा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारले ५ हजार मागेपछि… 

64x64
नेपाल लाइभ बुधबार, फागुन ४, २०७८  १४:४४
1140x725

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुका सुकबहादुर दमै व्यावसायिक भैंसी पालन गर्दै आएका छन्। कास्कीकै मोक्यु लेकमा उनको भैसी गोठ छ। दाइले व्यावसायिक भैंसी पालन गरेकाले उनका भाइ रामबहादुर दमैले पनि २०७६ जेठमा भैसीका दुई वटा पाडा मोक्यु लेकस्थित दाइको गोठमा पुर्‍याए।

लेकमा चर्ने क्रममा २०७६ फागुनमा रामबहादुरका दुवै पाडा हराए। पाडा हराएपछि खोजी गरे पनि डेढ वर्षसम्म रामबहादुरले पाडा भेटेनन्। तर पाडा खोज्ने क्रम जारी थियो। २०७७ असारको अन्तिम सातातिर रामबहादुरले कास्कीकै अन्नपूर्ण गाउँपालिका–८ स्थित थमडाँडामा २ वटा पाडा भेटे। ती पाडा आफ्ना भए पनि रामबहादुर बर्खाका कारण पाडा ल्याउन सकेनन्। साउनमा पाडा लिन थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंक्षीमा ती पाडा भेटिए।

पाडा आफ्ना भएको भन्दै रामबहादुरले पाडा लिएर फर्किए। उता फार्म सञ्चालक दिनेश गुरुङ र रामप्रसाद ढुंगानाले आफ्नो भैंसी रामबहादुरले लगेको भन्दै फिर्ता गर्न आग्रह गरे। तर रामबहादुरले भैंसी आफ्नो भएको दाबी गरे । भैंसीमा दुबै पक्षको आ–आफ्नो दाबी भएपछि उक्त विवाद प्रहरी चौकीदेखि गाउँपालिकासम्म पुग्यो । 

रामप्रसाद पक्षले ती पाडा आफूले किनेको दाबी गरेका थिए। कसको भैंसी भन्ने विवाद घान्द्रुक प्रहरी चौकी हुँदै इलाका प्रहरी कार्यालय बगरसम्म पुग्दा पनि टुंगिएन। आफ्नो भैंसी रामबहादुर दमैले जबरजस्ती लगेको भन्दै फार्म सञ्चाकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । न्यायिक समितिले उक्त भैंसी फार्म सञ्चालककै भएको ठहर गर्‍यो। 

न्यायिक समितिको निर्णयबाट आफू अन्यायमा परेको भन्दै रामबहादुर दमैले फार्म सञ्चालकलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत कास्कीमा २०७७ मंसिर २४ गते मुद्दा दायर गरेका थिए। फार्म सञ्चालक ढुंगाना र न्यायिक समितिलाई विपक्षी बनाउँदै रामबहादुर दमैले मुद्दा दर्ता गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त मुद्दामा गत असोज ७ गते जिल्ला अदालत कास्कीका न्यायाधीश डण्डपाणि शर्माले फैसला गर्दै न्यायिक समितिकै निर्णय सदर हुने फैसला गरेका थिए।

यता कास्की बारका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कमल अर्यालले भने दमैलाई मुद्दा जितको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ माग गरेका थिए। वकिल अर्यालले मुद्दा जितको भन्दै बधाई दिँदै ५ हजार मागेपछि उनले दिएका थिए। मुद्दा जितको कागजात दमैले अर्यालसँग माग्दा ३५ दिनपछि हात लाग्ने बताएका थिए। पछि उक्त कागजात लिनसमेत २ हजार लाग्ने भन्दै दमैसँग २ हजार रुपैयाँ अर्यालले लिएका थिए।

पछि मुद्दा बारे बुझ्दा आफूले हारेको र उल्टै जितको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि गत सोमबार दमैले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसुरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई मंगलबार पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले बताए। 

Xtrem
Xtrem

हारको मुद्दामा जितको भन्दै अतिरिक्त रकम लिएर ठगी गरेका अर्यालले न्यायाधीश शर्माले मुन्टो हल्लाएकाले मुद्दा जितेको भन्ने बुझेकाले दमैलाई जितियो भन्दै अतिरिक्त शुल्क लिएको खुलेको छ। पछि मुद्दा हारेको थाहा पाएपछि जिल्लाको निर्णयविरुद्ध उच्च जानुपर्छ भन्दै दमैलाई थुमथुमाउने प्रयास वकिल अर्यालले गरेका थिए। बहस गर्ने क्रममा विभिन्न शुल्क भन्दै अर्यालले दमैबाट २१ हजार रुपैयाँ पहिल्यै लगिसकेका थिए।
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सरकारले महत्त्वपूर्ण दस्तावेजको रुपमा लिएको र त... सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्