काठमाडौं– नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ।
सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाकाे नाम मन्त्रिपरिषद्मा सिफारिस गरेकाे हाे।
सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार संगीता पहाडी अर्याल, सुरजसिंह थापा र सुशील पौडेलको नाम सिफारिस भएकाे छ।
सिफारिस भएका मध्ये पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल सुचना प्रविधि केन्द्रमा कार्यरत छन्। पाैडेल पूर्व सञ्चारमन्त्री गाेकुल बास्काेटाकाे समयमा विवादमा जाेडिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।