• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गठबन्धनको ‘साइड इफेक्ट’ : तीन महानगर र सात उपमहानगरमा ठूला दलबाट पुरुष मात्रै

64x64
धनु विश्वकर्मा मंगलबार, वैशाख १३, २०७९  १८:२८
1140x725

काठमाण्डौं— स्थानीय तहको निर्वाचनमा धेरैको चासो रहेको ६ महानगर र ११ उपमहानगरमध्ये गठबन्धन गरेका दलबाट अधिकांशमा पालिकाका प्रमुख पदमा महिला उम्मेदवारी नै परेको छैन। काठमाडौं, भरतपुर र पोखरा महानगर तथा केही उपमहानगरमा मात्र गठबन्धनबाट प्रमुख पदमा महिला उम्मेदवार पनि खडा भएका छन्।

गठबन्धनबाट प्रमुख पद मेयर र उपमेयरमा पुरुष उम्मेदवार मात्र परेका महानगरमा ललितपुर, विराटनगर र वीरगन्ज छन्। यी महानगरमा सत्ता गठबन्धन गरेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनता पार्टीले तालमेल गरेका हुन्। त्यसैगरी इटहरी, धरान, कलैया, घोराही, तुल्सीपुर, बुटवल र नेपालगञ्ज उपमहानगरपालिकामा पनि सत्तागठबन्धबाट दुवै प्रमुख पदमा पुरुषको मात्र उम्मेदवारी परेको छ।

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेको वीरगन्ज महानगरपालिकामा पनि पुरुष उम्मेदवार मात्र उठाएका छन्। भरतपुरमा भने गठबन्धन गरेका दल एमालेबाट मेयरमा विजय सुवेदी र राप्रपाबाट उपमेयरमा हिमला गुरुङ उम्मेदवार बनेका छन्। यहाँ सत्ता गठबन्धनले पनि माओवादी केन्द्रकी रेणु दाहाललाई मेयर र कांग्रेसका चित्रसेन अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ।

पोखरामा सत्ता गठबन्धनबाट प्रमुख पदमा पुरुष र महिला नै उम्मेदवार बनेका छन्। मेयरमा एकीकृत समाजवादीबाट धनराज आचार्य र उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाट उम्मेदवार छन्। यहाँ एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ।

नेपालको संविधान २०७२ को धारा ३८ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहका मनोननयपत्र पेस गर्दा पालिकाका प्रमुख दुई पदमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ। तर, एक मात्र पदमा उम्मेदवारी दिँदा यो प्रावधान लागू नहुने व्यवस्था छ।

यो पनि पढ्नुहोस्

दाबी पालिका प्रमुखमा, गठबन्धनले 'उप' पनि गुम्ने जोखिमबिहीबार, चैत १७, २०७८

गठबन्धन गरेका दलले यही व्यवस्थामा टेकेर महिलालाई उम्मेदवार हुनबाट बञ्चित गरेका हुन्। यद्यपि, निर्वाचन आयोगले गठबन्धन गरेका दललाई उम्मेदवारी दिँदा महिलालाई प्राथमिकतामा राख्न आग्रह गरेको थियो।

सत्ता गठबन्धनबाट तीन महानगरमा पुरुष मात्र
सत्ता गठबन्धनबाट ललितपुर महानगरका प्रमुख दुवै पदमा पुरुषको उम्मेदवारी परेको छ। यहाँ मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ। कांग्रेसले निवर्तमान मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ। उपमेयरमा माओवादी केन्द्रले बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाएको छ। यहाँ कुनै दलसँग पनि गठबन्धन नगरेको एमालेले भने मेयरमा हरिकृष्ण व्यञ्जकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई उम्मेदवार बनाएको छ।

विराटनगर महानगरपालिकामा पनि सत्ता गठबन्धन दलहरूले पुरुषलाई मात्र उम्मेदवार बनाएका छन्। कांग्रेसको भागमा परेको मेयरमा नागेश कोइराला र जसपाको भागमा परेको उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार बनेका छन्। यादव जसपाका अध्यक्ष उपेन्द्रका छोरा हुन्। गठबन्धन नगरेको एमालेबाट भने मेयरमा सागर थापा र उपमेयरमा शिल्पी कार्की उम्मेदवार बनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

महानगरपालिकाका उपप्रमुखहरुको प्रमुखमा दाबी, 'पुरुषवादी सोच'ले रोक्न सक्ने त्राससोमबार, चैत २८, २०७८

उता वीरगञ्जमा ठूला सबै दलबाट प्रमुख पदमा पुरुष उम्मेदवारले मात्र मनोनयनपत्र दर्ता गरेका छन्। सत्ता गठबन्धनबाट जसपाका राजेशमान सिंहले मेयर र कांग्रेसका इम्तियाज आलमले उपमेयरमा मनोनयन दर्ता गरेका छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि यहाँ गठबन्धन गरेर पुरुष उम्मेदवारलाई मात्र मौका दिएका छन्। एमालेबाट विजय सरावगी र लोसपाबाट पुरुषोत्तम झा उम्मेदवार बनेका छन्।

उपमहानगरमा पनि संविधान र ऐनलाई बेवास्ता
इटहरीमा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्टको उम्मेदवारी दर्ता भएको छ। गठबन्धन नगरेको एमालेबाट भने मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीको उम्मेदवारी दर्ता भएको छ। 

उता धरानमा पनि सत्ता गठबन्धनबाट पुरुष मात्रै छन्। मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाको उम्मेदवारी दर्ता भएको छ। एक्लै प्रतिस्पर्धामा उत्रिएको एमालेले भने मेयरमा महिला उम्मेदवार अगाडि सारेको छ। निर्वतमान उपमेयर मञ्जु भण्डारीलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाएको छ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन सहमतिको सकसमा महिला प्रतिनिधित्व!बुधबार, वैशाख ७, २०७९

जनकपुरमा पनि सत्ता गठबन्धनबाट पुरुष उम्मेदवार मात्र छन्। त्यहाँ मेयरमा जसपाका  लालकिशोर साह मेयरका उम्मेदवार हुन्। उनी निवर्तमान मेयर हुन्। उपमेयरमा कांग्रेसका किशारी साहको उम्मेदवारी दर्ता भएको छ। यता एमालेले मेयरमा शिवशंकर साह र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको छ। त्यसैगरी लोसपाबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता झाको उम्मेदवारी दर्ता भएको छ। 

कलैयामा सत्ता गठबन्धनबाट  मेयरमा कांग्रेसका  राजेशराय गुप्ता  र उपमेयरमा जसपाका प्रमोद गुप्ताको उम्मेदवारी परेको छ। यहाँ पनि एक्लै निर्वाचन लडेको एमालेबाट मेयरमा विनोद साह र उपमेयरमा रोशन प्रविनको उम्मेदवारी दर्ता भएको छ। जितपुर सिमरामा भने सत्ता गठबन्धन र एमाले दुवैबाट महिलाको प्रतिनिधित्व भएको छ। गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा कांग्रेसकी मेघा शाहीको उम्मेदवारी दर्ता भएको छ। एमालेले मेयरमा महिला उम्मेदवार सरस्वती चौधरी र उपमेयरमा भोला अधिकारीलाई अघि सारेको छ।

हेटौंडामा सत्ता गठबन्धनबाट मेयरमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ। गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेको उम्मेदवारी दर्ता भएको छ। 

घोराहीमा सत्ता गठबन्धनबाट दुवै पदमा पुरुष उम्मेदवार छन्। मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ र उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीको उम्मेदवारी दर्ता भएको छ।  तुल्सीपुरमा सत्ता गठबन्धनबाट मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोगबहादुर रानाको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीको उम्मेदवारी परेको छ।

यो पनि पढ्नुहोस्

महिलाको प्रतिनिधित्व सुनिश्चित गरआइतबार, वैशाख ११, २०७९

बुटवल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट मेयरमा बाबुराम भटटराई र उपमेयरमा सावित्रादेवी अर्याल उम्मेदवार छन्। 

नेपालगञ्जमा सत्तारुढ दलबाट मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राईको उम्मेदवारी परेको छ। एमालेबाट मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरबाट शान्तिदेवि ढकालको उम्मेदवारी दर्ता भएको छ। 

धनगढीमा सत्ता गठबन्धनले प्रमुख पदमा पुरुष र महिलालाई नै उम्मेदवार बनाएको छ। यहाँ जसपा सत्ता गठबन्धनबाट बाहिरिएर एक्लै प्रतिस्पर्धामा छ। एमाले पनि एक्लै प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्