• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अदालत र प्रहरीमा विवादास्पद बयान, समाजसेवाको तर्क देखाएर 'कालो बजारी'बाट उन्मुक्तिको खेल 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २५, २०७८  १५:१२
1140x725

काठमाडौं– कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका जगदम्बा ग्रुपमा अध्यक्ष सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालत र अनुसन्धानका क्रममा प्रहरीमा दिएको बयानले नै फस्ने देखिएको छ। 

नेपाल लाइभलाई प्राप्त बयानमा उनले आफूले उक्त समयमा चीनबाट कोरोना महामारीको समयमा सामान खरिद गरेको र थर्मल गन बिक्री गर्न हिँडेको स्वीकार गरेका छन्। उनले आफू पक्राउ परेको स्थानमा ६७ थान थर्मल गन बिक्रीका लागि लिएर पुगेको बयानमा दिएका छन्। जिल्ला अदालतमा न्यायाधीशसमक्ष गरेको बयानमा पनि उनले उक्त कुरा स्वीकार गरेका छन्। 

उनले आफूले चीनबाट केही सामान ल्याएको दाबी गरेका छन् भने केही थान थर्मल गन जोरा इन्टरनेसनलबाट खरिद गरेको भन्दै भ्याट बिल पेस गरेका छन्। उनको यो दाबी पनि झुटो (फल्ट) देखिएको सरकारी वकिलको दाबी छ। चीनबाट नेपाल वायु सेवा निगममा उनले मेडिकल सामग्री भित्र्याएको र ७५ प्रतिशत भन्दा धेरै नाफा लिएर बिक्री गरेको अभियोग लागेपछि त्यसबाट बच्न जोरा इन्टरनेसनलको नक्कली बिल पेस गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले बताए।

सरकारी वकिलले रामप्रसाद न्यौपाने  र भैरव सापकोटाको बयान पनि पेस गरेको छ। उनीहरूले कोरोना महामारीको समयमा महंगो मूल्यमा सामग्री बेच्ने उद्देश्यले नै अग्रवालले बजारमा थर्मल गन लगायतका सामानहरू पठाएकाले उनलाई कालोबजारी ऐन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने बयान दिएका छन्। 

सुलभले जोराबाट ९ हजार ६ सय ५ रुपैयाँमा भ्याटसहित खरिद गरेको दाबी गरेका छन्। त्यसलाई १५ हजारमा बिक्री गर्दा पनि सिधै शंकास्पदका साथै कालो बजारी गर्ने नियत नै प्रष्ट भएको जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा दाबी गरिएको छ। तत्कालीन समयमा बजार मूल्य भने ३ हजार देखि ५ हजारसम्म रहेकोमा १५ हजारमा बिक्री गर्नु आफैंमा कालोबजारी भएको अभियोगपत्रमा दाबी गरिएको छ।

No description available.

१५ हजार रुपैयाँमा बिक्री गर्न लागिएको कुरा अभियुक्त अग्रवाल समेतले स्वीकार गरेकाले बजारको भन्दा ११ हजार रुपैयाँ मुनाफा लिनुले उनी कालोबजारी गर्ने उद्देश्यमै रहेको पुष्टि हुने अभियोगपत्रमा जिकिर गरिएको छ। अभियोगपत्रमा यसको पुष्टिका लागि साझा स्वास्थ्य सेवाको बिल समेत पेस छ। 

साझाले २०७७ वैशाख ३ गते नेपाली बजारमा थर्मल गनको मूल्य ३ हजारदेखि ४ हजार १ सयसम्म रहेको जिकिर गरेको छ। त्यस्तै, अग्रवाल आफैंले दिएको बयानमा उनी फस्ने अर्को आधार भनेको खरिद दाबी गरेको मूल्य पनि हो। आफूले तत्कालीन समयमा २० अमेरिकी  डलरमा  खरिद गरेको दाबी अग्रवालले गरेका छन्। तत्कालीन समयको हिसाब अनुसार अनलाइनहरूमा ३ हजार ६३८ रुपैयाँमा पाइने गरेको दाबी अभियोग पत्रमा गरिएको छ। उक्त समयमा एक डलरको नेपाली रुपैयाँ खरिदका लागि ११९.८० र बिक्रीका लागि १२०.४० रहेको देखिन्छ। यसरी हेर्दा उक्त थर्मल गनको भुक्तानी रकम २ हजार ४ सय अधिकतम नेपाली रुपैयाँ पर्न जाने देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘३ हजारदेखि ६ हजार पर्नेलाई १५ हजारमा बिक्री गर्नु ७५ प्रतिशतसम्म नाफा खान खोज्नु हो’, अभियोगपत्रमा भनिएको छ, ‘यसरी मुनाफा लिनु ऐन विपरीतको कार्यमात्र नभई अपराध हो।’ 

No description available.

२०७७ चैतमा आफूले नेपाल वायु सेवा निगमको जहाजमार्फत् चीनका विभिन्न शहरबाट थर्मल गन लगायतका वस्तुहरू आयात गरेको भन्दै उनले रितेश प्रधानलाई यसको जिम्मा दिएको भन्दै आफू बच्चे प्रयास गरेका छन्। 

आफूलाई सहयोगका लागि अनुरोध आएकाले विच्याटमार्फत पीपीई, मास्क र ज्वरो नाप्ने थर्मल गन १२ सय थान अर्डर गरेर ल्याएको उनले स्वीकार गरेका छन्। २०७६ चैत १७ गते नेपालमा सामान ल्याउन आफूले अर्डर गरेको उनले दाबी गरेका छन्। उनले यस्ता सामानको बिल भने पेस गर्न सकेका छैनन्। उनले यी सामानहरूको बिल आफ्नो कर्मचारी रितेश प्रधानसँग रहेको दाबी गरेका छन्।

अग्रवालले उक्त सामान बिक्री गर्ने जिम्मा आफ्नो नभएको भन्दै बच्न खोजेपनि प्रहरीसँगको डिलमा उनी आफैं संलग्न देखिएको जिल्ला अदालतमा रहेको मिसिलमा देखिन्छ। जिल्ला अदालतमा रहेको मिसिलमा उनले तीनवटा टेलिफोनबाट गरेको कुराकानीको रेकर्ड समेत समावेश गरिएको छ। सुलभले नेपाल टेलिकमको पोष्टपेड, प्रिपेड र एनसेलको नम्बरबाट पटक–पटक विभिन्न समयमा गरेको कुराकानीको विस्तृत विवरण पनि अदालतमा पेस गरिएको छ। एनसेलको फोनबाट २२ सय २१ पटक, नेपाल टेलिकमको पोष्टपेडबाट ९५१ पटक र प्रिपेड नम्वरबाट ४०८ पटक गरेको कुराकानीको विवरण पनि अदालतमा पेस भएको छ। 

२५ सयमा किनेका थिए थर्मन गन, १५ हजारमा बेच्न खोजे 
अग्रवालले चीनको गोन्जाउबाट २०७७ चैत २१ गते थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो। सेटिङमा आफ्नो कम्पनीको मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै सामान कालोबजारीमा बिक्री गरिरहेको थियो। 

शंकर गु्रपले कालोबजारीमा सामान बिक्री गर्नकै लागि अन्य व्यवसायीको सामान नेपाल एयरलाइन्सको चार्टर उडानबाट ल्याउन दिएको थिएन। तर, अग्रवाल कालोबजारीका सामान बिक्री गर्ने क्रममै पक्राउ परेका थिए। 

उनलाई प्रहरी आफैं ग्राहक बनेर महंगोमा थर्मल गन किन्ने बहना बनाउँदै समातेको थियो। उनका साथबाट प्रहरीले ६७ थान थर्मल गन समेत फेला पारेको थियो।  प्रहरीले त्यसपछि अग्रवालको घर र अफिसमा समेत छापा मारेको थियो। तर, बाँकी थर्मल गन फेला पार्न सकेको थिएन। पछि अनुसन्धानका क्रममा उनले उक्त गनहरू महंगो मूल्यमा बिक्री गरेको अभियोगपत्रमा दाबी गरिएको छ। 

No description available.

अग्रवालले २०७६ चैत २१ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा १२ सय थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले उक्त गन चीनमा २० डलरमा खरिद गरेको थियो। उक्त कुरा उनले बयानमा स्वीकार गरेका छन्। 

उनले सामान खरिद गरको समयमा डलरको भाउ १ सय २१ रुपैयाँ थियो। सोही दरमा उक्त थर्मल गन खरिदमा अग्रवालको कम्पनीले २ हजार ४२० रुपैयाँमा खरिद गरेको देखिएको छ। 

नेपाल लाइभले यअसघि उनले सेटिङमा कसरी सफाइ पाउने चलखेल गरे भन्ने  खुलासा गरेका थियो। 

 

सम्बन्धित समाचारहरू :
थर्मल गन कालोबजारीको मुद्दा: सेटिङ गरेर सफाइ पाउने सुलभ अग्रवालको योजना फेरि असफल

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा पक्राउ

साढे २४ सयमा किनेको थर्मल गन १५ हजारमा बेच्न खोज्दा अग्रवाल परे प्रहरीको फन्दामा

जगदम्बाका सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिक

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै 'लुकिङ ग्लास' फुटाइदिए जगदम्बाका सुलभ अग्रवालले

कालोबजारीमा समातिएका अग्रवालले सेटिङमा चीनबाट ल्याएका थिए चार्टर जहाजमा मेडिकल सामान

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन नेपाल सरकारको पूर्ण स्वामित्वमा सात सय मेगावाट हाइड्रो इलेक्ट्रिक प्लान्टहरु रहेका र तीबाट ट्वान्टी नाइन हन्ड्रेड मिलियन (२ अर्ब ९०... सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले भने, ‘सबै घरले इन्डक्सन चुलो बाल्ने, इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ । ट... आइतबार, जेठ १७, २०८३
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो प्रतितोला सुन २० हजार ५ सय  रुपैयाँ बढेर आज ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सोमबार, जेठ १८, २०८३
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्