काठमाडौं–विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीले छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा जित हात पारेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ ले पराजित गरेको हो। यता, पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्यो।
यस्तै, बुधबार नै भएको महिलातर्फको अर्को खेलमा आर्मीले न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ ले पराजित गरेको छ।
पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक पुगेको छ। आर्मीले पनि तीन खेलबाट ६ अंक नै पाएको छ। यस्तै, एपीएफको ३, एभरेष्टको २ र न्यू डायमण्डको १ अंक रहेको छ।
प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफमाथि ३–१ को जित निकालेको छ।
टिपटपले एपीएफलाई २५–२२, २५–१९ र २८–३० र २५–२३ ले पराजित ग¥यो। पुलिसले यो जितसँगै ९ अंक बनाएको छ। यस्तै, हेल्प नेपालको ८ अंक, आर्मीको ९ अंक, एपीएफको ३ अंक र गण्डकीको ४ रहेको छ। यता, गल्कोटले खाता खोल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।