काठमाडौँ – ‘हामी नेपाली’ संस्थाका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएका छन् ।
गुरुङले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘पोखरामा जेनजी भाइ बहिनीहरूको सङ्गठन बलियो बनाउन र देश प्रेमी पोखरेली आमा–बुबालाई दाजुभाइ तथा दिदी बहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’
तर यसले आफूहरूको कदम नरोकिने गुरुङले बताएका छन् । ‘हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन’, गुरुङले भनेका छन्, ‘हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ–बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झन्डा गर्वले उचाल्छौँ, झन्डा उठाएर, शिर ठाडो पारेर हामी ।’ पोखरामा गुरुङलाई सोमबार सम्मान कार्यक्रम राखिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।