• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ६, २०८३  १८:०१
1140x725

काठमाडौ-

भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले तीन अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अनुदान पाउने निर्णय भएको छ। तर अनुदान दिने निर्णय भइसके पनि प्रभावित नागरिकसम्म सहायता पुग्न भने अझै केही समय लाग्ने देखिएको छ। रकम प्राप्त गर्न नेपालले परियोजना प्रस्ताव तयार पार्नेदेखि स्वीकृति लिने र कार्यान्वयनको संयन्त्र बनाउनेसम्मका प्रक्रिया पूरा गर्नुपर्नेछ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई दुई करोड अमेरिकी डलर अनुदान दिने निर्णय गरेपछि सरकारले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी कोषले उक्त निर्णय गरेको हो।

कोषको बिहीबार सम्पन्न पहिलो असाधारण भर्चुअल बोर्ड बैठकले नेपाललाई सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। तर यो निर्णयसँगै रकम तत्काल प्राप्त हुने अवस्था भने छैन। कोषको सचिवालयबाट औपचारिक पत्र र रकम परिचालनसम्बन्धी कार्यविधि प्राप्त भएपछि मात्र नेपालले प्रस्ताव तयार पार्ने प्रक्रिया अघि बढाउन सक्नेछ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता एवं हानि–नोक्सानी कोषका वैकल्पिक सदस्य डा महेश्वर ढकालका अनुसार सचिवालयबाट आवश्यक जानकारी प्राप्त हुनासाथ प्रस्ताव पेस गर्ने प्रक्रिया अघि बढाइनेछ।

“सचिवालयबाट प्राप्त हुने मार्गदर्शनका आधारमा प्रस्ताव तयार गर्ने प्रक्रिया अघि बढ्छ। त्यसपछि नेपालले उपयुक्त संस्थामार्फत विस्तृत प्रस्ताव पेस गर्नेछ। प्रस्ताव स्वीकृत भएपछि रकम प्राप्त गरी कार्यान्वयनमा जान सकिन्छ”, उनले भने।

सरकारले वन मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय गरेर अनुदान परिचालनको तयारी गर्नेछ। त्यसपछि कोषबाट मान्यता प्राप्त संस्थामार्फत विस्तृत परियोजना प्रस्ताव तयार गरी पेस गर्न आह्वान गरिनेछ।

निर्णयभन्दा कार्यान्वयन महत्त्वपूर्ण

नेपालका लागि यो अनुदानको निर्णय महत्त्वपूर्ण भए पनि त्यसको वास्तविक उपलब्धि प्रभावित समुदायले पाउने सहायताबाट मापन हुनेछ। रकम कुन क्षेत्रमा खर्च गर्ने, लाभग्राही कसरी छनोट गर्ने र सहायता कति छिटो प्रभावित परिवारसम्म पुर्‍याउने भन्ने विषय अब सरकारको तयारी र कार्यान्वयन क्षमतामा निर्भर हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

डा ढकालका अनुसार परियोजना प्रस्ताव तयार गर्दा राष्ट्रिय प्राथमिकता, स्थानीय समुदायको आवश्यकता र सरकारी कार्यक्रमले सम्बोधन गर्न नसकेका क्षेत्रलाई आधार बनाइनेछ। विशेषगरी बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखिनेछ।

अनुदान परिचालनका लागि नेपाल सरकारको खातामार्फत, राष्ट्रिय कार्यान्वयन निकाय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थामार्फत काम गर्न सकिने विकल्प छन्। कुन विकल्प अपनाउने भन्ने विषय भने कोषको सचिवालयबाट प्राप्त निर्देशन, सम्बन्धित निकायबीचको समन्वय र प्रस्ताव कार्यान्वयन गर्न सक्ने संस्थाको क्षमता तथा तयारीका आधारमा तय हुनेछ।

प्रस्ताव तयार गर्ने र स्वीकृतिका लागि पेस गर्ने प्रक्रिया समयमै अघि बढे आगामी डिसेम्बरमा हुने कोषको बोर्ड बैठकबाट थप निर्णय हुन सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

संस्थाको छनोट र प्रस्ताव निर्माणमा जोड

जलवायुविद् मञ्जित ढकालले अनुदान प्राप्त गर्ने प्रक्रिया छिटो अघि बढाउन परियोजना निर्माणदेखि कार्यान्वयनसम्मका सबै चरणमा सरकारले सक्रियता देखाउनुपर्ने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार हानि–नोक्सानी कोषबाट रकम परिचालन गर्न ग्रिन क्लाइमेट फन्ड, एडप्टेसन फन्ड तथा ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटी (जिइएफ) जस्ता कोषमा मान्यता प्राप्त संस्थामार्फत प्रस्ताव अघि बढाउन सकिन्छ। नेपाल सरकारले आफैँ रकम प्राप्त गरी कार्यान्वयन गर्न सक्ने विकल्पसमेत रहेकाले उपयुक्त संयन्त्रको छनोट महत्त्वपूर्ण हुने उनको भनाइ छ।

“हामीले उपयुक्त निकाय छनोट गरेर विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई समेत अगाडि राखी योजना तथा प्रस्ताव तयार गर्नुपर्छ। प्रस्ताव पेस गरेपछि सचिवालयसँग आवश्यक छलफल र समन्वय गरेर रकम प्राप्त गर्ने प्रक्रिया अघि बढ्छ”, उनले भने।

उनका अनुसार अनुदान स्वीकृत भए पनि प्रभावित समुदायले सहायता पाउने समय नेपालले प्रस्ताव तयार गर्न, स्वीकृति प्राप्त गर्न र कार्यक्रम कार्यान्वयन गर्न कति समय लगाउँछ भन्नेमा निर्भर हुनेछ।

कोषको १०औँ बोर्ड बैठक आगामी डिसेम्बरमा फिलिपिन्समा र ११औँ बैठक सन् २०२७ मार्च १७ देखि १९ सम्म नेपालमा आयोजना हुने तय भएको छ। नेपालमा हुने बैठकअघि नै अनुदान परिचालनको प्रक्रिया अघि बढाउन सके सहयोग कार्यान्वयनको प्रगतिबारे जानकारी गराउन र प्रभावित क्षेत्रको अवस्थाबारे बोर्डलाई अवगत गराउन सहज हुने जलवायुविद् ढकालको भनाइ छ।

नेपालकै लागि बसेको विशेष बैठक

हानि–नोक्सानी कोषको यही कात्तिक ५ गते बसेको बोर्डको विशेष बैठकले नेपाल सरकारको अनुरोध सम्बोधन गर्दै अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। कोषको इतिहासमा पहिलोपटक कुनै एक देशको विपद्सम्बन्धी विषयलाई मात्र केन्द्रमा राखेर विशेष बैठक बसेको र नेपाललाई सहयोग गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न अर्थमन्त्री डा स्वर्णीम वाग्ले र वनमन्त्री गीता चौधरीले संयुक्त पत्रमार्फत गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेका थिए। उनीहरूले प्रभावित समुदायलाई तत्काल सहायता उपलब्ध गराउन आग्रह गरेका थिए।

नेपालको अनुरोधपछि विकसित तथा विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने बोर्ड सदस्य र वैकल्पिक सदस्यबीच विभिन्न चरणमा छलफल भएको थियो। विभिन्न क्षेत्रीय समूहसँग समन्वय गर्नुका साथै कोषका सहअध्यक्ष र सचिवालयसँग पनि परामर्श गरिएको वन मन्त्रालयले जनाएको छ।

नेपालका तर्फबाट बाढीको अवस्था, त्यसबाट भएको क्षति र सहयोगको आवश्यकताबारे प्रस्तुतीकरण गर्ने तथा सम्बन्धित पक्षबीच समन्वय र सहजीकरण गर्ने काम वन मन्त्रालयका सहसचिव एवं कोषका वैकल्पिक सदस्य डा ढकालले गरेका थिए।

क्षतिको तुलनामा अनुदान सीमित

नेपाल सरकारको प्रारम्भिक विवरणअनुसार भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट करिब एक हजार ५०० जनाको मृत्यु भएको र पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। बाढीबाट करिब १५ हजार परिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएको विवरण सरकारले दिएको छ।

बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षतिको अनुमान दुई अर्ब ७० करोड अमेरिकी डलर रहेको छ भने पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक आकलन छ। भौतिक क्षतिका अतिरिक्त सामाजिक, सांस्कृतिक तथा अन्य गैरआर्थिक हानिनोक्सानी पनि उल्लेख्य रहेको सरकारले जनाएको छ।

यसको तुलनामा कोषबाट प्राप्त हुने दुई करोड अमेरिकी डलरको अनुदान समग्र पुनर्निर्माणका लागि पर्याप्त हुने देखिँदैन। त्यसैले उपलब्ध रकमलाई बढी आवश्यकता भएका क्षेत्र र समुदायमा केन्द्रित गर्नु सरकारका लागि अर्को चुनौती हुनेछ।

डा ढकालका अनुसार अनुदान परिचालन गर्दा प्रभावित समुदायको प्राथमिकता, सरकारी कार्यक्रमले सम्बोधन गर्न नसकेका आवश्यकता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको कार्यक्षमतासमेत ध्यानमा राखिनेछ। प्रभावित परिवारको पुनःस्थापना, जीविकोपार्जन र विपद्पछिको पुनर्निर्माणमा सहयोग पुग्ने कार्यक्रम प्रस्ताव गर्ने सरकारको तयारी छ।

जलवायु परिवर्तनमा न्यून योगदान भए पनि त्यसको प्रभावबाट बढी जोखिममा रहेका नेपालजस्ता देशलाई सहयोग उपलब्ध गराउने दृष्टिले कोषको निर्णय महत्त्वपूर्ण मानिएको छ। अब यस निर्णयको प्रभावकारिता भने अनुदानको रकम कति छिटो प्राप्त हुन्छ र त्यसले प्रभावित नागरिकको जीवन पुनःनिर्माणमा कति ठोस योगदान पुर्‍याउँछ भन्नेबाट निर्धारण हुनेछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई दुई करोड अमेरिकी डलर अ... शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव मौसमविद् विनोद पोखरेलका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको सम्भावना बढी छ। देशका धेरै स्थानमा झरी पर्नुका साथै केही क्षेत्रमा... शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा ९३ किलोमिटर लामो भनिएको सडकमा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । सडक निर्माण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्