• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ३, २०८३  १५:५१
1140x725

काठमाडौं - काठमाडौं महानगरपालिकाले यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ ।

जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्यको थालनी गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबार पत्रकार सम्मेलनमार्फत जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाजलाई एउटै मञ्चमा सहभागी गराउने तयारी गरिएको जानकारी दिए ।

उनले भने, ‘जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाज एकै मञ्चमा राख्ने हामीले प्रयत्न गरेका छौँ।’

उनका अनुसार साताव्यापी कार्यक्रममार्फत काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्न साझा कार्यक्रमको थालनी गरिनेछ ।

‘सहर केन्द्रित जलवायुका असर घटाउने सहरस्तरीय यो नेपालकै पहिलो प्रयास हो,’ उनले भने ।

तीव्र सहरीकरणसँगै काठमाडौंले सहरी डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको कमी तथा फोहोरमैला व्यवस्थापनजस्ता पर्यावरणीय चुनौती सामना गरिरहेको छ । यी समस्या कुनै एउटा निकायको प्रयासबाट मात्रै समाधान गर्न नसकिने भएकाले तीनै तहका सरकार, समुदाय, प्राज्ञिक संस्था, अनुसन्धानकर्ता, विकास साझेदार, युवा, नागरिक समाज र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको मानन्धरले बताए ।

‘यस कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गर्ने मात्र नभई त्यसका असरको सामना गर्न तत्काल अवलम्बन गर्नुपर्ने कार्य तथा विज्ञानसम्मत क्रियाकलापलाई समुदायको सहभागितामा प्रारम्भ गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

Ncell 2
Ncell 2
nimb
nimb

सप्ताहको पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्वसँग उच्चस्तरीय संवाद र जनप्रतिनिधिहरूको राउन्ड टेबल आयोजना गरिनेछ । यसमा काठमाडौं उपत्यका तथा प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुख, सरकारी निकायका विज्ञ र सरोकारवालाबीच सहरी उत्थानशीलता, जलवायु परिवर्तन तथा साझा प्राथमिकताका विषयमा छलफल हुनेछ ।

दोस्रो दिन जलवायु वित्तमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गरिनेछ । यस अवसरमा महानगरपालिकाले लगानी आवश्यक भएका प्राथमिकताप्राप्त जलवायु परियोजना प्रस्तुत गर्नेछ ।

तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम सञ्चालन हुनेछ । ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनर्भरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन गरिनेछ ।

चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनका विषयमा छलफल हुनेछ । स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहोरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन गरिनेछ । यसै दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा मनाइनेछ । यसअन्तर्गत ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण योजना, जलवायु खेल तथा सिर्जनात्मक सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधि पनि प्रदर्शन गरिनेछ ।

यसै अवसरमा जलवायुका लागि बालबालिका भिडियो प्रतियोगिता आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा काठमाडौं महानगरपालिकाको स्थायी ठेगाना भई हाल अन्यत्र अध्ययन गरिरहेका बालबालिकाले प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने ६० जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट १० जनालाई महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूतको उपाधिसमेत प्रदान गरिने मानन्धरले जानकारी दिए ।

छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम केन्द्रित हुनेछ । सहरी कृषि, परम्परागत बाली, बीउ संरक्षण तथा जलवायु अनुकूल कृषि प्रणालीबारे छलफल गरिनेछ । यस दिन राष्ट्रिय जीन बैंक, खुमलटारलगायतका कृषि क्षेत्र तथा परम्परागत बजारको अवलोकन, कृषकसँग अन्तरक्रिया र कौसी खेतीसम्बन्धी सिकाइ कार्यक्रम सञ्चालन हुनेछ ।

सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल हुनेछ । जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी, स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रभाव तथा हिमाली क्षेत्रमा हुने क्षति र नोक्सानीका विषयमा पनि संवाद गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ
एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह
दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री
सम्बन्धित सामग्री
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल... बिहीबार, मंसिर ३, २०८३
काठमाडौं चौबिसै घण्टा खुला कति सम्भव ? काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, याता... बिहीबार, मंसिर ३, २०८३
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुसन्धान हुने सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाउने कार्यम... बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ बिहीबार, मंसिर ३, २०८३
एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह बिहीबार, मंसिर ३, २०८३
दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री बिहीबार, मंसिर ३, २०८३
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर ३, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव विरुद्ध पक्राउ पुर्जी जारी, वैदेशिक रोजगारी ठगीमा आरोपित अर्याल फरार बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्