बझाङ–बुंगल नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ ।
अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए । घाइते उनको कानबाट रगत बगेको थियो ।
गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेकोमा हेलिकोप्टरबाट उद्दार गर्न नपाउंदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो ।
जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट गरी दुई कार्यकाल वडाध्यक्ष भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।