• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

थर्मल गन कालोबजारीको मुद्दा: सेटिङ गरेर सफाइ पाउने सुलभ अग्रवालको योजना फेरि असफल

64x64
नेपाल लाइभ बुधबार, चैत २३, २०७८  १५:५८
1140x725

काठमाडौं– झण्डै २ वर्षदेखि विचाराधीन रहेको व्यापारी सुलभ अग्रवालको मुद्दामा काठमाडौं जिल्ला अदालतले यही चैत १ गतेका लागि पेसी तोकेको थियो। फैसला केन्द्रित सुनुवाइमा आफ्नो मागदाबी अनुसारको विषयलाई ठहर हुने गरी बहसको तयार थिए सरकारी वकिल। तर, अदालत पुगेपछि थाहा भयो– मुद्दाको पेसी विवादित न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासमा परेको रहेछ।    

त्यसपछि सरकारी पक्षले हतार हतार मुद्दाको पेसी स्थगित गर्न निवेदन दियो। बहसका लागि तयारी नै नभएको र जिल्ला न्यायाधीवक्ता समेत उपस्थित हुन नसक्ने भन्दै सरकारी पक्षले मुद्दाको पेसी स्थगित गर्न माग गर्‍यो। 

सरकारी पक्षको निवेदनपछि अदालतले अग्रवालको मुद्दाको पेसी स्थगित गर्‍यो।  

जिल्ला सरकारी बकिल कार्यालय काठमाडौंका एक उपसचिवका अनुसार उक्त दिन पेसी स्थगित गर्न निवेदन नदिएको भए व्यापारी सुलभ अग्रवालले सफाइ पाउने निश्चित जस्तै थियो। सरकारी वकिल कार्यालय काठमाडौंका सरकारी वकिलले न्यायाधीश निरौलाले चलखेल गरेर सुलभलाई सफाइ दिने तयारी गरेको सूचना पाएका थिए। 

‘उक्त सूचना पाएलगत्तै हामीले निवेदन दियौं, नत्र यो मुद्दा बर्वादै हुने थियो,’ जिल्ला सरकारी वकिल कार्यालयका ती उपसचिवले भने, ‘यसअघि पनि विवादित फैसला गरेर, फैसला नलेखी बसेका न्यायाधीश निरौलाकै इजलासबाट सफाइ लिनका लागि मोटो रकम चलखेल भएको सूचना पाएका थियौं।’  

काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिबहादुर रावलका छोरा बाबुराजा रावललाई अपहरण गरी फिरौती लिने समूहका मुख्य अभियुक्त दुर्गा बहादुर बुढाथोकीविरुद्ध अभियोगको दाबी नपुग्ने भन्दै गत असोज ५ गते न्यायाधीश निरौलाको इजलासले नै सफाइ पाउने फैसला सुनाएको थियो। 

अपहरणको घटनापछि भारतमा बस्दै आएका अभियुक्तलाई प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो। तर, न्यायाधीश निरौलाले नाम नै फरक परेको आधार देखाएर सफाइ दिएका थिए। उक्त फैसलापछि विवादमा तानिएका निरौलाले फैसलाको पूर्णपाठ नै तयार पारेका छैनन्। फैसला समेत गोप्य राखिएको छ। 

सरकारी वकिल कार्यालय स्रोतका अनुसार व्यापारी अग्रवालले पनि निरौलालाई आफ्नो प्रभावमा पारेर सफाइ पाउने फैसला गराउन चलखेल गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

चैत १ गतेको पेसी स्थगित भएपछि अग्रवालको मुद्दामा पछिल्लोपटक चैत १७ गते न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासमा पेसी तोकिएको थियो। अधिकारीको इजलासबाट आफू अनुकूल फैसला आउने नदेखिएपछि अग्रवाल पक्षले सुनुवाइ स्थगित गर्न निवेदन दियो।

अग्रवालले आफ्ना कानुन व्यवसायीलाई अधिकारीको इजलासबाट आफू अनुकूल फैसला नआउने भन्दै पेसी स्थगित गर्न निवेदन दिन लगाएका थिए। त्यसपछि उक्त मुद्दामा पेसी तोकिएको छैन। 

जिल्ला अदालत काठमाडौं स्रोतका अनुसार अब वैशाखको पहिलो सातामात्रै अग्रवालको मुद्दामा पेसी तोकिने सम्भावना छ। 

जिल्ला अदालतमा पनि अहिले गोलाप्रथाबाट पेसी तोकिन्छ। न्यायाधीशले गोला तानेपछि मात्रै इजलासको टुंगो लाग्ने भएकाले सेटिङ गर्न सम्भव नभएको जिल्ला अदालत काठमाडौंका एक कर्मचारी बताउँछन्। तर, अग्रवाल पक्षले भने सेटिङ हुनसक्ने वा भएको न्यायाधीशको इजलासमा नपरेसम्म पेसी स्थगित गर्दै जाने रणनीति लिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला अदालत काठमाडौंमा ३२ जना न्यायाधीशको दरबन्दी छ। जसमध्ये विवादास्पद फैसला गरेका दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्। अदालतमा अहिले ३० जना मात्रै न्यायाधीश छन्। 

एक वर्षसम्म न्यायाधीश खतिवडाको इजलासमा पेसी  
कोरोना भाइरसको महामारी सुरु भएका बेला ज्वरो नाप्ने थर्मल गन तथा मास्क लगायतका स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७७ वैशाख १६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। अग्रवालविरुद्ध कालो बजारी तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा सजायको मागदाबी गरिएको थियो। 

कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ मा उल्लेखित कसूरमा १ वर्ष कैद सजायको व्यवस्था भएकाले यो जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार भित्र पर्ने थियो। तर, अग्रवाल सार्वजनिक पद धारण गरेको व्यक्ति (किर्गिस्तानका अवैतानिक वाणिज्य दूत) भएकाले  थप डेढी सजाय हुने व्यवस्था अनुरूप जिल्ला अदालतको अधिकार क्षेत्रमा पुगेको थियो। 

उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको र २० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचबिचन गरेको गरी तीनवटा कसूर गरेको अभियोग लगाइएको छ। अवैतानिक दूतका रुपमा पाउने गाडी (निलो प्लेट)को दुरुपयोग गर्दै महामारी नियन्त्रणका लागि निषेधाज्ञा (लकडाउन) जारी भएका बेला कालोबजारी गर्दैगर्दा अग्रवाल पक्राउ परेका थिए। प्रहरीले २०७६ चैत २५ गते ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो। कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए। 

एक वर्षमा १८ पेसी, ३ आदेश, १५ पटक मुद्दा स्थगीत 
२०७७ वैशाखमा दर्ता भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ असोज ७ गते तोकेको थियो। न्यायाधीश राजकुमार खतिवडाको इजलासमा पेसी तोकिएको अवस्थामा सरकारी वकिल र अग्रवाल पक्षले नै पेसी स्थगित गर्न निवेदन दिएपछि सरेको थियो। दोस्रो पेसी २०७७ पुस ८ गतेका लागि तोकिएको थियो। उक्त दिन सरकारी वकिलले पेसीबाट हटाउन निवेदन दियो।  

तेस्रो पेसी पुस १० गते पूरकको रुपमा चढ्यो। अग्रवालसँग भएका सामानहरु वुझाउनुपर्ने भएकाले सरकारी पक्षले पूरक निवेदन लगेको थियो। उक्त निवेदनमा न्यायाधीश खतिवडाको इजलासले सामान बुझाउने आदेश गर्‍यो। उक्त सुनुवाइपछि एकैपटक २०७८ वैशाख १० गते मुद्दाको प्रक्रियाका लागि आवश्यक फाइल मगाउने आदेश भयो। लगत्तै २०७८ भदौ ८ गते अन्तिम फैसलाका लागि साक्षी बुझ्ने आदेश गर्‍यो। उक्त आदेशपछि तीनपटक सरकारी पक्षले पेसीबाट हटाउन निवेदन दियो। न्यायाधीश खतिवडाले हेर्न नभ्याउने हुदाँ केही पेसी अदालतकै तर्फबाट पनि सर्‍यो।

पेसी हटाउनका लागि सरकारी पक्षले नै पटक–पटक निवेदन दिनुको 'भित्री कारण' मुद्दामा भएको/हुने गरेको चलखेल नै भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन्। सरकारी पक्षले बलियो तयारी गरेर मात्र मुद्दामा फैसला गराउने पक्षमा थियो। तर, अग्रवाल पक्षकाहरुले भने सर्वोच्च अदालतबाटै सेटिङ भइसकेको दाबी गर्न थालेका थिए।

हाल महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै संलग्नतासम्मको कुरा आएपछि सरकारी पक्ष बहस गर्नबाट पछि हट्दै आएको थियो। माघ २ गतेदेखि जिल्ला अदालत र उच्च अदालतमा पनि गोलाप्रथाद्वारा पेसी तोक्न शुरु भएपछि  सर्वोच्चबाट हुने चलखेलको 'तार' टुटेको थियो। यसबीच संघीय संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि राणा निलम्बन परेका र गोलाप्रथाबाट पेसी तोकिने प्रणाली लागू भएपछि अग्रवाल पक्षको  'सेटिङ' भत्किएको थियो। 

२०७८ चैत १ गतेको पेसी विवादित न्यायाधीश निरौलाको इजलासमा परेपछि उनी आफ्नो पक्षमा फैसला हुनेमा ढुक्कजस्तै थिए। तर,  सरकारी पक्षले पेसी स्थगित गर्ने निवेदन दिएपछि भने उनको पछिल्लो चलखेल पनि असफल भयो। 

ठहर भए कति हुन्छ अग्रवाललाई सजाय? 
शरीरको तापमक्रम नाप्ने डिजिटल मेसिन थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक अग्रवाललाई न्यूनतम एक वर्ष कैद र १० लाख रुपैयाँ जरिवानासम्म सजाय हुन सक्ने देखिन्छ। कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार उनलाई सो सजाय हुने देखिएको हो। त्यस्तै उनी 'विशिष्ट व्यक्ति' भएकाले थप सजाय पनि  अदालतले निर्धारण गर्नसक्छ। 

वरिष्ठ अधिवक्ता ज्योति बानियाँका अनुसार अग्रवाललाई ऐनको दफा २ (क) अनुसार सजाय हुनसक्छ। ऐनको उक्त दफामा ‘नेपाल सरकारले मोल निर्धारित गरिदिएकोमा सो मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मालवस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिइ कसैले कुनै माल वस्तु बिक्री गरेमा सो मालवस्तुको लिएको मोल फिर्ता गराइ सो मालवस्तु जफत गरी निजलाई १ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना समेत हुन सक्ने,’ भनिएको छ।

कोरोना महामारीको मौका छोपेर अग्रवालले २० हजार थान थर्मल गन ल्याएका थिए। बजारमा थर्मल गनको चर्को अभाव भइरहेको अवस्थामा चर्को मूल्यमा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले अग्रवालविरुद्ध स्टिङ गरेको थियो। तत्कालीन अवस्थामा झण्डै ४–५ हजार प्रतिगोटाका दरले खरिद गर्न मिल्ने थर्मल गन १५ हजार प्रतिगोटाका दरले बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो। 


सम्बन्धित समाचारहरु:

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा पक्राउ

साढे २४ सयमा किनेको थर्मल गन १५ हजारमा बेच्न खोज्दा अग्रवाल परे प्रहरीको फन्दामा

जगदम्बाका सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिक

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै 'लुकिङ ग्लास' फुटाइदिए जगदम्बाका सुलभ अग्रवालले

कालोबजारीमा समातिएका अग्रवालले सेटिङमा चीनबाट ल्याएका थिए चार्टर जहाजमा मेडिकल सामान

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई दुई करोड अमेरिकी डलर अ... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्