नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो।
अर्थमन्त्री वाग्ले मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए।
बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको हो। तर कुराकानीको विषय अर्थ मन्त्रालयले उल्लेख गरेको छैन।
यसपछि अर्थमन्त्री वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गरेका छन्।
अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन्।
त्यसैगरी भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भएका थिए।
यस क्रममा दुई नेताबिच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा रोचक प्रश्नोत्तर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।