काठमाडौं– अमेरिका बसोबास गर्ने नेपालीहरुले मानव सेवा आश्रमलाई खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।
काठमाडौंको रानिवनमा रहेको मानव सेवा आश्रमलाई अमेरिका बसोबास गर्ने युवाहरुको समूहले खाद्यान्न सामाग्री हस्तारन्तरण गरेको हो ।
अमेरिका बस्दै आएका बिदोन सुनुवार, खेमराज मगर, टोनोडा मगर, शरण गु?ङ, सन्तोष राई, डीओ राई, अस्टिन शेर्पा, थोमस गुरुङ, आईपी मन नाम गरेका युवाह?ले चामल, च्युरा, दाल, तेल लगायका खाद्यन्न सामाग्री आश्रमलाई सहयोग गरेका हुन् ।
.png)
सहयोग गर्ने युवाहरुले कोही नहुनेलाई सानो सहयोग गर्न पाएकोमा भन्दै सहयोग गर्ने युवाहरुले खुसी व्यक्त गरेका छन् ।
उनीहरुले संकलन गरेको करिब एक लाख नेपाली रुपैयाँ बराबरको सामाग्री शनिबार आश्रमलाई हस्तान्तरण गरेका हुन् ।
.png)
उक्त सहयोगले आश्रममा आश्रित आमाबुवा, तथा नानीबाबुहरुको खाद्यन्नमा सानो भए पनि सहयोग मिलेको भन्दै आश्रमले आभार व्यक्त गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।