काठमाडौँ– पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहस सम्पन्न भएपछि उक्त आदेश जारी गरेको हो।
महरा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका छन्। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सार प्रशासनसँग सम्बन्धित केही अधिकृतविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो।
आयोगले दायर गरेको मुद्दामा सात करोड ७८ लाख रुपैयाँभन्दा बढी रकम बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। अदालतको आदेशसँगै महराले तोकिएको धरौटी रकम बुझाएर मुद्दाको थप प्रक्रिया बाहिरबाटै सामना गर्न पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।