• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

निर्देशन सच्याउने निर्वाचन आयोगको निर्णय: महिला प्रतिनिधित्व रोक्ने अर्को तगारो?

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  २१:२७
1140x725

काठमाडौं– राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख वा उपप्रमुखमध्ये एउटा मात्रै पदमा उम्मेदवार उठाउँदा महिला उम्मेदवार उठाउनुपर्ने प्रावधानलाई हटाउने निर्वाचन आयोगको निर्णयप्रति विभिन्न राजनीतिक दलका महिला नेताहरुले आलोचना गरेका छन्। 

निर्वाचन आयोगले  चैत १६ गते राजनीतिक दलहरुका लागि पठाएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’ भनिएको थियो। तर, मंगलबार आयोगले एक सूचना जारी गर्दै उक्त बुँदा संशोधन गरी 'स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार मनोनयनमा प्राथमिकता दिने' भन्ने व्यवस्था कायम गर्‍यो।  

प्रमुख दलहरु नै तालमेल गरेर चुनावमा जाँदा स्थानीय तहमा महिलाको प्रतिनिधित्व गुम्ने चिन्ताका बीच निर्वाचन आयोगले चैत १६ गते जारी गरेको (एउटा पदमा महिला अनिवार्य उठाउनुपर्ने) निर्देशनले केही हदसम्म भएपनि महिला प्रतिनिधित्व बढाउने आकलन गरिएको थियो। तर, आयोगले आफ्नो निर्देशन सच्याएपछि पालिकाको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा पुरुष उम्मेदवारको मात्रै मनोनयन पर्ने र महिलाको प्रतिनिधित्व कम हुने देखिएको छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेल आयोगले निर्देशन संशोधन गरेको नभइ कानुनमा भएको व्यवस्था अनुसार दलहरुलाई निर्देशन दिएको बताउँछन्। ‘यो कानुनमा भएको व्यवस्थाअनुसार सच्याइएको गरिएको हो। स्थानीय तह निर्वाचन ऐनको दफा १७ को ४ मा यससम्वन्धी व्यवस्था छ,’ उनले भने, ‘यसमा अध्यक्ष, उपाध्यक्ष लगायत उठाउनेले ५० प्रतिशत महिला उठाउने भनेको छ। एउटा उम्मेदवार उठाउनेको हकमा यो प्रावधानन लागू हुँदैन भनेको छ।’

ऐनको उक्त दफामा ‘ मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्ने व्यवस्था मिलाउनु पर्नेछ। तर दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन,’ भनिएको छ।  

आयोगले कानुनमा भएको व्यवस्थालाई वाध्यात्मक रुपमा लागू गराउन नसक्ने उल्लेख गर्दै प्रवक्ता पौडेल आयोगले दलहरुलाई अनुरोधमात्र गर्ने भएकाले अनुरोधमात्र गरेको तर्क गर्छन्। 

विभिन्न दलका महिला नेताहरुले भने निर्देशन सच्याउने निर्वाचन आयोगको कदमबाट स्थानीय तहमा महिलाको प्रतिनिधित्व कम हुने चिन्ता व्यक्त गरेका छन्। राजनीतिक दलहरुको 'पुरुषवादी' सोचका कारण ओझेलमा परेको महिला प्रतिनिधित्वका लागि निर्वाचन आयोगको पछिल्लो निर्णय अर्को 'तगारो' बनेको महिला नेताहरुको टिप्पणी छ।    

निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय सच्याएर पुरानै निर्देशनलाई कायम गर्नुपर्ने पनि कतिपय महिला नेताहरुको माग छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवा निर्वाचन आयोगलाई नेपालको संविधानको धारा, ३८ (४) कुल्चने अधिकार नरहेको बताउँछिन्। आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय फिर्ता लिनुपर्ने पनि उनको माग छ। 

‘नेपालको संविधानको धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ। निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व गर्दैन,’ राणाले भनिन्। आयोगले नयाँ निर्देशिकालाई सच्याइ समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न राणाले निर्वाचन आयोगलाई आग्रह गरिन्। 

राणाले सामाजिक सञ्जालमा लखेकी छन्, ‘नेपालको संविधानको धारा, ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु।’ 

नेपाली काग्रेसकै सांसद डिला सग्रौलाले पनि आयोगको कदम संविधान मिच्ने कार्य भएको टिप्पणी गरेकी छन्। आयोगको उक्त निर्णय संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन विपरित भएको संग्रौलाको भनाइ छ। आयोगले कडाइ नगर्ने हो भने दलहरुले महिला उठाउनबाट पछि हट्ने र स्थानीय तहमा अघिल्लोपटकको भन्दापनि कम महिलाको प्रतिनिधित्व हुने संग्रौलाको चिन्ता छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी केन्द्रकी सांसद रेखा शर्मा स्थानीय तहमा महिला प्रतिनिधित्व कायम गर्ने विषय अब दलहरुको विवेकमा पुगेको बताउँछिन्। दलहरु नारामा मात्र समावेशी हुने कि व्यवहारमा भन्ने कुराको परीक्षण अब हुने उनको तर्क छ। ‘आयोगले बाध्यात्मक प्रावधान राखेको भए महिलाको प्रतिनिधित्व बढ्ने थियो। तर, अब यो बाध्यता नभएपछि गठबन्धन वा फरक दलहरुले निर्वाचनमा मिलेर भाग लिँदा दुवै पदमा पुरुष मात्रै पनि उठाउन सक्ने भएका छन्,’ शर्मा भन्छिन्।

पार्टीभित्र यस्तो नहोस् भनेर महिला नेतृत्वहरुले लविङ पनि थालेको शर्माले बताइन् । माओवादीको हकमा यसअघि नै महिला प्रतिनिधित्व वढाउने र महिला उपमेयर रहेका स्थानमा मेयरको रुपमा महिला अघि वढाउने भनि पार्टीले संकल्प गरेकाले यस्तो समस्या नआउन सक्ने उनको भनाइ छ। यद्यपि आफूहरुले पार्टीभित्र खवरदारी भने जारी राख्ने उनले बताइन्। 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्