• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गठबन्धनको ‘साइड इफेक्ट’ : तीन महानगर र सात उपमहानगरमा ठूला दलबाट पुरुष मात्रै
64x64
धनु विश्वकर्मा मंगलबार, वैशाख १३, २०७९  १८:२८
1140x725

काठमाण्डौं— स्थानीय तहको निर्वाचनमा धेरैको चासो रहेको ६ महानगर र ११ उपमहानगरमध्ये गठबन्धन गरेका दलबाट अधिकांशमा पालिकाका प्रमुख पदमा महिला उम्मेदवारी नै परेको छैन। काठमाडौं, भरतपुर र पोखरा महानगर तथा केही उपमहानगरमा मात्र गठबन्धनबाट प्रमुख पदमा महिला उम्मेदवार पनि खडा भएका छन्।

गठबन्धनबाट प्रमुख पद मेयर र उपमेयरमा पुरुष उम्मेदवार मात्र परेका महानगरमा ललितपुर, विराटनगर र वीरगन्ज छन्। यी महानगरमा सत्ता गठबन्धन गरेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनता पार्टीले तालमेल गरेका हुन्। त्यसैगरी इटहरी, धरान, कलैया, घोराही, तुल्सीपुर, बुटवल र नेपालगञ्ज उपमहानगरपालिकामा पनि सत्तागठबन्धबाट दुवै प्रमुख पदमा पुरुषको मात्र उम्मेदवारी परेको छ।

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेको वीरगन्ज महानगरपालिकामा पनि पुरुष उम्मेदवार मात्र उठाएका छन्। भरतपुरमा भने गठबन्धन गरेका दल एमालेबाट मेयरमा विजय सुवेदी र राप्रपाबाट उपमेयरमा हिमला गुरुङ उम्मेदवार बनेका छन्। यहाँ सत्ता गठबन्धनले पनि माओवादी केन्द्रकी रेणु दाहाललाई मेयर र कांग्रेसका चित्रसेन अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ।

पोखरामा सत्ता गठबन्धनबाट प्रमुख पदमा पुरुष र महिला नै उम्मेदवार बनेका छन्। मेयरमा एकीकृत समाजवादीबाट धनराज आचार्य र उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाट उम्मेदवार छन्। यहाँ एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ।

नेपालको संविधान २०७२ को धारा ३८ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहका मनोननयपत्र पेस गर्दा पालिकाका प्रमुख दुई पदमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ। तर, एक मात्र पदमा उम्मेदवारी दिँदा यो प्रावधान लागू नहुने व्यवस्था छ।

यो पनि पढ्नुहोस्

दाबी पालिका प्रमुखमा, गठबन्धनले 'उप' पनि गुम्ने जोखिमबिहीबार, चैत १७, २०७८

गठबन्धन गरेका दलले यही व्यवस्थामा टेकेर महिलालाई उम्मेदवार हुनबाट बञ्चित गरेका हुन्। यद्यपि, निर्वाचन आयोगले गठबन्धन गरेका दललाई उम्मेदवारी दिँदा महिलालाई प्राथमिकतामा राख्न आग्रह गरेको थियो।

सत्ता गठबन्धनबाट तीन महानगरमा पुरुष मात्र
सत्ता गठबन्धनबाट ललितपुर महानगरका प्रमुख दुवै पदमा पुरुषको उम्मेदवारी परेको छ। यहाँ मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ। कांग्रेसले निवर्तमान मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ। उपमेयरमा माओवादी केन्द्रले बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाएको छ। यहाँ कुनै दलसँग पनि गठबन्धन नगरेको एमालेले भने मेयरमा हरिकृष्ण व्यञ्जकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई उम्मेदवार बनाएको छ।

विराटनगर महानगरपालिकामा पनि सत्ता गठबन्धन दलहरूले पुरुषलाई मात्र उम्मेदवार बनाएका छन्। कांग्रेसको भागमा परेको मेयरमा नागेश कोइराला र जसपाको भागमा परेको उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार बनेका छन्। यादव जसपाका अध्यक्ष उपेन्द्रका छोरा हुन्। गठबन्धन नगरेको एमालेबाट भने मेयरमा सागर थापा र उपमेयरमा शिल्पी कार्की उम्मेदवार बनेका छन्।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

महानगरपालिकाका उपप्रमुखहरुको प्रमुखमा दाबी, 'पुरुषवादी सोच'ले रोक्न सक्ने त्राससोमबार, चैत २८, २०७८

उता वीरगञ्जमा ठूला सबै दलबाट प्रमुख पदमा पुरुष उम्मेदवारले मात्र मनोनयनपत्र दर्ता गरेका छन्। सत्ता गठबन्धनबाट जसपाका राजेशमान सिंहले मेयर र कांग्रेसका इम्तियाज आलमले उपमेयरमा मनोनयन दर्ता गरेका छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि यहाँ गठबन्धन गरेर पुरुष उम्मेदवारलाई मात्र मौका दिएका छन्। एमालेबाट विजय सरावगी र लोसपाबाट पुरुषोत्तम झा उम्मेदवार बनेका छन्।

उपमहानगरमा पनि संविधान र ऐनलाई बेवास्ता
इटहरीमा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्टको उम्मेदवारी दर्ता भएको छ। गठबन्धन नगरेको एमालेबाट भने मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीको उम्मेदवारी दर्ता भएको छ। 

उता धरानमा पनि सत्ता गठबन्धनबाट पुरुष मात्रै छन्। मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाको उम्मेदवारी दर्ता भएको छ। एक्लै प्रतिस्पर्धामा उत्रिएको एमालेले भने मेयरमा महिला उम्मेदवार अगाडि सारेको छ। निर्वतमान उपमेयर मञ्जु भण्डारीलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाएको छ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन सहमतिको सकसमा महिला प्रतिनिधित्व!बुधबार, वैशाख ७, २०७९

जनकपुरमा पनि सत्ता गठबन्धनबाट पुरुष उम्मेदवार मात्र छन्। त्यहाँ मेयरमा जसपाका  लालकिशोर साह मेयरका उम्मेदवार हुन्। उनी निवर्तमान मेयर हुन्। उपमेयरमा कांग्रेसका किशारी साहको उम्मेदवारी दर्ता भएको छ। यता एमालेले मेयरमा शिवशंकर साह र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको छ। त्यसैगरी लोसपाबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता झाको उम्मेदवारी दर्ता भएको छ। 

कलैयामा सत्ता गठबन्धनबाट  मेयरमा कांग्रेसका  राजेशराय गुप्ता  र उपमेयरमा जसपाका प्रमोद गुप्ताको उम्मेदवारी परेको छ। यहाँ पनि एक्लै निर्वाचन लडेको एमालेबाट मेयरमा विनोद साह र उपमेयरमा रोशन प्रविनको उम्मेदवारी दर्ता भएको छ। जितपुर सिमरामा भने सत्ता गठबन्धन र एमाले दुवैबाट महिलाको प्रतिनिधित्व भएको छ। गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा कांग्रेसकी मेघा शाहीको उम्मेदवारी दर्ता भएको छ। एमालेले मेयरमा महिला उम्मेदवार सरस्वती चौधरी र उपमेयरमा भोला अधिकारीलाई अघि सारेको छ।

हेटौंडामा सत्ता गठबन्धनबाट मेयरमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ। गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेको उम्मेदवारी दर्ता भएको छ। 

घोराहीमा सत्ता गठबन्धनबाट दुवै पदमा पुरुष उम्मेदवार छन्। मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ र उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीको उम्मेदवारी दर्ता भएको छ।  तुल्सीपुरमा सत्ता गठबन्धनबाट मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोगबहादुर रानाको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीको उम्मेदवारी परेको छ।

यो पनि पढ्नुहोस्

महिलाको प्रतिनिधित्व सुनिश्चित गरआइतबार, वैशाख ११, २०७९

बुटवल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट मेयरमा बाबुराम भटटराई र उपमेयरमा सावित्रादेवी अर्याल उम्मेदवार छन्। 

नेपालगञ्जमा सत्तारुढ दलबाट मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राईको उम्मेदवारी परेको छ। एमालेबाट मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरबाट शान्तिदेवि ढकालको उम्मेदवारी दर्ता भएको छ। 

धनगढीमा सत्ता गठबन्धनले प्रमुख पदमा पुरुष र महिलालाई नै उम्मेदवार बनाएको छ। यहाँ जसपा सत्ता गठबन्धनबाट बाहिरिएर एक्लै प्रतिस्पर्धामा छ। एमाले पनि एक्लै प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच फोन वार्ता शुक्रबार, जेठ २३, २०८२
त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर शुक्रबार, जेठ २३, २०८२
विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो, खोजीमा एसएसपीको टोली परिचालन शुक्रबार, जेठ २३, २०८२
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै शुक्रबार, जेठ २३, २०८२
नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्