काठमाडौं– यामाहाको २०७९ 'महा एक्सेन्ज मेला' सुरू भएको छ। नेपालका लागि यामाहाका आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा 'महा एक्सचेन्ज मेला' आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो।
एक हप्ता लामो यस महामेला वैशाख २२ गतेसम्म आयोजना हुनेछ। नेपालकै सर्वाधिक ठूलो महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।
मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ।
साथै, 'महा एक्सचेन्ज मेला'मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर 'मल्टिप्लाई योर ह्यापिनेस २०७९८१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन्।
'मल्टिप्लाई योर ह्यापिनेस २०७९८१००० टाइम्स' अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा २०७,९००, स्योर शटमा ८,३१६ रूपैयाँ र बम्पर उपहारमा २०.७९ लाखसम्म जित्न सक्नेछन्।
एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ। उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।