काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेलको समग्र उद्घाटन शुक्रबार हुने भएको छ। उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।
त्यसैदिन खेलकुदअन्तर्गत विद्यालयस्तरीय विशेष खेलकुद हुने छ। एकदिने विशेष खेलकुदमा एथलेटिक्सतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाए।
२ सय ९० खेलाडी सहभागी हुने छन्। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।
खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ।
सम्बन्धित संस्थाले जेठ १५ गते आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।