काठमाडौं– सामसङ इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्डमेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ। जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्सले टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतक बिषयमा यी अवार्ड हात पारेको हो।
सामसङले जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ) मा विभिन्न ९ वटा विधामा ती अवार्ड हात पारेको हो। त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो।
प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सवमिसन मध्येबाट ती अवार्ड हात परेको हो।
डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको व्यापक मूल्याङ्कन थिए।
त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए। उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छौं। जसले ग्राहकहरुको विभिन्न मागहरु पूरा गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।