• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

निर्देशन सच्याउने निर्वाचन आयोगको निर्णय: महिला प्रतिनिधित्व रोक्ने अर्को तगारो?

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  २१:२७
1140x725

काठमाडौं– राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख वा उपप्रमुखमध्ये एउटा मात्रै पदमा उम्मेदवार उठाउँदा महिला उम्मेदवार उठाउनुपर्ने प्रावधानलाई हटाउने निर्वाचन आयोगको निर्णयप्रति विभिन्न राजनीतिक दलका महिला नेताहरुले आलोचना गरेका छन्। 

निर्वाचन आयोगले  चैत १६ गते राजनीतिक दलहरुका लागि पठाएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’ भनिएको थियो। तर, मंगलबार आयोगले एक सूचना जारी गर्दै उक्त बुँदा संशोधन गरी 'स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार मनोनयनमा प्राथमिकता दिने' भन्ने व्यवस्था कायम गर्‍यो।  

प्रमुख दलहरु नै तालमेल गरेर चुनावमा जाँदा स्थानीय तहमा महिलाको प्रतिनिधित्व गुम्ने चिन्ताका बीच निर्वाचन आयोगले चैत १६ गते जारी गरेको (एउटा पदमा महिला अनिवार्य उठाउनुपर्ने) निर्देशनले केही हदसम्म भएपनि महिला प्रतिनिधित्व बढाउने आकलन गरिएको थियो। तर, आयोगले आफ्नो निर्देशन सच्याएपछि पालिकाको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा पुरुष उम्मेदवारको मात्रै मनोनयन पर्ने र महिलाको प्रतिनिधित्व कम हुने देखिएको छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेल आयोगले निर्देशन संशोधन गरेको नभइ कानुनमा भएको व्यवस्था अनुसार दलहरुलाई निर्देशन दिएको बताउँछन्। ‘यो कानुनमा भएको व्यवस्थाअनुसार सच्याइएको गरिएको हो। स्थानीय तह निर्वाचन ऐनको दफा १७ को ४ मा यससम्वन्धी व्यवस्था छ,’ उनले भने, ‘यसमा अध्यक्ष, उपाध्यक्ष लगायत उठाउनेले ५० प्रतिशत महिला उठाउने भनेको छ। एउटा उम्मेदवार उठाउनेको हकमा यो प्रावधानन लागू हुँदैन भनेको छ।’

ऐनको उक्त दफामा ‘ मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्ने व्यवस्था मिलाउनु पर्नेछ। तर दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन,’ भनिएको छ।  

आयोगले कानुनमा भएको व्यवस्थालाई वाध्यात्मक रुपमा लागू गराउन नसक्ने उल्लेख गर्दै प्रवक्ता पौडेल आयोगले दलहरुलाई अनुरोधमात्र गर्ने भएकाले अनुरोधमात्र गरेको तर्क गर्छन्। 

विभिन्न दलका महिला नेताहरुले भने निर्देशन सच्याउने निर्वाचन आयोगको कदमबाट स्थानीय तहमा महिलाको प्रतिनिधित्व कम हुने चिन्ता व्यक्त गरेका छन्। राजनीतिक दलहरुको 'पुरुषवादी' सोचका कारण ओझेलमा परेको महिला प्रतिनिधित्वका लागि निर्वाचन आयोगको पछिल्लो निर्णय अर्को 'तगारो' बनेको महिला नेताहरुको टिप्पणी छ।    

निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय सच्याएर पुरानै निर्देशनलाई कायम गर्नुपर्ने पनि कतिपय महिला नेताहरुको माग छ। 

Ncell 2
Ncell 2

नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवा निर्वाचन आयोगलाई नेपालको संविधानको धारा, ३८ (४) कुल्चने अधिकार नरहेको बताउँछिन्। आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय फिर्ता लिनुपर्ने पनि उनको माग छ। 

‘नेपालको संविधानको धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ। निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व गर्दैन,’ राणाले भनिन्। आयोगले नयाँ निर्देशिकालाई सच्याइ समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न राणाले निर्वाचन आयोगलाई आग्रह गरिन्। 

राणाले सामाजिक सञ्जालमा लखेकी छन्, ‘नेपालको संविधानको धारा, ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु।’ 

नेपाली काग्रेसकै सांसद डिला सग्रौलाले पनि आयोगको कदम संविधान मिच्ने कार्य भएको टिप्पणी गरेकी छन्। आयोगको उक्त निर्णय संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन विपरित भएको संग्रौलाको भनाइ छ। आयोगले कडाइ नगर्ने हो भने दलहरुले महिला उठाउनबाट पछि हट्ने र स्थानीय तहमा अघिल्लोपटकको भन्दापनि कम महिलाको प्रतिनिधित्व हुने संग्रौलाको चिन्ता छ। 

माओवादी केन्द्रकी सांसद रेखा शर्मा स्थानीय तहमा महिला प्रतिनिधित्व कायम गर्ने विषय अब दलहरुको विवेकमा पुगेको बताउँछिन्। दलहरु नारामा मात्र समावेशी हुने कि व्यवहारमा भन्ने कुराको परीक्षण अब हुने उनको तर्क छ। ‘आयोगले बाध्यात्मक प्रावधान राखेको भए महिलाको प्रतिनिधित्व बढ्ने थियो। तर, अब यो बाध्यता नभएपछि गठबन्धन वा फरक दलहरुले निर्वाचनमा मिलेर भाग लिँदा दुवै पदमा पुरुष मात्रै पनि उठाउन सक्ने भएका छन्,’ शर्मा भन्छिन्।

पार्टीभित्र यस्तो नहोस् भनेर महिला नेतृत्वहरुले लविङ पनि थालेको शर्माले बताइन् । माओवादीको हकमा यसअघि नै महिला प्रतिनिधित्व वढाउने र महिला उपमेयर रहेका स्थानमा मेयरको रुपमा महिला अघि वढाउने भनि पार्टीले संकल्प गरेकाले यस्तो समस्या नआउन सक्ने उनको भनाइ छ। यद्यपि आफूहरुले पार्टीभित्र खवरदारी भने जारी राख्ने उनले बताइन्। 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्