काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताएकी छिन्।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरिन्।
निर्वाचनलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि उनले सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।
‘हामी जेन–जी आन्दोलनको क्रममा अव देशमा आमुल परिवर्तन ल्याउनुपर्छ। र, हाम्रो सुशासन र भ्रष्टाचार विरुद्धको एउटा म्यान्डेट लिएर आएको हो। तर हाम्रो मुख्य म्यान्डेट चाहीँ निर्वाचन गर्ने हो,’ मन्त्री गौतमले भनिन्, ‘फागुन २१ गते हामीले निर्वाचन गर्नुपर्छ। त्यसका लागि हामीले देशमा सकारात्मक वातावरण बनाउनु पर्छ। नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस भन्नेमा कटिबद्ध छ।’
नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिवद्ध रहेको मन्त्री गौतमको भनाइ थियो।
मन्त्री गौतमले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।