• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

महिलाको प्रतिनिधित्व सुनिश्चित गर

64x64
नेपाल लाइभ आइतबार, वैशाख ११, २०७९  १९:२९
1140x725

एकात्मक र असमावेशी शासनको अन्त्य गर्दै संघात्मक र समावेशी शासनलाई अनुमोदन गरिएको दिन हो, वैशाख ११। हामीले यही दिन लोकतन्त्र दिवस मनाउँदै आएका छौँ। यही दिनबाट सुरु भएको जनताको जितको यात्रा २०७२ सालमा जारी संविधानसँगै संस्थागत भएको हो। यसको पृष्ठभूमिमा ऐतिहासिक जनआन्दोलन, माओवादी 'जनयुद्ध', मधेस विद्रोहका साथै विभिन्न क्षेत्र र समुदायको संघर्ष रहेको छ। त्यसैले आजका हाम्रा गतिविधि यही हाम्रो संवैधानिक मान्यताबाट निर्देशित हुनु जरुरी छ।

संविधानले व्यवस्था गरेको संघीय शासन अन्तर्गत गठन भएको स्थानीय तहको दोस्रो निर्वाचनको सम्मुखमा छौँ हामी। र, त्यसका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन हुँदैछ। लोकतन्त्र दिवस र स्थानीय तहको मनोनयन एकै दिन पर्नु सुखद् संयोग हो। यसले लोकतन्त्रको गरिमा जोगाउँदै निर्वाचनका लागि उम्मेदवार तय गर्नुपर्ने जिम्मेवारीबोध दलहरुमा हुने अपेक्षा छ।

निर्वाचनमा उम्मेदवार बनाउने सवालमा लैंगिक प्रतिनिधित्वको जुन अपेक्षा दलहरुसँग थियो, यथार्थमा त्यस्तो नहुने हो कि भन्ने चिन्ता देखिन थालेको छ। अहिले दलले सिफारिस गरेका अधिकांश उम्मेदवारहरु पुरुष छन्। चुनाव जित्ने 'अर्जुन दृष्टि' राखेर तालमेल गरेका दलहरुले समावेशी सिद्धान्तलाई बेवास्ता गरेको देखिन्छ। जसले गर्दा सम्पूर्ण निर्वाचन नै 'पुरुषका लागि पुरुषद्वारा' बन्ने जोखिम बढेको छ। 

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन सहमतिको सकसमा महिला प्रतिनिधित्व!बुधबार, वैशाख ७, २०७९

नेपालको संविधान २०७२ को धारा ३८ मा "राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी  सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ" भनेर प्रष्ट रुपमा लेखिएको छ। त्यहीमाथि निर्वाचनसँग सम्बन्धित ऐनले नै स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमध्ये एक महिला हुनुपर्ने अपेक्षा गरेको छ। वडा सदस्यहरुमा पनि महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ। तर, एउटै दलले उम्मेदवार दिएको अवस्थामा मात्रै महिला र पुरुष उम्मेदवार उभ्याउनुपर्ने बाध्यतालाई तालमेल गरिएका कारण बेवास्ता गर्न खोजिएको छ।

तालमेल गर्दा लैंगिक प्रतिनिधित्व कसरी खलबलिन्छ भन्ने कुरा अघिल्लो स्थानीय तहको निर्वाचनबाट पनि देखिन्छ। त्यतिबेला कांग्रेस र माओवादी केन्द्रले धेरै स्थानीय तहमा तालमेल गरेका थिए। जसमध्ये दुई स्थानीय तह थिए, दोलखाको बेत्यश्वरी गाउँपालिका र धादिङको निलकण्ठ नगरपालिका। दुवै ठाउँमा अध्यक्ष/प्रमुखमा कांग्रेसले र उपाध्यक्ष/उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए। दुवै ठाउँमा उनीहरुले नै जिते। परिणामतः पुरुषै पुरुषको नेतृत्व हुन गयो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

दाबी पालिका प्रमुखमा, गठबन्धनले 'उप' पनि गुम्ने जोखिमबिहीबार, चैत १७, २०७८

यसपटक पनि कांग्रेस र माओवादी लगायतका दलहरुले केन्द्रीयस्तरबाटै तालमेल गरेका छन्। स्थानीय स्तरमा पनि तालमेल भएका छन्। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि केन्द्रीय र स्थानीय स्तरमा तालमेल गरेको छ। तालमेल गरिँदा आफ्नो उम्मेदवार पुरुष उठाउने सम्भावना अधिक देखिन्छ। पुरुषै पुरुष प्रतिस्पर्धी भए पछि परिणाम पनि सोही अनुसारकै आउने भइहाल्यो।

एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उभिँदा दलहरुलाई तोकिए अनुसार महिला र पुरुष उम्मेदवार उभ्याउनुपर्ने बाध्यता थियो। तर, तालमेल गरेर चुनावी प्रतिस्पर्धामा होमिएको अवस्थामा फरक लिंगको उम्मेदवार बनाउनुपर्ने बाध्यता नभएका कारण दलहरुले समावेशीकरणको मर्मलाई बेवास्ता गर्न खोजेको देखिन्छ।

स्थानीय सरकारलाई 'गाउँको सिंहदरबार' पनि भनिएको छ। यो जनताको नजिकको सरकार पनि हो। यी आफैं नियम कानुन बनाएर सञ्चालन हुन्छन्। यस्तो ठाउँमा महिलाको प्रतिनिधित्व बढी हुनसक्दा महिलामैत्री नियम कानुन बन्ने थिए। महिलाको प्रतिनिधित्व बढी हुँदा महिलाका समस्याहरु नीति निर्माण गर्ने ठाउँमा पुग्छन्। सम्बोधन हुन्छन्। यसले महिला सशक्तीकरण बढाउने मात्रै होइन, हाम्रो लोकतन्त्रलाई पनि परिपूर्ण बनाउँदै लैजान्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

महानगरपालिकाका उपप्रमुखहरुको प्रमुखमा दाबी, 'पुरुषवादी सोच'ले रोक्न सक्ने त्राससोमबार, चैत २८, २०७८

 यो पाँच वर्षको अवधिमा महिलाहरुले केही स्थानीय सरकारको नेतृत्व गरेका छन्। त्यहाँ सबै दृष्टिबाट सक्षम प्रतिनिधित्व देखिन्छ। अर्थात् पुरुषले प्रतिनिधित्व गरेको भन्दा कमजोर छैनन्। कतिपय स्थानीय तह त राम्रा कामका लागि प्रशंसित नै भएका छन्।

एकातिर अघिल्लो निर्वाचनपछि 'उप'मा मात्रै सीमित भएको भनिएको महिला प्रतिनिधित्व यसपटक प्रमुखमा पुग्ने अपेक्षा गरिँदै थियो। तर, त्यही 'उप' पनि गुम्ने जोखिम बढेको छ। यसप्रति दलहरु गम्भीर हुनैपर्छ। कम्तिमा यो परिवर्तन ल्याउन र संविधान बनाउने नेतृत्वदायी भूमिका खेलेका दलहरुले लोकतन्त्र दिवसको आसपासमा यसप्रति इमानदारिता देखाउनुपर्छ।

यो पनि पढ्नुहोस्

निर्देशन सच्याउने निर्वाचन आयोगको निर्णय: महिला प्रतिनिधित्व रोक्ने अर्को तगारो?बुधबार, चैत ३०, २०७८

किनकि, चुनावमा जित्नु महत्त्वपूर्ण हो तर सबै थोक होइन। पञ्चायत र बहुदलकालका चुनावमा पनि जितहार हुन्थे। तर, समावेशिता सुनिश्चित हुँदैनथे। लामो संघर्षबाट प्राप्त लोकतन्त्र र संविधानको गरिमा राख्न पनि संविधान र कानुनले अपेक्षा गरेको महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्